Love&sex

Online nepali filmy khabar

Wednesday, October 29, 2014

टुल्के हेर्न काठमाण्डौ बाहिर एक हप्ता कुर्नुपर्ने, टिकट बुकिङ खुल्यो

निश्चल बस्नेत निर्देशित फिल्म ‘टलकजंग भर्सेट टुल्के’ को टिकट बिक्रि खुल्ला भएको छ ।। 
यो फिल्म हेर्न चाहने दर्शकले बुधबारदेखि नै अनलाइन बुकिङ मार्फत आफुलाई पायक पर्ने हलको टिकट बुक गर्न पाउनेछन् ।
‘दर्शकलाई सजिलो होस् भनेर हामीले टिकट बुकिङको ब्यबस्था गरेका हौं ।’ निर्माता रबिन्द्र सिंह बानियाँले भने ।
काठमाडौको अधिकांश हलमा यही शुक्रवार रिलिज हुने यो फिल्म उपत्यका बाहिर भने कात्तिक २१ मात्रै प्रदर्शन हुने भएको छ ।
ऋचा शर्मा, खगेन्द्र लामिछाने, दयाहाङ राइ लगायतका कलाकारको मुख्य भुमिका रहेको यो फिल्म राम्रो बनेको निर्देशक निश्चल बस्नेतले दाबी गरेका छन् । मौलिक नेपाली कथामा फिल्म बनेकाले पनि दर्शकले मन पराउने विश्वास निर्माण पक्षले गरेको छ ।
यसअघि निश्चलले निर्देशन गरेको फिल्म ‘लुट’लाई दर्शकले अत्याधिक मन पराएका थिए ।


No comments:

Post a Comment

मनमा लागेका कुरा लेख्नुहोस्,केहि सुझाब सल्लाहा समेत