Love&sex

Online nepali filmy khabar

Sunday, November 2, 2014

‘होस्टेल रिटर्न्स’ बैशाख २५ गते दर्शकमाझ आउने


पोस्टको काम सुरु भएसँगै सफल सिनेमा ‘होस्टेल’ को सिक्वेल ‘होस्टेल रिटर्न्स’को रिलिज मिति घोषणा गारिएको छ । निर्माण कम्पनि ‘दुर्गिस फिल्मस् ले सिनेमालाई २०७२ सालको बैशाख २५ गते (मे ८ तारिख)का दिन देशब्यापी प्रदर्शनमा ल्याउने घोषणा गरेको हो ।

अहिले सुटिङ सकिएसँगै पोष्ट प्रोडक्सनमा रहेको यो सिनेमाले प्रचारको कार्यक्रमलाई भने अहिलेदेखी नै सुरु गर्ने बताएको छ । निर्माता सुनिल रावलले सिनेमालाई नयाँ प्रचार रणनीतिअनुसार दर्शकमाझ लैजाने तयारी भैरहेको बताए । सुरज भुषाल निर्देशित सिनेमाले छात्रावासको जीवनशैली, बसोबास गर्ने विद्यार्थीबीचको मतमतान्तरको कथा पेश गर्छ । ‘हामी प्लस टु परिक्षा सकिएको सातापछि फिल्मलाई हलमा लैजाने पूर्ण तयारीमा छौं’ मिति घोषणाबारे निर्माता रावलले भनेका छन् ।

सिनेमामा सुशिल श्रेष्ठ, नजिर हुसेन, सुशिल सिटौला, अभय बराल, शशी श्रेष्ठ, स्वस्तीमा खड्का, सुदाम सिके, प्रदीप चौधरी, रोयदीप श्रेष्ठ, इभम जोशी, निर्मल शर्मा, दीया मास्के र निर्माता रावलको अभिनय रहेको छ । ‘होस्टेल रिटर्न्स’लाई हरि हुमागाइँले खिचेका हुन् भने संगीत स्वप्नील आचार्यको छ ।

यसअघि सायद र होस्टेल निर्माण गरेको दुर्गिश फिल्मसको यो तेस्रो प्रोजेक्ट हो । ‘सबै कलाकारले एकदमै महत्वपूर्ण र आकर्षक अभिनय गरेका छन्’ रावलले भने, ‘पब्लिसिटी र उत्कृष्ट फिल्म बनाउनका लागि हामीले कुनै कसर बाँकी राखेका छैनौं ।’ यो सिनेमामा अष्ट महर्जनको द्वन्द्व समावेश भने नृत्य निर्देशन गोविन्द राईले गरेका छन् ।



No comments:

Post a Comment

मनमा लागेका कुरा लेख्नुहोस्,केहि सुझाब सल्लाहा समेत