Love&sex

Online nepali filmy khabar

Saturday, October 11, 2014

ढकालको सुमधुर स्वरमा झुमे चितवने




ढकाल सुमधुर साँझमा गीत प्रस्तुत गर्दै गायक रामकृष्ण ढकाल। तस्वीर नारायण ढुंगाना

जिल्लामा पहिलोपटक आयोजना भएको आधुनिक गीतका चर्चित गायक रामकृष्ण ढकालको 'ढकाल सुमधुर साँझ–२०७१'मा जिल्लाका दर्शक मज्जैले झुमे।
गएराती ११ बजेसम्म चलेको साँझमा ढकाल सहित रिमा गुरुङ र ढकालकी छोरी रानीको प्रस्तूतिमा दर्शक लोभिएका थिए। सेढाई होल्डिंङको आयोजना तथा दाताज ईभेट्को व्यवस्थापनमा यहाँ कार्यक्रम भएको हो।

ढकालले जिल्लामा विगतमा दुखसुखको क्षण रहेको भन्दै चितवनको साईनो जोडेर शुरुमै दर्शकलाई तानेका थिए। ढकालको प्रस्तुतिमा दर्शक बनेर मध्येक्षेत्र प्रहरीतालिम केन्द्रका प्रमुख एसएसपी रमेश खरेल, सभासद विक्रम पाण्डे, प्रमुख जिल्ला अधिकारी डा मानवहादुर विके लगायत जिल्लाका सुरक्षा तथा सरकारी अधिकारीहरुको आएका थिए। एसएसपी खरेलले प्रस्तुती रमाईलो भएको वताए। खरेलको नाम उच्चारमा समेत दर्शेक हौसिएका थिए।

चाडपर्वको मौसममा चितवनका संगीत पारखीकालागि ढकाल सुमधुर साँझ आयोजना गरिएको दाताज ईभेन्ट म्यानेजमेन्टका अध्यक्ष दाताराम घिमिरेले वताए। भरतपुर गार्डेन रिसोर्टमा गायक ढकालले 'बिहान उठ्ने वित्तीकै.... , आफ्नो मान्छे आफ्नै हुन्छ...... , चरिले त छाडेर गैंगयो...... , मनपराउने हजार भेटिन्छन्.......... ,मायाँ गर्नेको .. चोखो मायाँ... लगायत गीत गाए।

स्वर सम्राट स्वर्गीय नारायण गोपालका चर्चित गीत, एउटा मान्छेको ...मायाँले कति , हिमाल सरी यो , सिरी मा सिरी गीत गाउँदा दर्शको हुटिंङ राम्रै पाएका थिए। छोरी रानीसँग भारतीय चर्तित गायीका लता मंगेशकरसँग गाएको गीत बाँचुन्जेलीलाई गाउँदा हल नै गुञ्जिएको थियो। संदिप क्षेत्रीले हास्यव्यंग्य प्रस्तुत गरेर दर्शक हँसाए।

राजधानी लगायत अन्यत्र ढकालले आफ्नो गायनकला ढकाल सुमधुर साँझमार्फत प्रस्तुत गरेपनि चितवनमा भने यो उनको पहिलो हो। आफ्नै वाद्ययन्त्र तथा कलाकारका साथ ढकालले चितवनका संगीत पारखीहरु माँझ गायकी प्रस्तुत गर्दा गएराती ८ बजेदेखि ११ बजेसम्मको तीन घण्टा सकिएको दर्शकलाई पत्तो नै भएन।

आयोजक संस्था सेढाई होल्डीङका प्रबन्ध निर्देशक एवं कार्यक्रम संयोजक निर्देशक सेढाईले अर्काे बर्षपनि ढकाललाई ल्याएर चितवनका संगीत प्रेम्रीलाई मनोरञ्जन दिने सार्वजनिक गरे।

No comments:

Post a Comment

मनमा लागेका कुरा लेख्नुहोस्,केहि सुझाब सल्लाहा समेत