Love&sex

Online nepali filmy khabar

Wednesday, October 15, 2014

गाडीको ठक्करबाट चितुवाको मृत्यु (फोटोफिचर)

चितवन, असोज ३० –पूर्व–पश्चिम राजमार्ग अन्र्तगत चितवनको टिकौली जंगलमा आज बिहान एक चितुवा मृत अवस्थामा फेला परेको छ ।
अन्दाजी ५० र ५५ केजीको सो चितुवाको गर्धन भाँचिएको र टाउकोमा चोट लागेको अवस्थामा फेला परेको थियो ।


चितुवालाई गाडीले ठक्कर दिएको चितवन राष्ट्रिय निकुञ्जका पशु चिकित्सक चित्रबहादुर खड्काले जानकारी दिए । चितुवाले बाटो काट्ने क्रममा गाडीको ठक्करबाट मृत्यु भएको र चितुवालाई अहिले भरतपुर–१२ स्थित जंगल सडकमा गाडीले ठक्कर दिँदा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।


चितुवालार्ई अहिले सशस्त्र रक्षक तालिम केन्द्र टिकौलीमा राखिएको छ ।
जंगलको बीचमा राजमार्ग हुँदा सवारी साधनको ठक्करबाट पटक–पटक वन्यजन्तुको मृत्यु हुने गरेको छ । केही महिनाअघि पनि सोही सडक खण्डमा गाडीको ठक्करबाट चित्तलको मृत्यु भएको थियो ।


साभार -रातोपाटि

No comments:

Post a Comment

मनमा लागेका कुरा लेख्नुहोस्,केहि सुझाब सल्लाहा समेत