Love&sex

Online nepali filmy khabar

Saturday, November 1, 2014

बागलुङको बजार, पधेर्नीलाई दु:ख हजार


जनकविकेशरी धर्मराज थापाले २०११ फागुनमा भ्रमण गर्दा स्थानीय गृहणीको खानेपानी ओसार्ने दु:खलाई गीतिलयमा ढालेर जिल्लावासीलाई सुनाएका थिए- 'बागलुङको बजार, पधेर्नीलाई दु:ख हजार।' त्यतिबेला बजारको देउरालीचोकस्थित छहरा धारामा पधेर्नीको लाम देखेपछि थापाले यो गीत सुनाएका हुन्। 

यो गीत गाएको ६० वर्ष भए पनि बागलुङमा खानेपानीको अवस्था जस्ताको तस्तै छ। थापाको हालै निधन भएपछि बागलुङवासीले सोही गीतमार्फत सम्झना गरे। खानेपानीको विकराल समस्या भोग्दै आएका बागलुङ बजारवासीले यसपालि असोज पहिलो साता नै शुद्ध खानेपानी पाउने आस गरेका थिए। 

नगर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थामार्फत सञ्चालित दोस्रो साना सहरी खानेपानी तथा सरसफाइ आयोजनाको भुँदीखोला मुहानबाट ट्यांकीसम्मको भौतिक निर्माण कार्य सकिएपछि नगरवासीले पानी पाउने आस गरेका हुन्। तर भदौ दोस्रो साता यसबारे भएको परीक्षण असफल भएपछि नगरवासी निराश बनेका छन्, आजको अन्नपूर्णमा खबर छापिएको छ। 

बागलुङ बजारलाई आगामी २० वर्षका लागि शुद्ध खानेपानी पु:याउने लक्ष्यसहित १९ करोड ४४ लाख २८ हजार लागतमा पाँच वर्षअघि निर्माण सुरु गरिएको खानेपानी परियोजनाअन्तर्गत परीक्षण गर्दा ट्यांकीमा पानी नचढेपछि अर्को समस्या निम्तिएको छ। परीक्षणका क्रममा मुख्य पाइपलाइन विभिन्न ठाउँमा फुटेको छ। एसियाली विकास बैंकको सहयोगमा उक्त आयोजना सञ्चालन गरिएको हो। 

उपभोक्ता संस्थाका अध्यक्ष केबी रानाले प्राविधिक त्रुटिका कारण खानेपानी आयोजना असफल भएको बताए। उनका अनुसार पाला गाविसको खहरेबाट पानी माथि चढेन। 'आयोजनामा गम्भीर प्रकारको त्रुटि भयो', रानाले भने, 'मुख्य पाइपलाइनमै समस्या देखिएपछि समयमै खानेपानी पाउने सपना अधूरै रह्यो।' उनले आयोजना सुरु भएयता कन्सल्टेन्टले तीनजना इन्जिनियर फेरेको बताए। रानाले भने, 'ट्यांकीम पानी नआउनु भनेको प्राविधिक नै गैरजिम्मेवार भएर हो।' 



परीक्षण असफल भएपछि उपभोक्ता समितिले खानेपानी विभाग, एडीबी, ठेकेदार कम्पनी र कन्सल्टेन्ट कम्पनीलाई लिखित जानकारी गराएको छ। 'परियोजनाबारे खानेपानी विभागसँग कुरा भएको छ', रानाले भने, 'विभागको टोली अर्को साता बागलुङ आउँछ।'

No comments:

Post a Comment

मनमा लागेका कुरा लेख्नुहोस्,केहि सुझाब सल्लाहा समेत