Love&sex

Online nepali filmy khabar

Saturday, September 20, 2014

अञ्जु पन्तलाई गाली गर्ने हामी कति मूर्ख ?


अञ्जुले हिन्दू धर्मको गीत भएकाले गाउन मानिनन भनिनु आफैमा अफबाह हो।



काठमाडौ ,२६ भदौ ।
      अञ्जु क्रिस्चियन भएको निकै वर्ष भैसक्यो । नेपाली फिल्म इतिहासकै उच्च व्यवसाय गरेको फिल्म इतिहासकै उच्च व्यवसाय गरेको फिल्म कोहिनुर सामाजिक सञ्जालमा पहुँच भएका थुप्रैले हेरिसकेका छन ।

त्यहाँ एउटा प्रसंगमा देउसीभैलो खेलिएको छ । देउसीभैलोको गीतमा छमछमी नाचेको दुश्य धेरैले हेरेको हुनुपर्छ युट्युबमा पनि हेर्न पाईन्छ त्यो गीत हेर्नेले ख्याल गरेको पनि हुनुपर्छ। नारी स्वर अञ्जु पन्तको हो । अघिल्लो वर्ष विनोद बाजुरालीको शब्द संगीतमा एउटा तीजको भाकामा अञ्जुले स्वर भरेकी थिईन म त नाचेँ नम्रता श्रेष्ठले कम्मर मर्काएको त्यो गीतमा देविदेवता भन्ने शब्द धेरै प्रयोग भएका छन ।

यतिमात्र होईन त्यस भन्दा अघिल्लो वर्षको अर्को एउटा तीज गीत असाध्यै हिट भएको थियो तिम्रै लागि हो । त्यहाँ पनि नारीस्वर अञ्जु पन्तकै थियो । विनोद बाजुरालीले नै पुरुष स्वर भरेको गीतमा उनले प्रस्टै कै मन्दिर गएको तिम्रै लागि हो , देवीदेवता भाक्छु खालका शब्द गाएकी छिन ।

यसकारण पनि अञ्जुले हिन्दू धर्मको गीत भएकाले गाउन मानिनन भनिनु आफैमा अफबाह हो। यही गीतांश गाउन नमानेको हल्लाले अञ्जुले क्रिस्चियन भएका कारण यसो गरेको भन्दै धेरैले सामाजिक सञ्जालमा अञ्जुलाई बहिष्कार गरौंसम्मका उग्र नारा फिजाएका छन ।

धमैकै कारण नेपाली प्रतिभा अञ्जुलाई बहिष्कारसम्म गर्न चाआनेहरुले बुझनुपर्छ हामीले धेरै फिल्म हेर्ने कट्रिना कैफ सलमान खानहरु हिन्दू होईनन । धेरै सुनिने सकिरा र रिहानाहरुले मन्दिर देखेका छैनन । यसैपनि अञ्जु हिन्दू वा क्रिस्चियन भएका कारण गायिका बनेकी होईनन ।

उनको मीठो स्वर भएकाले उनलाई हामीले सुनेका हौँ हामीले मनपराएका कारणले मात्रै आज उनी गायिका बनेकी हुन ।





No comments:

Post a Comment

मनमा लागेका कुरा लेख्नुहोस्,केहि सुझाब सल्लाहा समेत