Love&sex

Online nepali filmy khabar

Wednesday, October 8, 2014

आफ्नो चलचित्र बनाउँदा धोनीले ६४ करोड पाउने


(एजेन्सी) भारतीय क्रिकेट टोलीका कप्तान महेन्द्र सिंह धोनीको जीवनीमा आधारित चलचित्र बन्ने घोषणासँगै त्यसले बलिवुडमा निकै चर्चा कमाएको छ ।

भारतीय सञ्चार माध्यमका अनुसार यस चलचित्रका निर्माताहरुलाई भने यो चलचित्र बनाउन निकै महंगो पर्ने देखिएको छ । यस चलचित्रको कपिराइटका लागि कप्तान धोनीलाई निर्माताहरुले ६४ करोड रुपैयाँ दिनुपर्ने हुनसक्छ ।

धोनीको भूमिकामा सुशांत सिंह राजपुत देखिनेछन् । सुशांत यो भूमिकालाई लिएर निकै उत्साहित रहेका छन् ।
भारतीय सञ्चारमाध्यमलाई दिएको अन्तरवार्तामा आफू धोनीबाट निकै प्रभावित रहेको र राम्रो चलचित्र बनाउन आफूले शत प्रतिशत कोशिस गर्ने बताएका थिए ।
यस चलचित्रलाई नीरज पाण्डेले निर्देशन गर्दैछन् । यसअघि उनले ए वेड्नस्डे र स्पेसल २६ जस्ता चलचित्र निर्देशन गरिसकेका छन् ।

No comments:

Post a Comment

मनमा लागेका कुरा लेख्नुहोस्,केहि सुझाब सल्लाहा समेत