Love&sex

Online nepali filmy khabar

Sunday, October 12, 2014

आतंककारीले नेपालका केही महत्वपूर्ण नेताको हत्या गर्ने सूचना भारतले दियो


      भारत सरकारले आतंककारीद्धारा नेपालका केही महत्वपूर्ण नेताको हत्या हुन सक्ने सूचना नेपाल सरकारलाई दिएको छ ।

आजको अन्नपूर्ण दैनिक लेख्छ काठमाडौंस्थित भारतीय दुतावासले दिएको यो सूचनामा नेपाली नेताहरुको हत्यासँगै आफ्ना दूतावासका वरिष्ठ अधिकृतहरुको पनि अपहरण हुन सक्ने उल्लेख छ ।

१८ दिनअघि अर्थात २४ सेप्टेम्बर, २०१४ मा एक गोप्य तथा औपचारिक पत्र मार्फत भारतले नेपाली नेताहरु तथा भारतीय कुटनीतिक अधिकृतहरुको सुरक्षासँग सम्बन्धित अति संवेदनशिल सूचना दिएको हो ।

अन्तर्राष्ट्रिय आतंकवादी संगठन अलकायदा र इन्डियन मुजाहिद्धिनबाट त्यस्तो कार्यको संभावना रहेको उल्लेख छ ।



विमानस्थलबाट विमान अपहरण हुन सक्ने कुरा उल्लेख समेत छ । सूचनामा आतंकवादीले विशालु ग्याँसको प्रयाेगद्धारा सर्वसाधारण जनता समेत अपरहरण हुन सक्ने उल्लेख छ । भारतले राजधानी र वरिपरिका केही स्थान तोकेरै तिनमा आतंकवादी बसेको हुन सक्ने सूचना पनि दिएको छ ।

No comments:

Post a Comment

मनमा लागेका कुरा लेख्नुहोस्,केहि सुझाब सल्लाहा समेत