Love&sex

Online nepali filmy khabar

Saturday, September 20, 2014

मोडन भक्त

कविता 

एक हुल मुन्द्रेहरुको बथान
अट्टाहास हाँसोमा
थोरै अस्लिन शब्दहरु मिसाउदै
पैताला भेट्नै लागेको कट्टु समाएर
जंगल सफारी लज भित्र
प्रवेश गर्छन् /

अनुहारमा धेरै चिन्ताको कालो दाग
टाढै बाट टल्किरहेको देखिन्छ,
"पोहोर सालको दशैं त झुर भयो
तर त्यो भन्दा एड्भान्स बनाउन
यो साल स्मरणीय
बनाउदैछौ सुमन दाई" /
भन्दै थियो
सायद समुहको उँ नाइके हुनु पर्छ,
सुमन दाईलाइ चन्दाको बिल थमाउदै
भन्दै थियो "बिषय दुर्गा पुजा राख्नुहोस दाई",
तर प्रयोग सिर्जनात्मक काममा नै हुने छ '',
सायद दशैं नजिकिदै भएर होला
बिषय बस्तुको शीर्षक दुर्गा पुजा जुरेको

सुमन दाईको अनुहारमा
अटुट राप्तिहरु बगिरहेका छन्
दुर्गा,शिब,राम,लक्ष्मी लगाएत कैयौ
भगवानका भक्तलाई
रसिदमा चन्दाको भेटि चदाउदा /

यहाँ पुजा निरन्तर चलिरहन्छ
अनि भक्तहरु
जिर्णोंद्दार भएको मन्दिर निर्माणका लागि
स्रोत खोजीको प्रस्ताव उपर
छलफल गर्न
प्रत्येक दिन होटेल क्याफेमा
बिदेशी अमृत लिदै
गम्भिर चिन्तन संगै
दुर्गा,लक्ष्मी,काली का
एकहुल भक्तहरु
ठुलै बहसमा सदियौ देखि
जुटिरहेका छन् 
 
रामकृष्ण पौडेल ''अनायास''
कविडाँडा

No comments:

Post a Comment

मनमा लागेका कुरा लेख्नुहोस्,केहि सुझाब सल्लाहा समेत