Love&sex

Online nepali filmy khabar

Saturday, September 27, 2014

‘मेडिकल अनफिट’ धमाधम मलेसिया



काठमाडौं,असोज १२ – बागलुङ पाखाथरका राजीव सापकोटा नेपालमा स्वास्थ्य परीक्षण गराएर गत भदौ ५ मा मलेसिया उडे। उता पुगेपछि फोमेमा (मलेसियामा स्वास्थ्य परीक्षण गर्ने संस्था) ले परीक्षण गर्दा उनको छातीमा दाग भेटियो। पुगेको महिनादिन नहुँदै ‘मेडिकल अनफिट’ भन्दै उनलाई नेपाल फर्काइयो।
सापकोटा मात्र होइन, यहाँबाट मेडिकल पास भएर जाने र मलेसियाबाट अनफिट भई फर्केने कामदारको संख्या बढ्दो छ।
म्यानपावर कम्पनी, एजेन्ट र मेडिकलको मिलेमतोमा नेपालमा मेडिकल फेल भएका कामदारलाई जानाजान पास भनी मलेसिया पठाइँदा यस्तो समस्या देखिएको हो। कमिसन लोभमा कामदारको नक्कली मेडिकल रिपोर्ट बनाएर मेडिकलले म्यानपावर कम्पनीलाई दिने र म्यानपावरले त्यसैका आधारमा भिसा मगाएर मलेसिया पठाउने गरिरहेका छन्।
नेपालमा मेडिकल गरे पनि मलेसिया पुगेपछि एक महिनाभित्र अनिवार्य पुनः स्वास्थ्य परीक्षण गर्नुपर्छ। मलेसियामा फोमेमाले गर्ने मेडिकलमा मासिक ६ सयभन्दा बढी नेपाली कामदार अनफिट हुने गरेका छन्। तिनलाई सिधै नेपाल फर्काइन्छ।
बसुन्धारास्थित गोर्खाज एसोसिएट्स म्यानपावरबाट मलेसिया गएका सापकोटाले सनराइज मेडिकलमा स्वास्थ्य परीक्षण गरेका थिए। उनको हातमा सुधा हेल्थ केयर मेडिकलको रिपोर्ट आयो, त्यही रिपोर्ट लिएर गएका उनी छातीमा दाग देखिएपछि फर्कन बाध्य भए। लागत ८० हजार रुपैयाँ भए पनि गोर्खाजलाई १ लाख ३५ हजार तिरेका उनी नेपाल फर्केपछि सुधा हेल्थ केयर पुगेर सोधे। सुधाले ‘यो हाम्रो रिपोर्ट होइन, श्रम स्वीकृतिका लागि नक्कली बनाएर दिएको’ भन्दै फिर्ता पठाए। म्यानपावर पुग्दा क्षतिपूर्ति पाउने आश्वासन दियो तर रकम दिएन।
वैदेशिक रोजगार व्यवसायी संघका निवर्तमान अध्यक्ष बलबहादुर तामाङले कतिपय एजेन्ट र म्यानपावर कम्पनीले नेपालमा मेडिकल फेल भएकालाई पनि जानाजान पठाउने गरेको बताए। कामदारलाई जानकारी नदिई फेल भएको रिपोर्टलाई पनि पास भएको बनाउँदै मलेसिया पठाउने गरेका कारण कामदारले सास्ती खेपेको उनको भनाइ छ। यसमा मेडिकल, एजेन्ट र म्यानपावर कम्पनी तीनवटैको संलग्नता भएको उनले स्वीकार गरे।आजको नागरिक दैनिकमा खबर छ ।

No comments:

Post a Comment

मनमा लागेका कुरा लेख्नुहोस्,केहि सुझाब सल्लाहा समेत