Love&sex

Online nepali filmy khabar

Thursday, July 23, 2015

लगातर छैठौ हप्तामा ‘टिचर’ हेटौडाको ओम र ओ म्याक्स मा हेटौडामा ५१ दिन मनाउदै अर्को साता

निर्देशक शोभित बस्नेतको निर्देशन रहेको चलचित्र ‘टिचर’ अहिले हेटौडाको ओम हलमा सानदारको साथ छैठौ सातामा प्रर्दशन भईरहेको छ । असार ११ बाट हेटौडाको ओम हलमा प्रदर्शनमा आएको चलचित्रमा दिन प्रतिदिन दर्शकको चाप देखेर निर्देशक शोभित बस्नेत दङग परेका छन् । एउटा हलमा प्रदर्शन गरिएको चलचित्र ‘टिचर’ एक दिनमा ३ सो चलाउदा पनि दर्शक चाप बढे पछि सँगै रहेको ओ म्याक्स समेत प्रदर्शन गरिएको छ ।







प्राप्त जानकारी अनुसार शोभित बस्नेत निर्देशित यो फिल्मले प्रदर्शनको छैठौ हप्तामा सम्ममा पनि उल्लेख्य साथ पाएको छ भने केही शोको त टिकट समेत अग्रिम बुकिङ भैसकेको छ । हेटौंडामा टिचरको क्रेज देखेर निर्देशक शोभित बस्नेत स्वयम् पनि अचम्ममा परेको बताउँछन् । निर्देशक बस्नेतको भनाई को अनुसार ‘भूकम्प बाट दर्शक त्रसित छन भन्ने भ्रम ‘टिचर’ ले चिरेको छ ।’




Tuesday, July 21, 2015

हेटौडामा ५१ दिन मनाउदै १५ गतेबाट नारायणगढको गणेश चलचित्र मन्दिरमा ‘टिचर’


छिमेकी जिल्ला मकवानपुरमा सफलता हात पारिरहेको चलचित्र ‘टिचर’ अब चितवन प्रवेश गर्ने भएको छ ।

विद्यार्थी र शिक्षकको मनोविज्ञानमा आधारित सन्देशमुलक चलचित्र ‘टिचर’ यहि साउन १५ गतेबाट नारायणगढको गणेश चलचित्र मन्दिरमा प्रदर्शन हुने भएको छ । फिल्म युनिटले मंगलबार नारायणगढमा पत्रकार सम्मेलन गरि प्रदर्शनको बारेमा जानकारी गराएको हो ।

चलचित्रका निर्माता तथा निर्देशक शोभित बस्नेतले हेटौडामा फिल्मले पाएको सफलताले उत्साहित बनाएको भन्दै नारायणगढमा पनि फिल्म प्रदर्शन गर्न लागिएको जानकारी दिए । उनले हेटौंडामा पाएको सफलता जस्तै चितवनमा पनि पाउनेमा विश्वास व्यक्त गरे । उनले चलचित्र ‘टिचर’लाई हलमा रिलिज गर्ने लक्ष्य नलिएपनि सबैको अनुरोधमा हलमा रिलिज गरेको बताए । तर जुन विश्वास थियो त्यो भन्दा बढि सफलता दिलाएपछि अन्य जिल्लामा समेत रिलिज गर्न लागिएको निर्देशक बस्नेतको भनाई छ ।



टिचर शोभित आफैले निर्माण तथा निर्देशन गरेको फिल्म हो । फिल्ममा शोभितकै छोरी सलिना बस्नेत मुख्य भुमिकामा छिन भने कुशल थापा, भानु प्रताप, सलोन बस्नेत लगायतको अभिनय छ ।
शोभितले टिचरको सफलताले गर्दा नै उनको प्रतिक्षित फिल्म जाउ हिट पोखराको रिलिज अन्यौलमा रहेको प्रस्ट पारे । अब दशै या तिहारको छेकोतिर जाउ हिट पोखरा रिलिज गर्ने उनको योजना छ ।



