Love&sex

Online nepali filmy khabar

Wednesday, October 29, 2014

बलात्कृत प्रहरीको भूमिकामा शिल्पा

शिल्पा पोखरेल अभिनित फिल्म ‘लज्जा’ प्रदर्शन भइरहेको बेला शिल्पाकै अभिनय रहेको अर्को फिल्म ‘हवल्दार सुन्तली’ को पोष्टर सार्वजनिक गरिएको छ ।
यस फिल्ममा शिल्पाले सामुहिक बलात्कारको शिकार भएकी प्रहरी हवल्दार सुन्तली धामीको चरित्र निर्वाह गरेकी छिन् ।
ऋषि लामिछानेको निर्देशन रहेको यो फिल्म छविराज प्रोडक्सनको ब्यानरमा निर्माण भएको हो । यसमा किशोर खतिवडा, सबिन श्रेष्ठ लगायतका कलाकारले पनि अभिनय गरेका छन् ।
पोष्टरमा प्रहरीको डे्रसमा प्रस्तुत भएकी शिल्पाले फिल्ममा राम्रो अभिनय गरेको दाबी गरेकी छिन् । चैत २७ गते प्रदर्शन गर्ने भनिएको यस फिल्म सामाजिक कथाबस्तुमा बनेको दाबी निर्देशक लामिछानेले गरेका छन् ।


No comments:

Post a Comment

मनमा लागेका कुरा लेख्नुहोस्,केहि सुझाब सल्लाहा समेत