Love&sex

Online nepali filmy khabar

Tuesday, October 21, 2014

सशस्त्र प्रहरीकै मिलोमतोमा पटाका भित्रिँदै



ठाउँठाउँमा छोटी भन्सार कार्यालयको अभावको कारणले सुनसरीको सीमावर्ती क्षेत्रमा सशस्त्र प्रहरीकै मिलोमतोमा विस्फोटक तथा विस्फोटकजन्य पदार्थ सामानको तस्करी फस्टाएको छ ।

भन्सार कर्मचारीको खुला सीमाका कारणले समेत सीमावर्ती क्षेत्रमा विस्फोटक तथा विस्फोटकजन्य पदार्थको तस्करी फस्टाएको हो ।

भन्सारको व्यवस्थापन कमजोर भएको मौकामा सशस्त्र प्रहरीको मिलोमतोमा तस्करीको सामग्री नेपाल भित्रिरहेको स्थानीयले गुनासो गरेपछि तस्करीको रहस्य बाहिर आएको हो ।

स्थानीयलाई खुला र सामान्य सामग्रीसमेत ल्याउन तनाव दिने सशस्त्र प्रहरीले व्यापारीसँग नजराना लिएर बोराका बोेरा, मोटरसाइकलका मोटरसाइकल तथा साइकलको साइकल निर्बाध रूपमा समान आयात गर्न दिएकाले प्रहरीको संरक्षणमा तस्करी फस्टाएको स्थानीयले बताएका छन् ।

सुनसरीको सीमावर्ती नाकाबाट दैनिक लाखौँ दाम बराबरको विस्फोटकजन्य पदार्थ नेपाल भित्रिरहेको सीमा क्षेत्रका स्थानीयले बताएका छन् । सुनसरीको रामनगभुटहा, देवानगन्ज, श्रीपुर, हरिपुर, भन्टावारी, लौकही नाकाबाट दैनिक रु २० लाखसम्मको चाडबाडमा प्रयोग गरिने पटाका, झिरझिरी, आलु बम, चकलेट बम लगायतका विस्फोटक पदार्थ भित्रिरहेको स्थानीयले गुनासो गरेका छन् ।

यता सशस्त्र सीमा सुरक्षा कार्यालय सुनसरीका सशस्त्र प्रहरी उपरीक्षक शैलेन्द्र अधिकारीले जनशक्ति कम भएकाले सबै क्षेत्रमा निगरानी गर्न समस्या भएको प्रतिक्रिया दिनुभयो । रासस

No comments:

Post a Comment

मनमा लागेका कुरा लेख्नुहोस्,केहि सुझाब सल्लाहा समेत