Sunday, November 9, 2014

सार्कको नाममा नेताको रजाई, दैलोसम्मै कालोपत्र



     काठमाडौ–बालुवाटारको उपहार मार्गसम्मको मूल सडक धुलाम्मे छ। गत चैतमा विस्तारका लागि भत्काइएको यो सडकनजिकै एउटा सहायक मार्ग भर्खरै कालोपत्र गरिएको छ। करिब २५ मिटर लामो कालोपत्रे गरिएको त्यो मार्ग सूचना तथा सञ्चारमन्त्री मिनेन्द्र रिजालको घरको दैलोमा गएर टुङ्गिन्छ । मुल सडकको बायाातर्फबाट ६० मिटर दूरीमा अर्को सहायक मार्ग आउँछ। करिब ३० मिटर कालोपत्रे गरिएको त्यो बाटो संविधानसभा अध्यक्ष सुभाष नेम्वाङ्को घरको दैलोमा टुङ्गिन्छ। मुल सडक छलेर नेताद्वय नेम्वाङ् र रिजालको दैलोसम्म पुगेर टुङ्गिने सडक गत विहीबार महानगरपालिकाले कालोपत्र गरिदिएको हो। उपहारमार्ग आसपासका बासिन्दाका अनुसार उनीहरुले ठेकेदार कृष्णप्रसाद चौंलागाइँलाई मूल सडक पनि कालोपत्रे गर्न आग्रह गर्दा उनले ‘हामीलाई यतिमात्रै कालोपत्रे गर्नु भन्ने माथिको आदेश छ’ भनेका थिए। करिब चार मिटर चौडा भएको उपहार मार्गको मुल सडक अहिले फराकिलो पारेर ६ मिटर बनाइएको छ। तर कालोपत्रे गरिएको छैन। सोहीबाटोबाट दायाँ मन्त्री रिजालको घर जाने बाटो छ भने रिजालको घरभन्दा मूलबाटोको बायाँतर्फ सभामुख नेम्वाङको घरजाने बाटो छुट्टएिको छ। नेम्वाङ र रिजाल सरकारी सुविधासहित क्वाटरमा बस्दै आएका छन्।

प्रधानमन्त्री कोइराला र एमाले अध्यक्ष ओलीले भट्टराईविरुद्ध आज पत्रकार सम्मेलन गर्ने

     काठमाडौ–कांग्रेस–एमालेसहित सत्तापक्षिय दलहरुले एकिकृत नेकपा माओवादीविरुद्ध आज संयुक्त पत्रकार सम्मलेन गर्ने भएका छन् । माओवादी नेता डा. बाबुराम भट्टराई सभापति रहेको संबैधानिक राजनीतिक सम्वाद तथा सहमति समितिले बैठक नवोलाएको भन्दै प्रधानमन्त्री सुशील कोइराला र एमाले अध्यक्ष केपी शर्मा ओलीले संयुक्त पत्रकार सम्मेलन गर्ने भएका छन् । आइतबार दिउसो साढे २ बजे पर्यटनबोर्डमा डाएिको बैठकमा कांग्रेस सभापति तथा प्रधानमन्त्री कोइराला, एमाले अध्यक्ष ओली लगाएतका नेताहरुको सहभागिता हुने भएको छ । संविधानका बिवादित बिषयमा सहमति जुटाउन बनेको संबैधानिक समितिले राजनीतिक प्रतिसोध राखि बैठक नवोलाएको जनाउदै सत्तापक्षिय दलहरुले संयुक्त पत्रकार सम्मेलन गर्न लागेका छन् । १६ कार्तिकमा सत्तापक्षिय दलहरुले सात प्रदेशसहितको अवधारणा सम्वाद समितिमा राखेपछि एकिृकत नेकपा माओवादी लगाएत २२ दलले विरोध जनाएका थिए । एमाले अध्यक्ष ओलीले साझा प्रस्ताव राखेका दिन केही छलफल भएपनि त्यसपछि समितिको बैठक बस्न सकेको छैन । समितिका सभापति भट्टराईले विरामी परेको कारण देखाउदै बैठक बोलाएका छैनन् । सम्वाद समितिको बैठक तत्तकाल बोलाउन आग्रह गर्दै सत्ता पक्षिय दलहरुले पत्रकार सम्मेलन गर्न लागेका छन् ।

Friday, November 7, 2014

विदेशी केटीसँग अनमोलको यस्तो रोमान्स (भिडियो)



हेमराज बिसी, झट्ट नाम सुन्दा नै नेपाली सिने नगरीमा केहि आशा बोकेको व्याक्ती । गत बर्ष पहिलो निर्देशनमा नै ‘होस्टेल’बाट सफल निर्देशकको ट्याग भिरेका हेमराज यो बीचमा अन्य सिनेमा निर्देशनमा पनि व्यस्त बने । जस अन्तर्गत उनको दोश्रो निर्देशन रहेको सिनेमा ‘सम्बोधन’ रिलिजको छेकोमा पोष्टपोण्ड भएपछी अहिले अर्को सिनेमा ‘जेरी’को प्रचार प्रसारमा व्यस्त छन् । यो सिनेमा यही कार्तिक २६ बाट अल नेपाल रिलिजको तयारीमा छ ।

विहिवार राजधानीमा यो सिनेमाको युनिटले एक पत्रकार सम्मेलन आयोजना गरी सिनेमाको गीत र प्रोमो सार्वजनिक गर्यो । कार्यक्रममा बोल्दै निर्देशक हेमराजले आफ्नो तर्फबाट जतिसक्दो राम्रो काम गरेको भन्दै त्यसको मुल्यांकन गर्ने जिम्मा अब दर्शकमा आएको बताए । त्यसो त पहिलो सिनेमामा नै हेमराज र लिड एक्टर अनोल केसीको क्यामेस्ट्री राम्रै जमेको थियो । यसले पनि यो सिनेमामा पनि पक्का केहि त छ भन्ने आशा धेरैमा छ । किशोर किशोरीहरुको नै कथामा होस्टेल बनाएका हेमराजले यो सिनेमाले पनि उनीहरुकै कथा बोल्ने बताए ।

सिनेमा ‘जेरी’मा अनमोलसँगै अन्नया शर्मा, अमिलिया शर्मा लिड रोलमा छन् । त्यसो त दुवै अभिनेत्री मिस नेपाल कि कोरियोग्राफर रचना गुरुङ शर्माका छोरीहरु हुन् । यो सिनेमामा मजोज शेरचनको लगानी छ ।
प्रोमो हेर्नुहोसः

Thursday, November 6, 2014

अमिताभ बच्चनलाई अदालतमा पेश गर्नेलाई डेढ करोड इनाम




मुम्बई, कार्तिक १८ – सन् १९८४ मा सिख दंगा मामिलामा अमेरिकाको एक कोर्टले भारतीय अभिनेता अमिताभ बच्चनलाई अदालतमा उपस्थित हुन आदेश जारेको केही दिन नबित्दै सिखहरुको हक हितमा काम गर्ने एक मानव अधिकारवादी संस्थाले उनलाई अदालतमा बुझाउने व्यक्तिलाई नगद पुरस्कार दिने घोषणा गरेको छ ।


सिख फर जस्टिस नाम संस्थाले अमिताभलाई अमेरिकी अदालतमा बुझाए डेढ करोड रुपैयाँ दिने घोषणा गरेको भारतीय सञ्चार माध्यमले जनाएको छ ।


इन्दिरा गान्धीको मृत्यु पछि अमिताभले एक विवादीत बयानमा ‘खुनको बदला खुन’ भनेर भनेका थिए । उनलाई यही बयानको आधारमा अदालतमा उपस्थित हुन आदेश जारी गरिउको छ । लस एन्जलिसको संघीय अदालतले अमिताभलाई अदालतमा उपस्थित हुन २१ दिनको समय दिएको छ ।

मोदीविरुद्द महामोर्चाको तयारी


नयाँदिल्ली (एजेन्सी) – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र केन्द्र सरकारविरुद्द महामोर्चा बनाउन समाजवादी पार्टीका प्रमुख मुलायम सिंह यादबले नयाँदिल्लीस्थित निवासमा बिहीबार बृहत बैठक गरे । बैठकमा गैरभाजपा तथा गैरकांग्रेसी नेताको उपस्थिती थियो ।

मोदी र सरकारविरुद्द ठूलो आन्दोलन गर्ने र अभियान चलाउने उद्देश्यले मुलायम सिंह यादबको घरमा जनता दल युनाइटेडका शरद यादव,जनता दल सेक्युलरका नेता एचडी देवेगौडा,भारतीय राष्ट्रिय लोकदलका सांसद् दुष्ढन्त चौटाला पुगेका थिए ।

