Love&sex

Online nepali filmy khabar

Sunday, July 12, 2015

नेपालको माया देखाईन छातीमा टाटु बनाएर नायिका शुभेच्छा थापा ले

पछिल्लो समय एकपछि अर्को चलचित्र निरन्तर बनाउँदै आएकी नायिका शुभेच्छा थापा यतिबेला छातीा टाटु बनाएर चर्चामा छिन । चलचित्र निर्माणको क्रममा व्यस्त नायिका थापासँग गरेको कुराकानीः




के मा व्यस्त हुनुहुन्छ ?
मखमली चलचित्रको पोष्टप्रोडक्सनको काम हुँदाहुँदै अर्को चलचित्र बिन्दास ३ निर्माण गरियो । यही चलचित्रहरुको काममा व्यस्त छौँ । मखमली भन्दा पहिला बिन्दास ३ रिलिज गरिँदैछ । किनकि मखमली दुःख भरिएको कथा बस्तुमा निर्मित चलचित्र हो । अहिलेको देशको अवस्था दुखदायी छ । यस्तो अवस्थामा दुःख बिर्साउने चलचित्र आवश्यक छ । त्यसैले लभस्टोरी, याक्सान, कमेडी लगायत सम्पूर्ण मनोरञ्जनले भरिएको चलचित्र यहाँहरुको सामू आउँदैछ । यसै चलचित्रको लागि मैले एउटा टाटु पनि बनाएको छु ।

टाटु चाहिँ किन आवश्यक पर्यो ? कतै शुष्मा कार्कीको ठाउँमा आएको हुनाले टाटु आवश्यक परेको हो ?
त्यस्तो केही होइन । शुष्माजीको आफ्नो ठाउँ होला । मेरो आफ्नो ठाउँ छ । टाटु बनाउने मेरो पहिलादेखि कै इच्छा थियो । तर के बनाउने र त्यसको अर्थ के हो भनेर सोच्दै थिए । आजबल्ल थाहा पाएँ, बनाउनु नै छ भने राष्ट्रियताको भावना किन मुटुमा नराख्ने ? त्यसैले मैले नेपालको झण्डाको टाटु बनाए । बिन्दास ३ मा जसरी मेरो रोल प्रस्तुत भएको छ । त्यो रोलको लागि मेरो यो टाटु एकदम सुहाउँदो छ । जुन रोल दर्शकले भोलि सिनेमामा हेर्न पाउनुहुनेछ । मेरो स्लोगन ‘नेपालीको हुँ म छोरी, नेपाललाई नै माया गरी असली छ चिनो, नेपालको मेरो छाती भरी‘ रहेको छ । म आफूँलाई भन्दा बढी माया देशलाई गर्छु, त्यसैले मैले छातीमा नेपालको झण्डाको टाटु बनाएँ ।

टाटु स्वास्थ्यका लागि हानिकारक छ भन्ने कुरा पनि आएका छन । तपाईले बुझेर बनाउनु भयो कि भावनामा बगेर ?
पहिलो त हरेक कुराको साइड इफेक्ट हुन्छ । सायद यसको पनि होला । जहाँसम्म मलाई लाग्छ शरीरभरी बनायो भने त्यसले ठूलै असर पार्ला । बनाउँदा प्रयोग गरिने सिरिङ्ज र कलर अरुले प्रयोग गरेको हुनुहुँदैन । यो कुरामा ध्यान दियो भने यसले ठूलो असर गर्दैन ।


विन्दास ३ मा बेड सिनाको खुव खर्चा छ । के तपाईले पनि बेड सिन दिनुभएको छ ?
बिन्दास ३ को कथाबस्तु अनुसार त्रिपक्षीय लभस्टोरी चलचित्र हो । लभस्टोरी चलचित्र भइसकेपछि मान्छेको जीवनसँग आधारित कथाबस्तु बन्न जान्छ । यसै क्रममा बेड सिन पनि टाढा हुन सक्दैन । त्यसैले मैले पनि बेडसिन दिएको छु । तर सेन्सले पास गर्ने जति मात्र छ ।



बजारमा त निर्देशकले नायक नायिकालाई नाङ्गै पारे भन्ने हल्ला छ नि ?
बजारमा अनेक हल्ला चल्न सक्छन । सवै हल्ला सही हुन्छ भन्ने छैन । भोलि चलचित्र हलमा लागेपछि दर्शकहरुले आफैँ देख्न सक्नुहुनेछ ।

राजु गिरीसँग मिलेर तपाईले निरन्तर चलचित्र बनाउँदै आउनुभएको छ । बजारमा तपाईले भने अनुसारको निर्देशक नपाएर हो या अन्य कुनै कारण छ ?
हरेक मानिसको आ—आफ्नो काम गर्ने शैली हुन्छ । त्यस्तै राजु गिरीको पनि आफ्नै काम गर्ने शैली छ । अरु निर्देशक पनि हुनुहुन्छ । जुन कथाबस्तुमा चलचित्र बनेको छ । त्यसका लागि राजु गिरी फिट हुनुहुन्छ । र यो चलचित्र हामी दुई जनाकै ब्यानरमा बनेको छ ।

No comments:

Post a Comment

मनमा लागेका कुरा लेख्नुहोस्,केहि सुझाब सल्लाहा समेत