Love&sex

Online nepali filmy khabar

Monday, October 6, 2014

महिलामा स्कर्टको साइज बढ्दा स्तन क्यान्सरको खतरा






युवा अवस्था पछि उमेर छिप्पिँदै जाँदा स्कर्टको साइज समेत बढ्दै जाने महिलामा स्तन क्यान्सरको जोखिम उच्च हुने एक अध्ययनले देखाएको छ ।

२५ वर्षको उमेरपछि महिनावारी रोकिँदासम्म हरेक १० वर्षमा स्कर्ट साइज १२ देखि १४ सम्म बढ्ने महिलामा क्यान्सरको जोखिम ३३ प्रतिशतले बढ्ने पाइएको छ ।

स्कर्टको साइज बढ्नुको मतलब महिलाको कम्मरको साइज बढ्नु हो । तौल बढ्नु आफैमा खतरा सूचक संकेत रहेको र अझ कम्मरको आकार बढ्दै जानु झनै खतरनाक हुने वैज्ञानिकहरुको भनाई छ ।

बेलायतमा ५० वर्ष र सो भन्दा पाका ९० हजार महिलामा मोटोपनाको अध्ययन गरेर यस्तो निष्कर्ष निकालिएको हो, जसमा स्तन क्यान्सर भएको थाहा थिएन ।

त्यसक्रममा जुन महिलालाई २५ वर्ष पछाडि महिनावारी रोकिँदासम्मको अवधिमा हरेक १० वर्षमा स्कर्टको आकार एक तह माथिल्लो बनाउनुपर्छ त्यस्ता महिलामा स्तन क्यान्सरको खतरा ३३ प्रतिशतले बढेको पाइएको छ । उमेर बढ्दै जाँदा स्कर्टको आकार जति धेरै बढाउनुपर्ने हुन्छ क्यान्सरको जोखिम उति नै धेरै बढ्ने शोधकर्ताहरुको ठम्याइ छ ।

No comments:

Post a Comment

मनमा लागेका कुरा लेख्नुहोस्,केहि सुझाब सल्लाहा समेत