आजको नयाँ पत्रिका दैनिकमा प्रकाशित समाचार अनुसार त्यही बैठकले यी दल सम्मिलित मोर्चा बनाउने निर्णय गरेको छ । त्यसलाई बैठकले महामोर्चाको नाम दिएको छ । केन्द्र सरकारविरुद्द अभियान चलाउने उनीहरुको मूख्य उद्देश्य छ । बैठकपछि विहारका मूख्य मन्त्री तथा जनता दल युनाइटेडका नेता नितिश कुमारले यी दलबीच एक जुट हुने निर्णय भएको बताएका छन् ।

कांग्रेसमा गुटैगुट, गुटैपिच्छेका भेला

काठमाडौ कात्तिक २१
संविधानसभा निर्वाचनपछि संविधानसभाको सबै भन्दा ठूलो दल बनेको नेपाली कांग्रेसभित्र गुटगत राजनीति मौलाउँदै गएको छ । राजधानी दैनिकमा समाचार छ ।

निर्वाचनमा अन्तरघात गरेको विषयलाई लिएर एकथरी नेतामाथि अनुशासनको कारवाही चलाइएपछि बढेको असन्तुष्टीले जन्माएको गुटसँगै पदीय असन्तुष्टीका कारण पनि कांग्रेस भित्र नयाा नयाँ गुट निर्माण हुँदै गएको छ । पार्टीभित्रको गुटबन्दीको श्रृंखला हिन्दु राष्ट्र अभियानसम्म आइपुग्दा नयाँ स्वरुपमै देखिन थालेको छ ।

सर्वोच्च अदालतबाट भ्रष्टाचारी ठहर भई सजायासमेत काटिसकेको केन्द्रीय सदस्य खुमबहादुर खड्काको नेतृत्वले नयाँगुटलाई क्रियाशील बनाउँदै पार्टीकै नाम जोडेर हिन्दु राष्ट्र अभियान चलाएपछि गुटको प्रत्यक्ष असर सिंगो पार्टीमै पर्न थालेको छ । कांग्रेसले सरकारको नेतृत्व गरेपछि देखिएको पदीय र लाभको प्रतिष्पर्धाबाट जन्मिएका गुटका कारण पार्टीको केन्द्रीय समिति बैठकसमेत बस्न सकेको छैन ।

नयाँनयाँ गुट निर्माणसँगसँगै गुटगत भेला पनि तीब्र बनाइएको छ । खड्काले नेतृत्व गरेको गुटले बिहीबार हिन्दु राष्ट्र अभियानका नाममा गुटगत भेला र शक्ति प्रदर्शन गरेको छ । अनुशासनको कारबाही सिफारिस भएकी अर्की नेतृ सुजाता कोइरालाले पनि पार्टी भित्रको असन्तुष्टी र कारबाही फुकुवाको दबाव दिन आफू नेतृत्वमा बेग्लै गुट निर्माण गरेकी छन् ।

न्यायाधीशको निगरानी संयन्त्र

काठमाडौं कात्तिक २१ 
प्रधानन्यायाधीश रामकुमारप्रसाद साहले सर्वोच्च अदालतका न्यायाधीशको अध्यक्षतामा न्यायाधीश आचारसंहिता अनुगमन संयन्त्रु गठन गर्ने भएका छन्। अन्नपूर्ण पोस्ट दैनिकमा समाचार छ । आचारसंहिता पारित भएको ६ वर्षपछि पहिलोपल्ट उच्चस्तरीय संयन्त्र गठन हुन लागेको हो।

आचारसंहिता अनुगमन संयन्त्र नहुँदा न्यायाधीशका गतिविधिमाथि निगरानी हुनसकेको छैन। न्यायाधीशको राष्ट्रिय सम्मेलनले २०६५ सालमा आचारसंहिता पारित गरेको थियो। त्यसअघि २०५५ सालमा जारी आचारसंहिता त्यतिबेला खारेज भएको थियो।

न्याय सम्पादन स्वच्छ, निष्पक्ष र पारदर्शी बनाई न्यायाधीशको प्रतिष्ठा वृद्धि गर्ने लक्ष्य आचारसंहिताको छ। नैतिक बन्धनका लागि ल्याइएको आचारसंहिता पालनामा न्यायाधीश आफैं उदासीन रहेको भन्दै आलोचना हुने गरेको छ।

प्रधानन्यायाधीश साहले न्यायाधीशको राष्ट्रिय सम्मेलनअघि नै उच्चस्तरीय अनुगमन संयन्त्र गठन गर्ने तयारी गरेका छन्। सम्मेलनअघि नै आचारसंहिता अनुगमन संयन्त्र गठन गर्ने तयारीमा प्रधानन्यायाधीश हुनुहुन्छु, सर्वोच्च अदालतका सहायक प्रवक्ता बाबुराम दाहालले भने, अहिलेसम्म भिन्नै अनुगमन संयन्त्र थिएन। संयन्त्रले आचारसंहिता पालना भएनभएको हेर्छ।

मोदीको भ्रमणका लागि उच्च सतर्कता

बुटवल कात्तिक २१ 
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले लुम्बिनी भ्रमण गर्ने भएपछि सो क्षेत्रमा उच्च सतर्कता अपनाइएको छ । मोदीको भ्रमणका लागि तराईका तीन जिल्लामा उच्च सतर्कता अपनाइएको हो । नयाँ पत्रिका दैनिकमा समाचार छ ।

लुम्बिनी अञ्चलको रुपन्देही, नवलपरासी र कपिलवस्तुमा उच्च सुरक्षा अपनाइएको सुरक्षा स्रोतले जनाएको छ । यी जिल्लामा सुरक्षाकर्मी थप गरी परिचालन गरिएको छ । लुम्बिनीको सुरक्षा अवस्थाबारे केन्द्रीयस्तरबाटै विशेष निगरानी बढाइएको स्रोतको भनाई छ ।

सुरक्षाको विषयमा जानकारी लिन सुरक्षा निकायका केन्द्रीय स्तरका अधिकारी लुम्बिनी आउँने क्रम पनि बढेको छ । विहीबार गृह सचिव सूर्य सिलवाल, प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्याल, राष्ट्रिय अनुसन्धानका प्रमुख जीतबहादुर केसी, सशस्त्र प्रहरीका अतिरिक्त महानिरीक्षक सहित उच्च अधिकारीले लुम्बिनीको सुरक्षा अवस्थाबारे स्थलगत अनुगमन गरेका छन् ।

कांग्रेस र एमालेबीचको विवाद सल्टाउन सुकुम्बासी आयोगमा पदाधिकारी थप्ने

काठमाडौ, कात्तिक २१ 
मन्त्रिपरिषदले सुकुम्बासी समस्या समाधान सुझाव आयोगको नियुक्तिका बारेमा प्रमुख सत्तारूढ दल कांग्रेस र एमालेबीचको विवाद सल्टाउन पदाधिकारी थप्ने निर्णय गरेको छ । आजको कान्त्पिुर दैनिकमा समाचार छ । सुकुम्बासी आयोगको केन्द्र र मातहतका ७२ जिल्ला समितिमा भूमिसुधारमन्त्री दलबहादुर रानाले एमालेका कार्यकर्तालाई मात्र एकलौटी नियुक्ति गरेपछि दुई दलबीच विवाद बढेको थियो ।

मन्त्रिपरिषदको बिहीबार बसेको बैठकले सुकुम्बासी आयोगको केन्द्रमा उपाध्यक्ष र एक जना सदस्य तथा जिल्लामा उपाध्यक्ष थप्ने निर्णय गरेको जानकारी सरकारका प्रवक्ता सूचना तथा सञ्चारमन्त्री मिनेन्द्र रिजालले जानकारी दिए । मन्त्रिपरिषदले पदाधिकारी थप्न सुकुम्बासी आयोगसम्बन्धी गठन आदेश संशोधनसमेत गरेको छ ।

कांग्रेस र एमालेबीच भएको समझदारीअनुसार आयोगको केन्द्रमा कांग्रेसबाट उपाध्यक्ष र एक सदस्य थपिनेछ भने जिल्ला समितिमा कांग्रेस र एमालेका बराबर संख्यामा अध्यक्ष रहनेछन् । एउटा दलको अध्यक्ष रहेको ठाउँमा अर्को दलको उपाध्यक्ष राखेर विवाद समाधान गरिने जानकारी एक मन्त्रीले दिए ।

