Love&sex

Online nepali filmy khabar

Tuesday, October 7, 2014

भेटीमा पुजारी परिवारको अंशबन्डा

पोखरा, असोज २२
मुलुकभर गणतन्त्र आएको यतिका वर्ष भए पनि पोखराको विन्ध्यवासिनी मन्दिरमा त्यसको झल्कोसम्म छैन। यहाँ पुर्खौदेखि पुजारीका सन्तानले कब्जा जमाइरहेका छन्। भक्तजनले चढाएको भेटीजति सबै उनीहरूको निजी सम्पत्ति बन्ने गरेको खबर आजको नागरिक दैनिकमा छापिएको छ।

विन्ध्यवासिनी मन्दिरमा जम्मा हुने भेटी महिनामा पाँच लाख रूपैयाँ जति पुग्ने अनुमान गरिएको छ।'मन्दिरबाहिर हामीले राखेको दानपत्रमा त एक लाख जति उठ्छ भने मुल मुर्तिमै चढाइने भेटी त्यो भन्दा धेरै गुणा बढी हुन्छ,' विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिका सचिव तिर्थ श्रेष्ठले भने।

दानको पैसाबाटै समितिले मन्दिरको रेखदेख, बिजुली, पानीको तिरोतारो र आवश्यक परेको बेला मर्मतसम्हारलगायतका काम गर्छ।

मन्दिरका मुल पुजारी रूद्रनाथ पौडेल हुन्। उनीबाहेक श्रीराम, बाबुराम, बाधव, कालिका, कृष्णप्रसाद पौडेल पुजारी छन्। रूद्र र अरूभाइभाइका छोरा हुन्। आफ्ना बाजे पुजारी भएकै आधारमा मन्दिरमा पूजा गर्ने पालो उनीहरूले अंशबन्डा गरेका छन्।



एक भाइका रूद्र एउटै मात्र छोरा भएकाले उनको पालो वर्षमा ६ महिना आउँछ भने अरूको ६ महिना पर्छ। कुनै जमानामा राजाका छोरा राजा हुन देश भागबन्डा गरेजस्तो उनीहरू पनि पुजारीको सन्तान भएकै कारण मन्दिरको आम्दानी आफूखुसी बाडीरहेका छन्।

No comments:

Post a Comment

मनमा लागेका कुरा लेख्नुहोस्,केहि सुझाब सल्लाहा समेत