Monday, February 5, 2018

चितवनका पाठकहरू सँगभलाकुसारी कैलि ले

२२ रामकृष्ण अनायास
पछिल्लो समय नेपालमा साहित्यको लोकप्रियता बढ्दै गएको बेला यतिबेला आख्यानकार जमुना न्यौपाने द्वारा लिखित उपन्यास कैलि ले पाठकहरूको मन रमस्तिष्क हल्लाउन सफल भएको छजमुना न्यौपाने द्वारा लिखित यो कैलि उपन्यास पहिलो उपन्यास हो / र पनि यसको चर्चा यतिबेला चारैतिर चलेको छ देशै भरि फरकफरक ठाउमा बिभिन्न साहित्यिक संस्था तथा पाठकहरूले उक्त उपन्यास माथि छलफल तथा समीक्षा अन्तरक्रिया कार्यक्रम राखेर आफुलाई बोलाउने तर उक्त कार्यक्रम मा लेखकद्वय ले आफु जान भ्याईनभ्याई रहेको जानकारी गराउनुहुन्छ यस्तै क्रममा यतिबेला चितवनका पाठकहरू सँगभलाकुसारी र अन्तर्क्रिया गर्न आईपुगेकि जमुना भरतपुरको कैलासनगरमा कबिडाँडा साहित्य समाजले गरेको एकभव्य कार्यक्रममा उपस्थित भईन सोकार्यक्रमको क्रममा चितवनका कविसाहित्यकार सँग दिनभर सँगै कैलिमाथिको छलफलमा सरिक भईन भने कैलि माथि काठमाण्डौ का चर्चित कवि गीतकार दिनेश अधिकारी गजलकार धनराज गिरि , कवि भुपिन खड्का, कवि ईश्वर कडेल, डेटौडाका कवि निमेश निखिल ,कवि सुरेन्द्र अस्तफल रामकृष्ण अनायास , लेखराम सापकोटा ,सुजनअनिमेस , सरोज सुमन पाठक सिर्जन यात्री ले पुस्तकमाथि आआफ्नो प्रतिक्रिया सँगै सफलताको शुभकामना दिनुभयो र यो चितवन हुदै नवलपरासि र बुटवल मा पनिकैलि माथि अन्तरक्रिया कार्यक्रम रहेको जानकारी गराउदै नवलपरासि को कार्यक्रमा सहभागि भईन र त्यहाँको कार्यक्रमको जानकारी तल लेखराम सापकोटा ज्यु ले गराउनुभएको छ




चितवन कैलाशनगर पछि नारी साहित्यसमाज नवलपुरको आयोजनामा कावासोती स्थित मध्यविन्दु क्याम्पसमा एक समारोह विच उपन्यास माथी चर्चा गरिएको हो ।

छलफल कार्यक्रममा बोल्दै पत्रकार लेखराम सापकोटाले कृति नारी मनोबिज्ञानमा आधारित भैकन पनि नारीका यावत समस्याहरुलाई चित्रण गर्नसफल रहेको बताए । प्रमुख अतिथी डा. धनपति कोइराला, टिकादेवी सापकोटा, कृष्णादेवी शर्माले कृतिले समेटेको बिसयमा बोलेका थिए ।

उपन्यासकी लेखिका जमुना न्यौपाने लेउच्च शिक्षा अध्ययनका क्रममा नवलपरासीबाट काठमाडौं जाँदै गर्दा बसमा भेटिएका तेस्रो लिङ्गी सँगको कुराकानी पश्चात् उपन्यासको `बेस´ बनाईएको बताईन् । सबै उमेर समूहका पाठकले कृति पढ्न मिल्ने गरि लेखिएकोपनि बताईन् ।

कार्यक्रममा सदानन्द जैसी, दीपक सोती, दयाराम आचार्य, अर्जुन अविरल, लोकनाथ चापागाईं, जीवन युगिन, दीपक भट्टराई, लिला राना मास्के, श्रीषा साही, आदर्श सुशील लगायतको उपस्थितिरहेकोे थियो ।

Tuesday, September 12, 2017

निश्चलको सुन्दरताले हंगामा

उमेरले सानी भएपनि सुन्दरताले निकै भरिपुर्ण भएकी निश्चल शर्मा काठमाडौँ बस्दै आइरहेकी छन् उनि सानै उमेर देखी नेपालि गीत संगीत र डान्स लाइ बिशेस रुचि साथ लिन्थिन र स्कुल पढ्दा देखि नै उनि उक्त क्षेत्रलाइ अंगाल्दै आइरहेकी छन् भने म्युजिक भिडियो को लागि धेरै नै अपहर पनि आइरहेको र हाल पढाइलाइ प्रथामिकता दिएको बताउछिन भने आफुलाई सुहाउने खालको कुनै फिल्मी,या म्युजिक क्षेत्रबाट अफर आएमा उक्त क्षेत्रमा काम गर्ने गर्ने सोच पनि भएको बताउछिन /
आगामी दिनमा निश्चल शर्मा यो क्षेत्रमा अगाडी बढ्न सकुन हाम्रो शुभकामना