सुकुम्बासी आयोगमा पदाधिकारी थपिएपछि राज्यको ढुकुटीमा ठूलो दायित्व थपिनेछ । अध्यक्षलाई राज्यमन्त्री र पाँच सदस्यलाई विशिष्ट श्रेणी सचिवसरहको तलबसुविधा दिइएको छ । केन्द्रीय पदाधिकारीलाई गाडी सुविधाबापत एकमुष्ठ प्रतिमहिना थप २५ हजार रुपैयाँसमेत दिइएको छ । थपिने उपाध्यक्षलाई सहायक मन्त्री र सदस्यलाई सचिव सरहको सुविधा दिइनेछ ।

जिल्ला अध्यक्षलाई सहसचिव र सदस्यलाई शाखा अधिकृत सरहको तलब सुविधा दिइएको छ । जिल्ला अध्यक्षलाई गाडी सुविधासमेत दिइएको छ । जिल्ला उपाध्यक्षलाई उपसचिव सरहको सुविधा र गाडी दिइनेछ ।

सीमा क्षेत्र आतंकवादी संगठनको सेल्टर

काँकडभिट्टा, कात्तिक २१ 
भारतको पश्चिम बंगाल र बिहारसंग सीमा जोडिएका नेपाली क्षेत्र आतंकवादीको सेल्टरवनेको बंगालको गुप्तचर निकायले दावी गरेको छ । कान्तिपुर दैनिकमा समाचार छ । गुप्तचर विभागले बंगाल सरकारलाई हालै वुझाएको एक प्रतिवेदनमा नेपाली क्षेत्र आतंकवदीको गढ वनेको दावी गरिएको छ ।

खुला सीमाको फाइदा आतंककारीहरु उठाइरहेका छन्, गुप्तचर विभागको प्रतिवेदनमा भनिएको छ,उनीहरु बंगालको पानीटंकी र बिहारको गलगलियावाट प्रवेश गर्ने योजनामा छन् ।

वंगलादेशीसहित पाकिस्तानी आतंककारीहरुले नेपाललाई ट्रान्जिट बनाएर गतिविधि वढाएको दावी गुप्तचरले गरेको छ । उसले बंगालमा प्रतिवन्धित आतंककारी संगठन कामतापुरी लिवरेसन अर्गनाइजेसन केएलओ संगको सम्पर्कमा विदेशी आतंककारी संगठनले गतिविधि वढाएको गुप्तचरलाई उद्धृत गर्दै सिलिगुडीवाट प्रकाशित हिमालय दर्पण दैनिकले उल्लेख गरेको छ ।

जग्गा बेचेर जनकको ऋण तिरिने

सरकारले विद्यालय तहको पाठ्यपुस्तक छपाई गर्ने जनक शिक्षा सामाग्री केन्द्रलाई टिकाउन जग्गा बिक्री गर्ने तयारी गरेको छ । केन्द्रको १ अर्ब २० करोड ऋण छ । केन्द्रको २ सय ३५ रोपनी मध्ये धेरैजसो जग्गा बैकमा धितो राखेर ऋण लिएको छ । कान्तिपुर दैनिकमा समाचार छ ।

शैक्षिक सत्रको बेला पाठ्यपुस्तक पुर्‍याउन नसकेको भन्दै केन्द्रको आलोचना हुने गरेको छ । एक शैक्षिक सत्रमा पाठयपुस्तक बिक्रि गरेको रकम कर्मचारी तलब र बैकको ब्याज तिर्दा सकिएपछि अर्को शैक्षिक सत्रमा किताव छाप्न बजे बजेट अभाव देखाउने गरेको छ । आर्थिक बर्षको सुरुमा सरकारले ऋण दिने हो भने चैत मसान्तमा आवश्यक पुस्तक उपलब्ध गराउन सकिन्छ,केन्द्रका महाप्रबन्धक अनिल कुमार झाले भने,चालू पुजाको समस्या छ । सरकारसंग ५० करोड माग गरेपनि २० करोड मात्रै पाएको उनले बताए ।

बाषिर्क बैकको ब्याज मात्रै १४ करोड तिर्नु परेको उनले बताए ।

२५ देश सहभागी पर्वतीय सम्मेलन काठमाडौंमा

   पर्वतीय क्षेत्रका वासिन्दा र परिवर्तित अनुकुलनुका बारेमा २३ देखि २६ कात्तिकसम्म काठमाडौंमा अन्तराष्ट्रिय सम्मेलन हुँदैछ । कान्तिपुर दैनिक लेख्छ, विज्ञान, प्रविधि तथा वातावरण मन्त्रालय र अन्तराष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र इसिमोड को संयुक्त आयोजनामा हुने सम्मेलनमा २५ देशबाट मन्त्री, सभासद, विशेषज्ञ, अनुसन्धानकर्ता र सञ्चारकर्मीसहित २ सय ५० जना सहभागी हुनेछन् । ती मध्ये २ सय विदेशी हुनेछन् ।

जलवायु परिवर्तनसम्विन्धि पक्ष मुलुकहरुको २० औं सम्मेलन ९कोप २०० को पूर्वसन्ध्यामा पर्वतीय क्षेत्रको मुद्दा र हिमालय क्षेत्रमा जलवायु परिवर्तनले पारेको असरलगायतलाई सशक्त बनाउन सम्मेलन गर्न लागिएको इसिमोडका नन्दकिशोर अग्रवालले बताए । कोप २०आगामी डिसेम्बर पहिलो सातादेखि पेरुको लिमा सहरमा हुँदैछ ।

जलवायु परिवर्तनका कारण हिमालयक्षेत्र र त्यसक्षेत्रका वासिन्दाको जनजीवनमा परेको असरबारे विश्वको ध्यान केन्द्रित गर्न गत साता मन्त्रालयले सुन्दर रारातालमा जलवायु सम्मेलनु गरी घोषणापत्र जारी गरेको थियो । नेपालले अति कम विकसित मुलुकहरु एलडीसी को नेतृत्व गरेपछि जलवायु परिवर्तनले पर्वतीय र हिमालयक्षेत्रमा पारेको असरबारे विश्वको ध्यानाकर्षण गर्न विविध कार्यक्रममा जोड दिदै आएको छ ।

कांग्रेस–एमालेले किन समाते २४ वर्षअघिकै उल्टो दिशा ?


काठमाडौं,कात्तिक २१ – सत्तारुढ दल कांग्रेस–एमाले र त्यसमा पञ्चायती पृष्ठभूमिको राजनीति गर्दै आएका कमल थापाको राप्रपा नेपाल महेन्द्रकालीन भौगोलिक विभाजनको झल्को दिने संघीयताको पक्षमा उभिएका छन् । उनीहरुको सात प्रदेशको महेन्द्रकालीन प्रस्तावले देश फेरि २०४७ तिर फर्केको अनुभूति आन्दोलनबाट आएका शक्तिहरुले गर्न थालेका छन् । हुन पनि कांग्रेस–एमाले र राप्रपा नेपालको हिमाल–पहाड–तराई जोड्ने संघीय ढाँचाले पंचायती व्यवस्थाको झल्को दिएको विपक्षीहरुले आरोप लगाउन थालेका छन् । २२ दलीय मोर्चाका संयोजक तथा एमाओवादीका अध्यक्ष प्रचण्डले त उनीहरुको प्रस्तावबाट पंचायती व्यवस्थाको झल्को आएको टिप्पणी समेत गरिसकेका छन् । कांग्रेस –एमालेको यो प्रस्तावले संघीयता,धर्मनिरपेक्षता,समानुपातिक,समावेशीजस्ता जनयुद्द ,जनआन्दोलन ,मधेसी आन्दोलनका उपलब्धी गुम्ने खतरा बढेको २२ दलीय मोर्चाका नेताहरुको भनाई छ ।
संघीयताको विषयमा कांग्रेस–एमालेले अघि सारेको प्रस्तावमा ०५१ साल पूर्वका राजनीतिक शक्ति सहमत छन् । त्यसपछि जन्मेका राजनीतिक शक्तिले भने कांग्रेस,एमाले र राप्रापा नेपालको प्रस्तावको विरोध गरेका छन् । खासमा पुराना राजनीतिक दलहरुले प्राप्त उपलब्धी समाप्त पार्न पछिल्ला प्रस्तावहरु ल्याएर संविधानसभामा कमजोर पोजिसनमा रहेका परिवर्तनकारी शक्तिहरुलाई र्याखर्याख्ती पारिरहेका छन्,शुक्रबार प्रकाशित हुने जनआह्वान साप्ताहिकमा खबर छ ।