Sunday, July 19, 2015

नायक -सलोन बस्नेत को फेसबुकमा यक पछि अरको लभ- सब पोस्टर भईरल बन्दै

फिल्म होस्टेलबाट नेपाली रजतपटमा अभिनेता बने सलोन बस्नेत । निर्देशक शोभित बस्नेतका छोरा भएकाले पनि उनको चर्चा धेरै भयो ।
सांनै उमेर बाट चलचित्र क्षेत्रमा राम्रो छबि हासिल गर्न सफल भयका सलोन बस्नेत कहिले होस्टेल फ्लिम मा केटि भनेको Cute हुनु पर्छ Hot त् उसिनेको आलु पनि हुन्छ भनेर भाइरल बन्न सफल भय भने कहिले जय सम्भो रक्सिले कम भो मेरो कानमा त गिटार बज्न थाल्यो भनेर भाइरल भय I
यिउवा पुस्ताका चर्चित  नायक सलोन बस्नेत को लभ- सब  को पोस्टर यतिबेला सबैको  फेसबुक वाल मा देखन सकिन्छ जसबाट था  हुन्छ  लभ- सब आफै मा यौटा हिट फिल्म बने को छ भने सलोन को लागि चुनौती पनि ?यस्तै अर्का नायक फिल्म ‘सायद’बाट रजतपटमा उदाए संयम पुरी । उनी निर्देशक नारायण पुरीका छोरा हुन् ।  फिल्मका प्रमुख पात्रहरु संयम, सलोन, करिश्मा, शिशिर लगायत फिचरिङ छन ।
फिल्ममा संयमले बोल्न नसक्ने लाटोको भुमिका निभाएका छन भने शिशिर तराई मूलको युवाको भुमिकामा छन । त्रिकोणात्मक प्रेमकथा भनिएको फिल्मलाई सुशिल पोखरेल र नरेन्द्र महर्जनले निर्माण गरेका हुन ।
फिल्मलाई देवकुमार श्रेष्ठले निर्देशन गरेका हुन । फिल्ममा संयम पुरी, सलोन बस्नेत, शिशिर भण्डारी, करिश्मा श्रेष्ठ, केके अधिकारी, अर्चन राई लगायतको अभिनय छ । फिल्म भदौ २५ बाट रिलिज हुदैछ ।











Friday, July 17, 2015

फेसबुक मा भईरल बन्दै सलोन बस्नेत को लभ- सब पोस्टर

फिल्म होस्टेलबाट नेपाली रजतपटमा अभिनेता बने सलोन बस्नेत । निर्देशक शोभित बस्नेतका छोरा भएकाले पनि उनको चर्चा धेरै भयो ।
यिउवा पुस्ताका चर्चित  नायक सलोन बस्नेत को लभ- सब  को पोस्टर यतिबेला सबैको  फेसबुक वाल मा देखन सकिन्छ जसबाट था  हुन्छ  लभ- सब आफै मा यौटा हिट फिल्म बने को छ भने सलोन को लागि चुनौती पनि ?यस्तै अर्का नायक फिल्म ‘सायद’बाट रजतपटमा उदाए संयम पुरी । उनी निर्देशक नारायण पुरीका छोरा हुन् ।  फिल्मका प्रमुख पात्रहरु संयम, सलोन, करिश्मा, शिशिर लगायत फिचरिङ छन ।
फिल्ममा संयमले बोल्न नसक्ने लाटोको भुमिका निभाएका छन भने शिशिर तराई मूलको युवाको भुमिकामा छन । त्रिकोणात्मक प्रेमकथा भनिएको फिल्मलाई सुशिल पोखरेल र नरेन्द्र महर्जनले निर्माण गरेका हुन ।
फिल्मलाई देवकुमार श्रेष्ठले निर्देशन गरेका हुन । फिल्ममा संयम पुरी, सलोन बस्नेत, शिशिर भण्डारी, करिश्मा श्रेष्ठ, केके अधिकारी, अर्चन राई लगायतको अभिनय छ । फिल्म भदौ २५ बाट रिलिज हुदैछ ।
















Tuesday, July 14, 2015

कलाकारितामा आफ्नु पहिचान बनाउन खोज्दै युनिका बस्नेत

 दोलखा -चरिकोट  मा जन्मियर नेपाली कलाकरिता मा हुमियकी युनिका बस्नेत केही  मिउजिक भिडीयो हरु  मा अभिनय गरीसकेकी छिन्/ सानै उमेरदेखि मोडलिङ रुचाउने मोडल युनिका बस्नेत  पूर्ण रूपले मोड्लिङ गर्न थालेको धेरै वर्ष भयको छैन  । स्कुल अध्ययनकै क्रममा अभिनयसँगै नृत्य पनि सिकेकाले आफूलाई मोडलिङमा जम्न सजिलो भएको उनले बताइन् । काठमाडौंमा बसेर पढाई संगै  मोडलिङ क्षेत्रलाई समेत उनले सँगसँगै लगेकी छन् । उनी भन्छिन् – ‘मोडलिङ क्षेत्रमा केही गरेर देखाउने मेरो धोको छ । मेरो मामु  बाबा को  समर्थने नै आज म यो क्षेत्रमा लागिपरेकी छु ।’



 अभिनेत्रीका रूपमा समेत आफूलाई चिनाउन प्रयत्नरत युनिका को  मोडलिङप्रतिको धारणा भने फरक रहेको छ । उनका अनुसार मोडलिङ गरेर आउने कलाकारका लागि चलचित्रमा सजिलो हुने हुन्छ । मोडलिङ गर्दा नै क्यामेरा फेस गरिसकेकाले चलचित्रमा अभिनय गर्न मोडललाई सजिलो हुने युनिका को  धारणा छ । एक फरक प्रसंगमा, अहिलेसम्म प्रेम चक्करमा नपरेको बताउँदै अभिनेत्री तथा मोडल युनिका ले भनिन्, ‘अहिले म आफ्नो करियर नै महत्वपूर्ण ठान्छु ।’ उनको बुझाइमा सेक्स चाहिँ मायाको प्रतिक हो ।





