Love&sex

Online nepali filmy khabar

Sunday, November 9, 2014

प्रधानमन्त्री कोइराला र एमाले अध्यक्ष ओलीले भट्टराईविरुद्ध आज पत्रकार सम्मेलन गर्ने

     काठमाडौ–कांग्रेस–एमालेसहित सत्तापक्षिय दलहरुले एकिकृत नेकपा माओवादीविरुद्ध आज संयुक्त पत्रकार सम्मलेन गर्ने भएका छन् । माओवादी नेता डा. बाबुराम भट्टराई सभापति रहेको संबैधानिक राजनीतिक सम्वाद तथा सहमति समितिले बैठक नवोलाएको भन्दै प्रधानमन्त्री सुशील कोइराला र एमाले अध्यक्ष केपी शर्मा ओलीले संयुक्त पत्रकार सम्मेलन गर्ने भएका छन् । आइतबार दिउसो साढे २ बजे पर्यटनबोर्डमा डाएिको बैठकमा कांग्रेस सभापति तथा प्रधानमन्त्री कोइराला, एमाले अध्यक्ष ओली लगाएतका नेताहरुको सहभागिता हुने भएको छ । संविधानका बिवादित बिषयमा सहमति जुटाउन बनेको संबैधानिक समितिले राजनीतिक प्रतिसोध राखि बैठक नवोलाएको जनाउदै सत्तापक्षिय दलहरुले संयुक्त पत्रकार सम्मेलन गर्न लागेका छन् । १६ कार्तिकमा सत्तापक्षिय दलहरुले सात प्रदेशसहितको अवधारणा सम्वाद समितिमा राखेपछि एकिृकत नेकपा माओवादी लगाएत २२ दलले विरोध जनाएका थिए । एमाले अध्यक्ष ओलीले साझा प्रस्ताव राखेका दिन केही छलफल भएपनि त्यसपछि समितिको बैठक बस्न सकेको छैन । समितिका सभापति भट्टराईले विरामी परेको कारण देखाउदै बैठक बोलाएका छैनन् । सम्वाद समितिको बैठक तत्तकाल बोलाउन आग्रह गर्दै सत्ता पक्षिय दलहरुले पत्रकार सम्मेलन गर्न लागेका छन् ।

No comments:

Post a Comment

मनमा लागेका कुरा लेख्नुहोस्,केहि सुझाब सल्लाहा समेत