बिदेश जान हिँडेको ठिटो जब क्रिकेट खेलाडी बन्यो !

onlinekhaber

२१ कात्तिक, काठमाडौं । क्रिकेट खेलाडी करण केसी गत जनवरीमा विदेश जानका लागि पासपोर्ट बनाउन पोखरा पुगेका थिए । क्रिकेटमा नलागेको भए शायद अहिले उनी विदेशमा कठोर श्रम गरिरहेका हुन्थे ।

सानैदेखि क्रिकेट मोह भए पनि त्यसमा निरन्तरता दिन नसकेपछि केसी परिवारको दबावमा रोजगारीका लागि विदेश जान तयार भएका थिए ।

केसीले पोखरा पुगेर पासपोर्ट पनि बनाए । तर, कुन देश जाने भन्ने निश्चित थिएन ।


एकेडेमी भर्ना नगर्ने हो भने स्कुल पनि जान्न भनेँ। तर, आर्थिक अवस्था कमजोर भएका कारण सकिएन

यसैक्रममा मार्चमा पोखरामा क्षेत्र नम्बर ८ को क्रिकेट टोली छनोट हुँदै थियो । उनलाई लाग्यो ,एकपटक प्रयास कसो नगरौं । ‘भिसा लाग्ने कहिले हो, एउटा चान्स लिउँ। भए हुन्छ, नभए विदेश जान्छु भनेर कोसिस गरेँ’ केसीले अनलाइनखबरसँग भने ।

केसीले क्षेत्र नम्बर ८ का खेलाडी दीपेश खत्रीलाई फेसबुकमै सन्देश पठाए । दीपेश उनलाई मौका दिन तयार भए । ‘म पनि क्रिकेट खेल्छु, हेर्नु होला भनेपछि उहाँले लेकसाइड लैजानुभयो’ नेपालमा आफ्नो क्रिकेट यात्रा सुनाउँदै करणले भने-‘पोखराका लागि म छनोट भएँ ।’

क्षेत्रीय टीममा परेपछि करणको विदेश जाने योजना सकियो र सुरु भयो नेपालमा क्रिकेट करिअर । उनले भने- ‘त्यसबेला म निकै उत्साहित थिएँ । अब मेरो क्रिकेट करियर सुरु भयो भन्ने लागेको थियो ।’

एकेडेमी नलगेपछि स्कुल गइँन

बाग्लुङमा जन्मिएका करणलाई झण्डै एक वर्षको उमेरमा नै बाबु-आमाले भारत लगे । जागिरे बाबु चण्डीगढमा बस्थे, करणको वाल्यकाल पनि त्यहीँ बित्यो । यही भएर उनी आफ्नो लवजमा हिन्दी मिसाएर बोल्छन् । नेपाली बोल्न उनी प्रयास गर्दैछन् ।

उनले भारतीय स्कुलमा पढ्दा क्रिकेट खेल्न सिकेका हुन् । पढाइसँगै क्रिकेटलाई निरन्तरता दिए । तर, परिवारबाट क्रिकेटमा खासै सहयोग भएन ।

क्रिकेट एकेडेमीमा भर्ना गरिदिन आग्रह गरे । तर, बाबुआमाले नमानेपछि झण्डै एकमहिना स्कुल नै जान मानेनन् । स्कुले जीवनको त्यो दिन सम्झँदै उनी भन्छन्-‘ एकेडेमी भर्ना नगर्ने हो भने स्कुल पनि जान्न भनेँ।’

उनलाई १४/१५ वर्षको हुँदा बाबुले एकपटक मात्र ब्याट निकिदिएका छन्, त्यो पनि टेनिस ब्याट । उनले भने-‘स्कुलमा खेल्दा साथीहरुको ब्याट प्रयोग गर्थेँ । म्यान अफ दि म्याच, अफ दि सिजन हुँदा ब्याट र बल पाइन्थ्यो । स्कुलको क्रिकेटमा ब्याट पाउँदा खुसी लाग्थ्यो ।’


राष्ट्रिय टोलीमा परेपछि उत्साहित छु । नियमित टीममा पर्न कोसिस गर्छु

स्कुले जीवनपछि उनले क्रिकेटलाई निरन्तरता दिन सकेनन् । टेबलटेनिस खेले तर, मन मानेन् । उनी घरबाट बिहान निस्किएपछि अर्को दिनमात्र फर्किन्थे । ‘दिनभर क्रिकेट हेर्‍यो, फेरि रातमा पनि क्रिकेट हेर्‍यो’ करणले भने- घरवाला परेशान हुन्थे ।’

परिवारले जागिर गर्न भने पनि करणले मानेनन्, बरु क्रिकेटकै पछि लागे । अति भएपछि बाबुआमाले रोजगारीका लागि विदेश पठाउन करणलाई पासपोर्ट बनाउन नेपाल पठाए ।

बाबुआमा भारतमै भएकाले उनी पोखरा काकीको घरमा आए र पासपोर्ट बनाए । तर, विदेशका लागि आएका उनी एकाएक क्रिकेटमा होमिए ।

यसरी लाग्यो ‘लक’

पोखराको क्षेत्रीय क्रिकेटपछि उनले धनगढीमा भएको नेपाल प्रिमियर लिग खेले । १० विकेट लिँदै टपटेन बलरमा परेपछि राष्ट्रिय टीमका प्रशिक्षक पुबुदु दशानायक प्रभावित भए र करणलाई प्रशिक्षणमा बोलाए ।

नेपाली क्रिकेटमा यात्रा थालेको झण्डै ८ महिनामा सिनियर टीममा परेका छन् । बुधबार उनी हङकङविरुद्धको सेरिज खेल्न श्रीलंका भ्रमणमा गए ।

प्रशिक्षक पुबुदु करणका लागि यो भ्रमण अवसर भएको बताउँछन् । करण पनि यो अबसरलाई सदुपयोग गरेर आफ्नो क्षमता देखाउन तयार छन् ।

‘राष्ट्रिय टोलीमा परेपछि उत्साहित छु’ आफूलाई चाहिएको अनुभव श्रीलंका भ्रमणमा हासिल हुन सक्ने भन्दै उनले भने-‘त्यसपछि नियमित टीममा पर्न कोसिस गर्छु ।’

बसन्त रेग्मी, शक्ति गौचन, सोमपाल कामी, अमृत भट्टराई, जीतेन्द्र मुखिया, राहुल विश्वकर्मा, चन्द्र साउद, अविनाश कर्णजस्ता स्टार बलरहरु छन् । जसले कुनै न कुनैबेला आफूलाई स्थापित गरेका छन् ।

यस्तोमा करणलाई नेपाली टीममा स्थान बनाउन सजिलो छैन भन्ने थाहा छ । ‘टीममा राम्रा र अनुभवी बलरहरु छन् । मसँग त ड्यूज बलको अनुभव छैन । मैले धेरै नै संघर्ष गर्नुपर्छ’ उनले भने- तर, म तयार छु ।’

ओपनिङ बलर बन्ने सपना

नेपाली टीमका कप्तान पारस खड्काबाट करण निकै प्रभावित छन् । फास्ट बलर, ब्याटिङ पनि राम्रो गर्ने पारसको नेचर पनि उनलाई एकदमै मनपर्छ । उनी भन्छन्- मेरो पनि उद्देश्य पारस दाइजस्तै अलराउण्डर हुने हो ।’

उनको सपना छ, सोमपाल कामीसँगै नेपाली टीमको ओपनिङ बलर बन्ने ।

सोमपाल पञ्जावमा हुर्किएका हुन् । उनी नेपाल आएको निकै छोटो समयमा नेपाली टोलीको महत्वपूर्ण सदस्य बन्न सफल भएका छन् । करण पनि सोमपालकै सिको गर्ने कोसिसमा छन् ।

तर, सोमपाललाई भने नेपाल आएपछि मात्रै चिनेको करणले सुनाए । केही समयपछि भारतमा जाँदा एक साथीले भनिदिए कि सोमपाल र करणको साथी एउटै टीममा थियो पहिले ।

हिन्दी मिसिएको लवजमा करणले भने-‘उसले मेरोसित भी’ खेल्यो भनेपछि सँगै खेलेको भन्ने थाहा पाएँ ।’

नेपाली टीमका सदस्यहरुसँग कुरा गर्दा पनि उनी नेपाली हिन्दी मिसाएर नै बोल्छन् । कुराकानीमा अप्ठ्यारो हुँदैन ? उनले हाँस्दै जवाफ दिए -‘उनीहरु पनि हिन्दी अलिअलि बोल्छन्, म पनि नेपाली ट्राइ गर्छु ।’

