Love&sex

Online nepali filmy khabar

Friday, July 10, 2015

संगीतक्षेत्र नै मेरो सबथोक हो ?मेरा दर्शक, स्रोताको मायाले बाँचेको छु’: बादल प्रसाई

गायक बादल प्रसाई यूवा पुस्ताका एक चर्चित पप गायक हुन् । उनका गीतहरुमा जसरी दर्शक, स्रोताहरु झुम्छन् त्यसरी नै उनले आफ्ना फ्यानहरुलाई पनि माया गर्छन । ८ वर्षदेखि गायन क्षेत्रमा लागेका बादल प्रसाई पछिल्लो समय यूवा पुस्ताका ढुकढुकी समेत बन्दैं गएका छन् । झिल्केले धन्कायो बादल, फूलको हत्या जस्ता चर्चित गीतहरु बजारमा ल्याइसकेका बादलले हालै मात्र ‘मार हान्नेले’ नामक बोलको गीत बजारमा ल्याएका छन् । यो गीतको भिडियोको तयारीमा रहेका गायक बादलले ४० वटा भन्दा बढी म्युजिक भिडियोको निर्देशन गरिसकेको बताउँछन् ।











‘पहिले यो मेरो रहर आज आएर खान लाउने बाटो समेत बन्यो’, गायक बादल प्रसाईले अगाडी भने -‘मेरो सास रहुन्जेल सम्म यहि क्षेत्रमै जीवन विताउँने छु ।’ यसै बर्ष बिबाहको तयारीमा समेत रहेका गायक बादलले हामीसँगको कुराकानीमा भने -‘अब बूढो पनि भईयो यो बर्ष बिहे गरिन्छ होला ।’गायनमा एक सफल गायकको रुपमा आफुलाई स्थापित गराएका गायक बादल प्रसाई नेपाली संगीतक्षेत्रलाई व्यबस्थित बनाउँन नेपाली गीत, संगीतलाई हेर्ने विभिन्न संघ संस्थाहरुले एकजुट भएर काम गर्नु पर्ने पनि बताउँछन् ।
तपाईको प्रतिक्रिया

No comments:

Post a Comment

मनमा लागेका कुरा लेख्नुहोस्,केहि सुझाब सल्लाहा समेत