Love&sex

Online nepali filmy khabar

Monday, September 29, 2014

चाडपर्वको मौका छोपेर सबैले छाला राम्रो बनाउने विविध उपाय

घरमा आफैले फेसियल तथा स्किन केयर गर्ने तरिका 

अहिले वातावरण निकै प्रदूषित हुँदै गएको छ, धूवाँ, धूलो र कामको व्यस्तताले छाला त्यत्तिकै बिगि्ररहेको हुन्छ । अरु बेला छालाको त्यति हेरचाह गर्न नपाए पनि चाडपर्वको मौका छोपेर सबैले छाला राम्रो बनाउने विविध उपाय अपनाउँछन् । यसका लागि घरमै, भान्सामै उपलब्ध हुने चीजबाट दैनिक स्याहार गर्न सकियो भने पार्लर गएर धेरै रकम खर्च गरिरहनुपर्दैन । फेस्टिभ मुडमा फेसियल गराउने हो भने गोल्ड फेसियल उपयुक्त हुन्छ । गोल्ड फेसियलले अनुहारमा चमक ल्याउँछ । यो फेसियल २५ वर्षको उमेरपछि गराउन सकिन्छ ।

छालाको हेरचाह गर्ने विधि

छाला चार प्रकारको हुन्छ । सामान्य, सुख्खा, तैलीय तथा मिश्रति । यीमध्ये आफ्नो कुन प्रकारको छाला हो पत्ता लगाउनुपर्छ ।

सामान्य छाला

छाला सामान्य छ भने गाईको दूधमा एक चिम्टी बेसार हालेर कटनको सहायताले सर्कल मसाज गरी अनुहार क्लिन्जिङ गर्ने । त्यसपछि बदाम मिक्स भएको क्रिम लगाउने । पाउरोटीको बीचको भाग, अण्डाको पहेंलो भाग, पाउडर दूध तथा एक चिम्टी बेसार मिसाएर पेस्ट बनाउने । यो पेस्ट आरामदायक कुर्सीमा बसेर लगाउनुपर्छ, अनुहार झुकाउनु हँदैन । यो प्याक हप्ताको एकपटक लगाउन सकिन्छ । सामान्य छालामा फेसियल गर्नु

जरुरी हुँदैन ।

सुख्खा छाला

ओखर र आलमन्डलाई दूधमा भिजाएर पेस्ट बनाई त्यसको आइसक्युब तयार गर्ने । कटन भित्र आइस्क्युव हालेर दिनहुँ सर्कल मसाज गर्ने । यो उपाय दिनहुँ अवलम्बन गर्नुपर्छ । हप्ताको एकपटक अण्डाको पहेंलो भागमा मह मिसाएर प्याक लगाउने । १० मिनेटपछि चिसो पानीले अनुहार धोएर सर्कल मुडमा मोस्चराइजर लगाउने ।

तैलीय छाला

कटनको सहायताले दिनहुँ तीनपटक टोनरले अनुहार पुछ्ने । फ्रेस एलोबेरा जेल वा सुन्तलाको रस लगाउने । अंगुर, मसरुमको रस, गोलभेंडाको रसामध्ये कुनै पनि फलफूलको रस अनुहारमा लगाउन सकिन्छ । चन्दन र गुलाब जल मिसाएर पेस्ट लगाउने ।

मिश्रति छाला

राति सुत्ने बेलामा चिसो पानीले अनुहार धोएर सुत्ने र बिहान उठ्नेबित्तिकै कुन ठाउँ तैलीय र कुन ठाउँ सुख्खा छ ऐना हेरेर प्याक र क्रिम लगाउन सकिन्छ ।

तस्बिर - Sharmila Thapa Model

No comments:

Post a Comment

मनमा लागेका कुरा लेख्नुहोस्,केहि सुझाब सल्लाहा समेत