सेन बाट्सन आइडल प्लेयर

उनी अष्ट्रेलिया क्रिकेट टीमका फ्यान हुन् भने सेन बाट्सन उनका आइडल प्लेयर हुन् । फुर्सद मिल्यो कि उनी अष्ट्रेलियाको क्रिकेट हेर्छन् । ‘उनीहरुको रणनीति र एग्रेसिभनेस मनपर्छ । करण भन्छन-‘डु अर डाइ’को अवस्थामा राम्रो खेल्न सक्ने क्षमता मन पर्छ ।’

पोखराको घरमा एक्लै बस्नुपर्दा उनलाई बुबाआमाको यादले सताउने गरेको छ ।

भारतमा गएर फेरि क्रिकेटमा ट्राइ गरौं जस्तो लाग्छ ? उनको जवाफ छ -‘लाग्दैन । अब जे गर्ने हो, नेपालमै गर्ने हो । अब त नेपाल टीमको सदस्य बनिसकेँ । देशका लागि सर्पोट गर्ने हो ।’

र, चेल्सीको ज्याकेट …

कुराकानीका क्रममा उनको ज्याकेटमा आँखा पर्‍यो । उनले चेल्सीको ज्याकेट लगाएका थिए । कुराकानीको अन्तिमतिर ज्याकेट त चेल्सीको रहेछ नि भनेर प्रश्न गर्दा करणले हाँस्दै भने- ‘जाडो नहोस् भनेर ।’

Monday, November 3, 2014

एकै दिनमा ६ सय २० जनासंग सेक्स


सेक्स भन्ने कुरा पनि कस्तो कस्तो ! वास्तबमा सेक्सको विषयमा धरैको चासो हुने भएर होला यसमा एक पुरुषसँग सेक्स गरेको ३० देखि ६० सेकेन्डभित्रमा अर्को पुरुषसँग सेक्स गरिहाल्नुपर्थ्यो ।

 लाडिया फिगुरा– पोल्यान्डकी फिगुराले सन् २००२ को फेब्रुअरी १० मा वार्सामा भएको विश्व सेक्स च्याम्पियनसिपमा एकैदिन ६४६ जना पुरुषसँग यौनसम्पर्क गरेकी थिइन्। यो प्रतियोगितालाई एक टेलिभिजनले प्रत्यक्ष प्रशारण पनि गरेको थियो ।
हस्टन– सन् १९९९ मा भएको प्रतियोगितामा यी महिलाले एकै दिन ६२० जना पुरुषसँग सेक्स गरेकी थिइन् । उनको यौनक्रिडालाई भिडियोमा समेत सुरक्षित गरिएको थियो

यौन इच्छा जागे महिलाले यस्ताे ब्यवहार देखाउँछन्


एजेन्सी – संसारभरी नै एउटा मान्यता छ महिलालाई बुझ्न कठिन हुन्छ । केटीहरु कम बोलेर धेरै कुरा भन्छन् । पुरुषले महिलाका कुरा केवल बोलीबाट मात्र बुझ्न सक्दैनन् । उनीहरुको ब्यवहार पनि बुझ्नु महत्वपूर्ण हुन्छन् । महिलाले यौनिक चाहना पनि शब्दमै ब्यक्त नगर्ने एक अध्यनले देखाएको छ । यहाँ महिलाले यौन सम्बन्ध राख्न चाहेको समयमा देखाउने ५ ब्यवहारको चर्चा गरिएको छ ।


महिला अनपेक्षितरुपमा तपाइँको शरीरको सामिप्यतामा आउन खोजिन् वा तपाइँलाई छुने बहाना खोजिन् भने बुझ्नुस् उनलाई यौन चाहाना जागेको छ । महिलाहरु खुट्टाको बुढी औंलाले भूइँमा कोतर्न थाले भने पनि उनीहरुको चाहाना बुझ्नु पर्छ । कतिपय स्त्रीहरु च्याटमा त्यस्तै खालका साइन पठाउने वा फोहोर कुरा गर्ने गर्छन् ।
२ यदि स्त्रीले तपाइँको नजिक भएर लामो लामो लामो र गहिरो स्वास लिइरहेको अनुभव गर्नु भो भने उनलाई उत्तेजना भैरहेको छ भन्ने बुझ्नुस् । महिलाहरु उत्तेजित भएपछि गहिरो र लामो श्वास फेर्छन् । महिलाहरु उत्तेजित भएपछि उनीहरुको मुटुको ढुकढुकी पनि बढ्छ । कतिपय महिलाले नजानिदोगरी पुरुषको संवेदनशील भागहरुमा छुने समेत गर्छन् । ३ यदि कुनै पनि स्त्रीले तपाइँसँग एकान्त होस् भन्ने चाहेको अनुभव गर्नु भो वा धेरै समय तपाइँसँग विताउन चाहेको बुझ्नु भो भने उनी के चाहन्छिन् भन्ने बुझ्न कठिन छैन ।
४ स्त्रीले शारीरिक सम्बन्ध राख्न चाहेमा उनीहरुको शरीरमा पनि परिवर्तन देखिन्छन् । अधिकाँश महिलाको अनुहारमा पनि यो चाहाना भएको कुरा रंगको परिवर्तनले झल्किन्छ । अनुहार रातो हुने वा तापक्रम बढ्ने यस्ता समान्य लक्षण हुन् ।
५ यदि तपाइँसँग रहेकी स्त्रीले तपाइँलाई अंगाली रहेको समयमा आफ्नै शरीर गह्रौं भएको जस्तो गरी कम्मर वा अन्यत्र हात राख्छिन् भने बुझ्नुस् उनलाई तपाइँसँग संसर्ग गर्न मन छ । अझ स्त्रीले तपाइँको ओच्छ्यानमा बसेर ‘कस्तो नरम ओच्छ्यान’ वा त्यसमा पल्टिने जस्ता ब्यवहार गर्न थालिन् भने कुरा बुझ्नुस् उनी के चाहन्छिन् ।

पेट्रोलियम पदार्थको मूल्य फेरि घट्यो

स्वचालित मूल्य प्रणाली अनुसार पेट्रोलियम पदार्थको मूल्य घटेको छ । नेपाल आयल निगमले डिजेल, पेट्रोल र मटि्टतेलको मूल्य घटाएको हो ।

पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ ४७ पैसा घटेकाे छ । डिजेल र मटि्टतेलमा प्रतिलिटर समान १ रुपैयाँ ६७ पैसा मूल्य घटाइएको छ ।

राजधानीमा पेट्रोलको नयाँ मूल्य एकसय २८ रुपैयाँ हुनेछ । डिजेल र मटि्टतेलको मूल्य एकसय १ रुपैयाँ ९६ पैसा हुनेछ ।

अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य घटेकाले स्वचालिन प्रणाली अनुसार नेपालमा पनि घटाइएको हो । हरेक १५ दिनमा पेट्रोलियम पदार्थको मूल्य हेरफेर हुन्छ ।





प्रेमले पागल बनाएपछि, बन्द कोठामा २ बर्षदेखि नग्न अवस्थामा





असोज, गोरखा ।

बन्द र अँध्यारो कोठाभित्र निर्वस्त्र शरीर पल्टिरहेको छ । कोठाको एउटा छेऊमा सिरक र डस्ना बिनाको खाट छ । त्यही खाटमा च्यातिएको गुन्द्रीले नग्न शरीरको आधाआधी भाग छोपिएको छ ।

झ्यालको रेलिङबाट बिहान बेलुका खाना र पानी कोठाभित्र छिराईदिन्छन् । कहिले थालसमेत चाटचुट पारेर खाएको हुन्छ त कहिले दिनभर थालको भात थालमै हुन्छ । पानी कोठाको यत्रतत्र पोखिएको हुन्छ । दिसा पिसाब कोठाभित्रै । कोठाभित्रको दिसा पिसाबको दुर्गन्ध बाहिरसम्मै आउँछ ।

गोरखा बुंकोट १ सुसारे गाउँको एउटा झुप्रोमा २४ वर्षकी अम्बिका थापामगर २ वर्षयता यसैगरी बसिरहनु भएको छ । उहाँले यो बिचमा घाम देख्न पाउनु भएको छैन । दुई वर्षमा गाउँमा र उहाँकै परिवारमा सुखदुखका थुप्रै घटनाहरु भए तर अहँ उहाँलाई ती कुनैको वास्ता छैन ।