Sunday, July 12, 2015

नेपालको माया देखाईन छातीमा टाटु बनाएर नायिका शुभेच्छा थापा ले

पछिल्लो समय एकपछि अर्को चलचित्र निरन्तर बनाउँदै आएकी नायिका शुभेच्छा थापा यतिबेला छातीा टाटु बनाएर चर्चामा छिन । चलचित्र निर्माणको क्रममा व्यस्त नायिका थापासँग गरेको कुराकानीः




के मा व्यस्त हुनुहुन्छ ?
मखमली चलचित्रको पोष्टप्रोडक्सनको काम हुँदाहुँदै अर्को चलचित्र बिन्दास ३ निर्माण गरियो । यही चलचित्रहरुको काममा व्यस्त छौँ । मखमली भन्दा पहिला बिन्दास ३ रिलिज गरिँदैछ । किनकि मखमली दुःख भरिएको कथा बस्तुमा निर्मित चलचित्र हो । अहिलेको देशको अवस्था दुखदायी छ । यस्तो अवस्थामा दुःख बिर्साउने चलचित्र आवश्यक छ । त्यसैले लभस्टोरी, याक्सान, कमेडी लगायत सम्पूर्ण मनोरञ्जनले भरिएको चलचित्र यहाँहरुको सामू आउँदैछ । यसै चलचित्रको लागि मैले एउटा टाटु पनि बनाएको छु ।

टाटु चाहिँ किन आवश्यक पर्यो ? कतै शुष्मा कार्कीको ठाउँमा आएको हुनाले टाटु आवश्यक परेको हो ?
त्यस्तो केही होइन । शुष्माजीको आफ्नो ठाउँ होला । मेरो आफ्नो ठाउँ छ । टाटु बनाउने मेरो पहिलादेखि कै इच्छा थियो । तर के बनाउने र त्यसको अर्थ के हो भनेर सोच्दै थिए । आजबल्ल थाहा पाएँ, बनाउनु नै छ भने राष्ट्रियताको भावना किन मुटुमा नराख्ने ? त्यसैले मैले नेपालको झण्डाको टाटु बनाए । बिन्दास ३ मा जसरी मेरो रोल प्रस्तुत भएको छ । त्यो रोलको लागि मेरो यो टाटु एकदम सुहाउँदो छ । जुन रोल दर्शकले भोलि सिनेमामा हेर्न पाउनुहुनेछ । मेरो स्लोगन ‘नेपालीको हुँ म छोरी, नेपाललाई नै माया गरी असली छ चिनो, नेपालको मेरो छाती भरी‘ रहेको छ । म आफूँलाई भन्दा बढी माया देशलाई गर्छु, त्यसैले मैले छातीमा नेपालको झण्डाको टाटु बनाएँ ।

टाटु स्वास्थ्यका लागि हानिकारक छ भन्ने कुरा पनि आएका छन । तपाईले बुझेर बनाउनु भयो कि भावनामा बगेर ?
पहिलो त हरेक कुराको साइड इफेक्ट हुन्छ । सायद यसको पनि होला । जहाँसम्म मलाई लाग्छ शरीरभरी बनायो भने त्यसले ठूलै असर पार्ला । बनाउँदा प्रयोग गरिने सिरिङ्ज र कलर अरुले प्रयोग गरेको हुनुहुँदैन । यो कुरामा ध्यान दियो भने यसले ठूलो असर गर्दैन ।


विन्दास ३ मा बेड सिनाको खुव खर्चा छ । के तपाईले पनि बेड सिन दिनुभएको छ ?
बिन्दास ३ को कथाबस्तु अनुसार त्रिपक्षीय लभस्टोरी चलचित्र हो । लभस्टोरी चलचित्र भइसकेपछि मान्छेको जीवनसँग आधारित कथाबस्तु बन्न जान्छ । यसै क्रममा बेड सिन पनि टाढा हुन सक्दैन । त्यसैले मैले पनि बेडसिन दिएको छु । तर सेन्सले पास गर्ने जति मात्र छ ।



बजारमा त निर्देशकले नायक नायिकालाई नाङ्गै पारे भन्ने हल्ला छ नि ?
बजारमा अनेक हल्ला चल्न सक्छन । सवै हल्ला सही हुन्छ भन्ने छैन । भोलि चलचित्र हलमा लागेपछि दर्शकहरुले आफैँ देख्न सक्नुहुनेछ ।

राजु गिरीसँग मिलेर तपाईले निरन्तर चलचित्र बनाउँदै आउनुभएको छ । बजारमा तपाईले भने अनुसारको निर्देशक नपाएर हो या अन्य कुनै कारण छ ?
हरेक मानिसको आ—आफ्नो काम गर्ने शैली हुन्छ । त्यस्तै राजु गिरीको पनि आफ्नै काम गर्ने शैली छ । अरु निर्देशक पनि हुनुहुन्छ । जुन कथाबस्तुमा चलचित्र बनेको छ । त्यसका लागि राजु गिरी फिट हुनुहुन्छ । र यो चलचित्र हामी दुई जनाकै ब्यानरमा बनेको छ ।