Love&sex

Online nepali filmy khabar

Tuesday, October 7, 2014

उल्टो पैताला भएकी युवती



काठमाडौं,असोज २२



किस्सा–कहानीमा उल्टो पैताला भएका महिलाबारे सुन्न पाइन्छ । यस्तो पैताला भएकी महिलालाई कहानीमा चुँडेल नाम दिइएको छ । तर, साँच्चै यस्तो पैताला भएका महिला कतै छिन् भनेको सुन्दा पत्याउन गाह्रो पर्छ । तर, सत्य हो, चीनको एउटा गाउँमा यस्तै महिला छिन्। एजेन्सीलाई उल्लेख गर्दै आजको नयाँ पत्रिकामा समाचार छापिएको छ।

चीनको चङकिङ सहर निवासी २७ वर्षीया वाङ फाङ नाम गरेकी युवतीको दुवै पैताला उल्टो छ । तर, यसले उनलाई कुनै अप्ठेरो गरेको छैन । उनी मजासँग हिँड्डुल गर्न, सामान्य मानिसझैँ दौडिन र काम गर्न सक्छिन् । कुनै दुर्घटनामा परेर नभई आनुवांशिक दोषका कारण उनको खुट्टा यस्तो भएको हो ।

उनको खुट्टा जन्मजात यस्तो भएको हो । अभिभावकले सानैमा उनलाई डाक्टरकोमा लगेका थिए । उनी हिँड्न सक्नेमा डाक्टरहरूले पनि शंका व्यक्त गरेका थिए । तर, हिँड्डुल गर्न मात्र नभई उनी सामान्य युवतीले गर्ने हरेक काम गर्न सक्छिन् । चीनको एउटा रेस्टुरेन्टमा उनी वेटरको काम गर्छिन् ।

‘खुट्टाले मलाई कुनै अप्ठेरो पारेको छैन । मेरा सँगिनीबीच सबैभन्दा चाँडो दौडिन्छु, म,’ उनी भन्छिन् । जुत्ता लगाएर हिँड्दा उनी अन्य युवतीभन्दा रत्तिभर पनि फरक देखिन्नन् ।

No comments:

Post a Comment

मनमा लागेका कुरा लेख्नुहोस्,केहि सुझाब सल्लाहा समेत