परिवारका सदस्यले कोठाभित्र पसेर लुगा लगाईदिन्छन् । तर मिनेटभरमै नयाँ लुगा च्यातचुत पारेर फालिदिएपछि उहाँको शरीरमा लुगा पर्न छाडेको छ । एउटा थोत्रो गुन्द्रीले उहाँको लाज ढाकिरहेको छ ।

कारण मन परेको केटासँग बिबाह गर्न नपाउनु

आफूले चाहेको केटासँग बिहे हुन नसकेपछि अम्बिकाको व्यवहारमा असामान्य परिवर्तन आयो । २०६५ सालतिरको कुरा हो । त्यतिबेला उहाँ सदरमुकामको द्रब्य शाह क्याम्पसमा १२ कक्षामा पढ्नुहुन्थ्यो । प्रथम श्रेणीमा एसएलसी पास गरेकी अम्बिकाले ११ कक्षा पनि दोस्रो श्रेणीमा पास गर्नुभयो ।

तर १२ को पढाई भने बिग्रियो, पढाईमात्रै होइन, उहाँको बानी व्यवहारमा पनि परिवर्तन देखा पर्न थाल्यो । ‘पहिले जे कुरा पनि हाँसेर गर्थी, पछि पछि त जे कुरामा पनि झर्कोफर्को गर्ने, अह्राएको काम पनि नगर्ने पो भै’ ६ वर्ष अघिका दिनको सम्झिँदै उहाँका ५४ वर्षे बुबा दिलबहादुरले भन्नुभयो ‘कहिल्यै हाँसेको हाँस्यै त कहिल्यै रोएको रोएै गर्न थाली ।’ जतिबेला अम्बिकाको व्यवहार बदलियो त्यही बेलातिर उहाँको बिहेको कुरा पनि चलिरहेको थियो । ‘क्याम्पसमा सँगै पढ्ने एउटा केटाले मसँग बिहे नगरे गोली हानेर मार्दिन्छु भनेको रहेछ’ दिलबहादुर भन्नुहुन्छ ‘हामीले कुरा चलाएको कुनै केटोसँग पनि बिहे गर्न मानिनँ ।’

अम्बिकाको क्याम्पसमा सँगै पढ्ने केटासँग प्रेम सम्बन्ध थियो । त्यै कारणले अरुसँग बिबाह गर्न नमानेको गाउँलेको बुझाई छ । घरका मान्छेले खोजेको केटासँग बिबाह गर्न अम्बिकाले चाहनु भएन । अम्बिकाले चाहेको केटासँग बिबाह गरिदिन परिवारले चाहेन । दुवै आफ्नै अडानमा रहेपछि बिहेको कुरा टर्‍यो ।

त्यसपछि अम्बिकाले एउटा बोर्डिङ स्कुलमा पढाउन थाल्नुभयो । २ महिनापछि बोर्डिङका प्रिन्सिपलले दिलबहादुरलाई बोलाएर अम्बिकाको मानसिक अवस्था ठीक नभएको कुरा सुनाएपछि उहाँले त्यसलाई पत्याउनै सक्नु भएन । आफ्नी छोरीलाई पागल भन्ने बोर्डिङमा काम गर्न दिने कुरै भएन । त्यही भएर उहाँले छोरीलाई पढाउने कामबाट छुटाएर घरमै फर्काउनुभयो ।

एकदिन अम्बिका घरबाट हराउनुभयो । खोज्दै जाँदा १६ दिनपछि धादिङको रातमाटे भन्ने ठाउँमा अर्धनग्न अवस्थामा फेला पारेपछि दिलबहादुरलाई छोरीको मानसिक अवस्था खराब भैसकेको रहेछ भन्ने विश्वास भयो । बीचमा एक पटक ललितपुरको लगनखेलको मानसिक अस्पताल र अर्को पटक भरतपुर अस्पतालमा जँचाउन जाँदाको बाहेक २ वर्षका बाँकी दिन अम्बिकाले त्यही बन्द कोठाभित्र बताउँदै आउनु भएको छ ।

साउनमा आमा बितेको समेत पत्तो छैन

‘उपचार गराउन लगेपनि १०,१२ दिनभन्दा धेरै राख्न सकिँन’ दिलबहादुरले आँसु खसाल्दै भन्नुभयो ‘यता घरमा उसको आमा बिरामी परि, छोरीलाई घर फर्काएर आमाको उपचारमा लागें ।’ अम्बिकाको आमालाई पाठेघरको क्यान्सर भएको रहेछ, पछि त्यो फैलँदै जाँदा संक्रमण घाँटीसम्म पुगेछ । गएको साउनमा उहाँको पनि निधन भएपछि दिलबहादुरको परिवार विक्षिप्त छ । दुख सुनाउँदा भक्कानो छाडेर रोएका दिलबहादुरले सम्हालिन खोज्दै भन्नुभयो ‘उसको आमाको उपचारमा भए भरको जायजेथा सकें, उसलाई बचाउँन सकिँन, अब यसको उपचार कसरी गरुँ ?’


त्यो भन्दा पनि बढी पीडा त उहाँलाई अम्बिकाको हेरविचार गर्ने मान्छे नहोला भन्ने परेको छ । आमा छउञ्जेल धेरथोर कुरा गर्ने अम्बिकाले परिवारका अरु सदस्यसँग दोहोरो कुरा नगरेको त ४ वर्षजति नै भैसकेको रहेछ । दिलबहादुर भन्नुहुन्छ ‘म पनि मरेपछि अब यसको हेरविचार कसले गर्देला रु’ दिलबहादुरका छोरा छैनन्, ५ छोरीमध्ये अम्बिका माइली, जेठी र साइँलीको बिहे भैसक्यो । अरु २ छोरी क्याम्पस पढ्दैछन् । ‘आमाको उपचारमा ७ लाख रुपैयाँ जति खर्च भयो, एउटा खेत बेचेर उपचार गर्दा पनि अझै ३ लाख रुपैयाँ ऋण छ’ उहाँले भन्नुभयो ‘दुई छोरीको पढाई, माइलीको उपचार, ऋण सप्पै सम्झ्यो भने म पनि बहुलाउँछु कि जस्तो हुन्छ ।’

दिलबहादुरका ८१ वर्षे बुवा पनि नातिनीको यो अवस्था देखेर चिन्तित हुनुहुन्छ । उज्यालो अनलाइनका किरण लोहनीले गर्नुभएको २ घण्टाको कुराकानीमा रोएरै आफ्नो ब्यथा सुनाएका दिलबहादुरले भन्नुभयो ‘मलाई यो छोरी यत्तिकै मरोस् भन्ने लागेको छैन, उपचार हुने ठाऊँ र खर्चको जोहो गर्न सके उसको आमाको आत्मालाई पनि शान्ति मिल्थ्यो हजूर ।’ साउनमा आमा बितेको पनि अम्बिकालाई थाहै छैन भन्नुहुन्छ उहाँ । अम्बिकाले बेला बेला बेहोशीमै उहाँ मम्मी मम्मी भनेर बर्बराउने गरेको दिलबहादुरले जानकारी दिनुभयो । (उज्यालो अनलाईन बाट)

चितवनको माडीमा घटेको यर्थाथ घटनामा आधारित 'रक्तभोग' फिल्म फ्लोरमा


असोज , काठमाडौं ।
चितवनको माडीमा बोक्सीको आरोप लगाउदैं दुई बर्ष अगाडी ज्युदैं जलाइएकी महिला ठेकनीदेवीको जीवनमा आधारित भएर चलचित्र रक्तभोग निर्माण हुने भएको छ । चितवनको माडीमा घटेको यर्थाथ घटनामा आधारित भएर निर्माण हुन लागेको चलचित्र रक्तभोग आजबाट फ्लोरमा गएको छ । आज काठमाडौंको भद्रकालीमा चलचित्र रक्तभोगको शुभमुहुर्त गरि चलचित्र आजबाट फ्लोरमा जाने बताइएको छ । चलचित्र पत्रकार संघका अध्यक्ष शान्ति प्रियले चलचित्रको क्लाप बोर्ड ठोकी चलचित्रको शुभारम्भ गरेका थिए भने चलचित्रका कार्यकारी निर्माता कृष्णराज तिवारीले नरिवल फुटाई चलचित्रको शुभमुहुर्त गरेका थिए । समाजमा बढ््दो विद्यमान घटनाहरु मध्ये जल्दोबल्दो हिंसाको रुपमा रहेको बोक्सी प्रथालाई चिरफार गरी समाजमा सकारात्मक सन्देश प्रभाब गर्ने हेतुले चलचित्र निर्माण हुन लागेको चलचित्रका निर्देशक वि.वि फुयालले बताए ।


