Love&sex

Online nepali filmy khabar

Sunday, March 5, 2017

लक्की मिडिया हाउसले संघलाई १० हजारसहित सम्मान गर्ने...


मोफसलकै चर्चित लक्की मिडिया हाउस चितवनले चलचित्र पत्रकार संघ चितवन शाखालाई सम्मान गर्ने भएको छ । चलचित्र क्षेत्रको विकास, प्रवद्धन र प्रचारमा निरन्तर सक्रिय लक्की मिडिया हाउसले चलचित्र पत्रकार संघ चितवन शाखालाई नगद १० हजारसहित सम्मान गर्ने भएको हो । नेपालको सिने बजारको क्षेत्रमा चितवन शाखाले गरेको अतुलनिय योगदानको कदर गर्दै संघलाई सम्मान गर्न लागिएको लक्की मिडिया हाउस चितवनका अध्यक्ष हरि कार्की "लक्की"ले जानकारी दिनुभयो । चलचित्र पत्रकार संघ चितवन शाखाका अध्यक्ष राजकुमार लामिछानेले लक्की मिडिया हाउसले गर्न लागेको यो सम्मानले चलचित्र क्षेत्रको विकासका लागि अझै केहि गर्ने प्रेरणा मिलेको बताउनुभयो । अध्यक्ष लामिछानेले आगामी दिनमा पनि लक्की मिडिया हाउसको निरन्तर सहयोगको अपेक्षा गर्दै लक्की मिडिया हाउस परिवार र अध्यक्ष कार्कीलाई विशेष धन्यवाद प्रकट गर्नुभयो । कार्की चलचित्र पत्रकार संघ चितवनका कोषाध्यक्ष पनि हुनुहुन्छ । उक्त रकम आगामी चैत्र १४ गते चलचित्र "ब्वाइफ्रेण्ड"को विशेष शो गर्ने दिन एक कार्यक्रमकाबीच हस्तान्तरण गरिने कार्कीले बताउनुभयो । चलचित्र ब्वाइफ्रेण्डको विशेष शो पनि लक्की मिडिया हाउसले नै गर्न लागेको हो । चितवनमा रहेको लक्की मिडिया हाउसले चलचित्र क्षेत्रका हरेक गतिबिधिलाई प्राथमिकतामा राख्दै नयाँ तथा पुराना चलचित्रहरुको तिब्र रुपमा प्रचार प्रसार गर्दै आइरहेको छ ।

No comments:

Post a Comment

मनमा लागेका कुरा लेख्नुहोस्,केहि सुझाब सल्लाहा समेत