Love&sex
▼
Online nepali filmy khabar
▼
Tuesday, October 7, 2014
चार डिआईजीको पदावधि गुजारियो
काठमाडौं, असोज २२
सर्वोच्च अदालतले बिशेष पद सृजना गरी बढुवा गर्न आदेश गरेका चार नायब महानिरीक्षक (डीआईजिपी)को पदावधी समाप्त भएको छ । सरकारले समय रहदाँसम्म बिशेष पद सिर्जना नगरेका कारण डीआईजिपीहरु यादब अधिकारी, शुसिलबरसिंह थापा, बिश्वराजसिंह शाही र पर्शुराराम खत्रीको पाँच वर्षे पदावधि सोमबार सकिएको हो। आजको कान्तिपुरलगायत पत्रपत्रिकामा खबर छापिएको छ।
सर्वोच्च अदालतका न्यायधिसद्धय दीपकराज जोशी र ओमप्रकाश मिश्रको ईजलासले गत असोज ८ गते चारै डिआईजिपीलाई पुरानै मितिबाट बढुवा गर्न आदेश दिएको थियो। आदेश भए लगत्तै दसैंका कारणअदालत बन्द छ। सरकारले उनीहरुको बढुवा गर्ने वा सर्वोच्चको आदेशबारे पुनरावलोकनमा जाने सम्बन्धी कुनै निर्णय भएको छैन।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले अनुसन्धान विभागका दुई डीआईजिपीको मात्र बढुवा गरेको थियो।
No comments:
Post a Comment
मनमा लागेका कुरा लेख्नुहोस्,केहि सुझाब सल्लाहा समेत