चलचित्रले समाजमा राम्रो सन्देश दिने बताउदै फुयालले चितवनको माडीमा घटेको घटनालाई चलचित्र रक्तभोगले उठाउन खोजेको बताए । त्यसै शुभमुहुर्त कार्यक्रमका प्रमुख अतिथी चलचित्र पत्रकार संघका अध्यक्ष शान्ति प्रियले वि.वि फुयालले निर्देशन गर्न लागेको चलचित्र रक्तभोग राम्रो बन्ने विस्वास व्यक्त गर्दै चलचित्रको निर्माण पक्षलाई चलचित्र निर्माणको शुभकामना पनि दिए । सोहि कार्यक्रममा बोल्दै चलचित्रका कार्यकारी निर्माता कृष्णराज तिवारीले चलचित्रलाई आफुहरुले समाजमा केहि परिवर्तन ल्याउन प्रयास स्वरुप चलचित्र निर्माणको थालनी गरेको बताए । माडीमा घटेको यर्थाथ घट्नालाई चलचित्रले देखाउन खोज्ने बताउदै तिवारीले आजबाट नै चलचित्र रक्तभोगको छायंकन चितवनको माडीबाट सुरु हुने बताए । चलचित्रलाई पवन गौतमले खिच्ने छन् । चलचित्रमा सारिका घिमिरे,शैलेश पौडेल,ज्योति सापकोटा,रचना पौडेल,रामचन्दै लम्साल,कृष्णराज तिवारी आदी कलाकारहरुको अभिनय रहने छ । चलचित्रको निर्माता तथा कथा रामचन्द्र लम्सालको रहेको छ ।

शाहरुख खानमाथि 'ह्याप्पी न्यु इयर'को गित चोरीको आरोप


कार्तिक-१२, मुम्बइ ।
यतिबेला प्रदर्शन भइरहेको हिन्दी फिल्म ह्याप्पी न्यु इयरको एउटा गितलाई लिएर बलिउड अभिनेता शाहरुख खान बिवादमा परेका छन् ।
शाहरुखलाई बिना अनुमति फिल्ममा गीतको प्रयोग गरेको अभियोग लागेको छ । अहिले निकै राम्रो कमाई गरिरहेको यस फिल्ममा राखिएको ‘शराबी’ बोलको गीत विना अनुमति राखेको भन्दै गायक सुरजले शाहरुखको प्रोडक्सन हाउस रेड चिल्लीजलाई पत्र लेखेका छन् ।

विना अनुमति शाहरुखले गीत प्रयोग गरेको आरोप लगाउने सुरजले यही गीत सन् २०१२ मा आरडीबी ग्रुपले रिलिज गरेको बताउँदै सोही समुहसँग गीतको कपीराइट भएको दाबी गर्दै आएका छन् ।

अर्थमन्त्रीले पनि गरे फजुल खर्चको शुरुवात



कार्तिक-१८, काठमाडौं । 
अर्थमन्त्री रामशरण महतले नै फजुल खर्चको सुरुआत गरेका हुन् । उच्च सरकारी अधिकारीका अनुसार उनले हालै महँगो र विलासी टोयोडा प्राडो जिप किनेका छन् ।

यस अघि पनि मन्त्री महतले बिलाशीका निकै महंगो टोयोटा प्राडो जिप चढ्दै आएका थिए । महतले दुवै विलाशी गाडी आफैंले चढ्न थालेको अर्थमन्त्रालय स्रोतले उल्लेख गरेको छ । मन्त्रीलाई दिइने अर्को कालो कारसमेत महतले प्रयोग गर्दै आएका छन् ।

सार्वजनिक पदाधिकारीको सुविधासम्बन्धी कानुनमा मन्त्रीलाई दुइटामात्र गाडी दिने व्यवस्था भए पनि महतले तीनवटा, त्यसमा पनि विलाशी गाडी लिएका हुन् ।
-कान्तिपुर दैनिक

मकवानपुरमा ट्रक दुर्घटना , ७ जनाको मृत्यु

कार्तिक-१८, मकवानपुर ।
सर्लाहीबाट चितवन आउदै गरेको ना ४ ख १२५२ नम्बरको ट्रक मकवानपुरको चुरेमा दुर्घटनाग्रस्त हुँदा ७ जनाको मृत्‍यु भएको छ।
इट्टा बोकेको उक्त ट्रकमा धान काट्ने मजदुरहरु चढेका थिए। उनीहरुको शव इटाले पुरिएको अवस्थामा रहेको प्रहरीले जनाएको छ । शव निकाल्ने काम भइरहेको छ ।

उनीहरुको पुरिएको शव निकाल्‍ने काम भइरहेको छ। विस्तृत विवरण आउन बाँकी छ।

मन्त्रीको खाजाको बिल दुईमहिनामा २ लाख मात्रै

कार्तिक-१८, काठमाडौं ।
      मन्त्रिपरिषद् बैठक र बालुवाटारमा हुने विभिन्न बैठकमा प्रधानमन्त्री तथा मन्त्रीका लागि अर्डरबमोजिम खाजा उपलब्ध हुने गरेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार दुई महिनायता खाजाको मात्रै दुई लाख १३ हजार २० हजार रुपैयाँ बिल उठेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतका अनुसार खाजामा भएको खर्चमध्ये ७० प्रतिशत भन्दा बढी खर्च बालुवाटारमा भएका विभिन्न बैठकको हो । सिंहदरबारमा भएका मन्त्रिपरिषद् बैठकमा भने कम खर्च हुने गरेको स्रोतले जानकारी दिएको छ ।

मन्त्रिपरिषद् तथा प्रधानमन्त्रीले गर्ने अन्य बैठकका लागि आवश्यक पर्ने खाजा गौतम खाद्य सप्लायर्सले उपलब्ध गराउँदै आएको खबर आजको नयाँ पत्रिका दैनिकले लेखेको छ । मन्त्रिपरिषद् कार्यालय लेखा शाखा स्रोतका अनुसार खाजाको प्रतिप्याकेट चार सय ५० रुपैयाँ सम्म खर्च हुने गरेको छ । लञ्चमा भने प्रतिप्याकेट ६ सय लाग्ने गरेको छ ।

स्रोतका अनुसार मन्त्रिपरिषद्मा मन्त्रीहरुले आफ्नो रुचीअनुसार खाजा खाने गरेका छन् । रुचीअनुसार मांसाहारी,साकाहारी तथा फलफुल व्यवस्था गर्ने गरिएको छ ।

Sunday, November 2, 2014

भैरब र हवल्दार सुन्तली भिड्ने


बिभिन्न चलचित्रहरुले ६ महिना पछि कै भए पनि रिलिज डेट निर्धारण गर्न थालेका छन् । यस्तै छायांकन भइ रहेको चलचित्र भैरव ले नया बर्षको अवसर पारेर चैत्र २७ गते लाइ आफ्नो रिलिज डेट सार्वजनिक गरेको छ । निखिल उप्रेतिको निर्देशन सहितको कमव्याक चलचित्र भैरव ले छबिराज प्रोडक्सनको चलचित्र हवल्दार सुन्तली संग प्रतिस्पर्धा गर्नु पर्ने छ ।
हाल पोष्ट प्रोडक्सनमा रहेको चलचित्र हवल्दार सुन्तलीलाइ ऋषि लामिछानेले निर्देशन गरेका छन् । चलचित्रमा शिल्पा पोखरेल मुख्य भूमिका देखा परेकि छिन् ।

* बोल्ड नायकका रुपमा आउदैँ दीपेश ।।


नेपाली मनोरञ्जन क्षेत्रमा क्रियाशिल मोडेल तथा नायक दीपेश कार्की पछिल्लो समय बोल्ड नायकमा रुपमा आउदै हुनुहुन्छ । कार्कीको हालै मात्र प्रदर्शनमा आउन लागेको चलचित्र पूलिस अफिसरबाट बोल्ड नायकका रुपमा देखिन लाग्नु भएको हो ।


दुई दर्जन बढी म्युजिक भिडियोमा अभिनय गरिसक्नु भएका कार्की आफै पनि हट रुपमा देखिने चाहा भएको बताउनुहुन्छ । ‘ म बलिउडको सलमान खान होइन इमरान हास्मी बन्न चाहन्छु’ उहाँ अगाडी थप्नुहुन्छ ‘अहिलेको समय ग्ल्यामरको हो, परम्पराको निरन्तरता होइन’ ।

