Love&sex

Online nepali filmy khabar

Sunday, October 26, 2014

प्रेमिकाकै षड्यन्त्रका कारण पक्राउ परेको अनुमान : पारस

सुधार केन्द्रमा राखेपछि मात्र हिमानी भेट्न जाने

काठमाडौं, कात्तिक १०– पूर्वराजा ज्ञानेन्द्रका परिवारले पूर्वयुवराज पारस शाहलाई नेपालमा नल्याई थाइल्यान्डको राजधानी बैंकको पुनःस्थापना केन्द्र (सुधार गृह) मा राख्ने गृहकार्य अघि बढाएको छ । थाई अदालतमा १० लाख भाट धरौटी राखी केही दिनअघि मात्र प्रहरी हिरासतबाट मुक्त भएका पारसलाई उपचारका लागि बैंककमै पुनःस्थापना केन्द्रमा राख्ने निष्कर्षमा निर्मल निवास पुगेको हो ।


अवैध लागूऔषध सेवन गरेको अभियोगमा गत महिना उनी थाइल्यान्डको रुङखाईमा पक्राउ परेका थिए । नेपालमा ल्याउँदा उनी फेरि दुव्र्यसनमा फस्न सक्ने भएकोले भाइल्यान्डमै पुनःस्थापना केन्द्रमा राख्ने तयारी परिवारले गरेको हो ।
पारसलाई तत्काल नेपाल ल्याउने सोच ज्ञानेन्द्र परिवारले त्यागिसकेको छ । उनलाई भेट्न जाने सोच पनि पूर्वयुवराज्ञी हिमानी र पूर्वराजकुमारी प्रेरणाले त्यागिसकेकी छन् । सुधार केन्द्रमा राखेपछि मात्र हिमानी र प्रेरणा बैंकक जाने भएका छन् ।



यता, पारसकी प्रेमिका अझैसम्म उनको सम्पर्कमा आएकी छैनन् । आफु पक्राउ पर्नुमा प्रेमिकाकै षड्यन्त्र भएको अनुमान पारसले गरेका छन् । प्रेमिकासहित उनको सम्बन्ध पूर्ण रुपमा टुटिसकेको छ । प्रेमिकासँग उनको सम्बन्ध टुटेपछि पारस अब सजिलै नेपाल फर्कने अनुमान परिवारले गरेको छ । आजको राजधानी दैनिकमा खबर छापिएको छ ।

No comments:

Post a Comment

मनमा लागेका कुरा लेख्नुहोस्,केहि सुझाब सल्लाहा समेत