नायिका पूजना प्रधानको अपोजिटमा रहेर मनको राजा गीतमा लिड रोल दिएर रंगक्षेत्रमा उदाएका मोडेल तथा नायक कार्कीले आजसम्म तिमीबाट टाढा हुदा, हाम्रो माया, पीरतीमा भूल्दा, तिम्रै मान्छे बन्न चाहन्छु, मैले नि छोरो पाएँ लगायतका विभिन्न दर्जनौ लोक तथा आधुनिक गीतमा दर्शकबाट रुचाइएका मोडेल हुन्् ।

नेपाली समाजमा विद्यमान विभिन्न सामाजिक विकृतिलाई निमिट्यान्न पार्न एकजना राष्ट्रसेवक पूलिसको भूमिकाको महत्वका बारेमा सशक्त रुपमा प्रस्तुत हुन लाग्नु भएका नायक कार्की अधिकांश हट दृश्य दिएर बोल्ड नायकको छवि बनाउने सुरमा रहेका चलचित्र पूलिस अफिसरका निर्देशक विशाल विष्टले पनि दावी गर्नु भएको छ ।

सञ्चारकर्मी समेत रहेका नायक कार्की अबको नेपाली चलचित्रको पद्धति नै फेर्न चाहेको दावी गर्नुहुन्छ । युवा मनको ढुकढुकी बनेका नायक कार्की पछिल्लो समय दर्शकबाट रुचाइएपछि महँगा हुदै गएका पनि चलचित्र निर्देशकहरुको दावी छ ।


हाल डेन्जर व्वायको छायांकन सकेर चलचित्र कस्तो माया को छायांकनमा व्यस्त नायक कार्की भर्खरै बसन्त थापाको एक गीतको सुटिङका क्रममा हट सिन दिदा अचानक चर्चामा पूग्नु भएको थियो । सोही चर्चाले पनि कार्कीको माग बढेको चलचित्रकर्मीहरु बताउछन् ।

यद्यपी, उनको यो महँगाई टिकीरहने हो या सस्तिने हो त्यो भने चलचित्र पूलिस अफिसर तपाई हामीले नहेरेसम्म यसै भन्न सकिन्न ।



‘होस्टेल रिटन्र्स’को प्रदर्शन मिति सार्वजनिक

चलचित्र ‘होस्टेल’ बनाएर चर्चा कमाएका निर्माता सुनिल रावलले यसको दोश्रो भाग पनि बनाएका छन् । ‘होस्टेल रिटन्र्स’ नाम दिइएको यो चलचित्रको प्रदर्शन मिति तय गरिएको छ । चलचित्र आउँदो बर्षको वैशाख २५ गते प्रदर्शन हुने निर्माण कम्पनीले जनाएको छ । बुटवलमा छायांकन गरिएको चलचित्रको हाल सम्पादन भैरहेको छ ।

चलचित्रलाई नयाँ योजनाका साथ दर्शकमाँझ लैजाने तयारी दुर्गिस फिल्मस्ले गरेको छ । छात्रावासमा बस्ने पात्रहरुको जीवनशैली, प्र्रेम, आकर्षणलाई प्रस्तुत गरेको चलचित्रलाई सुरज भुषालले निर्देशन गरेका हुन् । चलचित्रमा सुशिल श्रेष्ठ, नजिर हुसेन, सुशिल सिटौला, अभय बराल, शशी श्रेष्ठ, स्वस्तिमा खड्का, दीया मास्के लगायतका कलाकारले अभिनय गरेका छन् ।

चलचित्रमा स्वप्निल आचार्यको संगीत, हरि हुमागाइको छायांकन, अष्ट महर्जनको एक्सन, गोविन्द राइको नृत्य, सुरज भुषाल र सन्तोष लम्सालको पटकथा समावेश छ ।

‘होस्टेल रिटर्न्स’ बैशाख २५ गते दर्शकमाझ आउने


पोस्टको काम सुरु भएसँगै सफल सिनेमा ‘होस्टेल’ को सिक्वेल ‘होस्टेल रिटर्न्स’को रिलिज मिति घोषणा गारिएको छ । निर्माण कम्पनि ‘दुर्गिस फिल्मस् ले सिनेमालाई २०७२ सालको बैशाख २५ गते (मे ८ तारिख)का दिन देशब्यापी प्रदर्शनमा ल्याउने घोषणा गरेको हो ।

अहिले सुटिङ सकिएसँगै पोष्ट प्रोडक्सनमा रहेको यो सिनेमाले प्रचारको कार्यक्रमलाई भने अहिलेदेखी नै सुरु गर्ने बताएको छ । निर्माता सुनिल रावलले सिनेमालाई नयाँ प्रचार रणनीतिअनुसार दर्शकमाझ लैजाने तयारी भैरहेको बताए । सुरज भुषाल निर्देशित सिनेमाले छात्रावासको जीवनशैली, बसोबास गर्ने विद्यार्थीबीचको मतमतान्तरको कथा पेश गर्छ । ‘हामी प्लस टु परिक्षा सकिएको सातापछि फिल्मलाई हलमा लैजाने पूर्ण तयारीमा छौं’ मिति घोषणाबारे निर्माता रावलले भनेका छन् ।

सिनेमामा सुशिल श्रेष्ठ, नजिर हुसेन, सुशिल सिटौला, अभय बराल, शशी श्रेष्ठ, स्वस्तीमा खड्का, सुदाम सिके, प्रदीप चौधरी, रोयदीप श्रेष्ठ, इभम जोशी, निर्मल शर्मा, दीया मास्के र निर्माता रावलको अभिनय रहेको छ । ‘होस्टेल रिटर्न्स’लाई हरि हुमागाइँले खिचेका हुन् भने संगीत स्वप्नील आचार्यको छ ।

यसअघि सायद र होस्टेल निर्माण गरेको दुर्गिश फिल्मसको यो तेस्रो प्रोजेक्ट हो । ‘सबै कलाकारले एकदमै महत्वपूर्ण र आकर्षक अभिनय गरेका छन्’ रावलले भने, ‘पब्लिसिटी र उत्कृष्ट फिल्म बनाउनका लागि हामीले कुनै कसर बाँकी राखेका छैनौं ।’ यो सिनेमामा अष्ट महर्जनको द्वन्द्व समावेश भने नृत्य निर्देशन गोविन्द राईले गरेका छन् ।



Saturday, November 1, 2014

मोडल केली ब्रुकले विवाह गर्दै


– एजेन्सी

लन्डन । हलिउड मोडल केली ब्रुक वैवाहिक बन्धन बाधिने भएकी छन् । अभिनेता डेविस म्याक्इन्टोशकासाथ उनले वैवाहिक सम्बन्ध गास्न लागेकी हुन् ।

ब्रुकको डेविडसँग केही समय अगाडिदेखि मायाप्रेम रहँदै आएको छ । वैवाहिक सम्बन्धका विषयमा यी दुबैले हालै निर्णय गरेका हुन् ।

‘म प्रेमीका केलीसँग विवाह गर्न चाहन्छु,’ डेविडले भने, ‘हामी दुबैले ग्रिसको मिकोनोसमा विवाह गर्ने निर्णय गरेका छौँ ।’

उनले विवाह सामान्य तवरले सम्पन्न हुने बताए । भने ‘केलीसँग मेरो इन्गेज्जमेन्ट केही महिना पहिलेनै भएको हो ।’

केली र डेविडको पहिलो भेट गत फ्रेब्रुरीमा भएको थियो । पहिलो भेटमै एक अर्कासँग नजिकिएका दुबैले एक अर्काेका साथमा कयौँ डेटिङ गरिसकेका छन् ।

लेखक–साहित्यकारलाई परिचयपत्र दिइने




काठमाडौं, १५ कात्तिक ।
 नेपाल प्रज्ञा प्रतिष्ठानले लेखक–साहित्यकारलाई परिचयपत्र प्रदान गर्ने तयारी गरेको छ ।

मुलुकमा राष्ट्रिय परिचयपत्र निर्माणको तयारी भइरहेका बेला प्राज्ञिक क्षेत्रका निकायले साहित्यकारहरूलाई सम्मान र राहत महसुस गराउन यस्तो निर्णय गरेको हो । प्रतिष्ठानको यही कात्तिक १३ गतेको परिषद् बैठकले परिचयपत्रको कार्यविधि तय गर्न प्राज्ञ सदस्य मातृका पोखरेलको संयोजकत्वमा सदस्यद्वय नर्मदेश्वरी सत्याल र श्रवण मुकारुङ रहेको समितिलाई जिम्मा दिएको छ ।

छिमेकी भारत र चीनमा पनि दीर्घ साधनारत लेखक साहित्यकारलाई सम्मान र सुविधाका लागि परिचयपत्र प्रदानको व्यवस्था रहेकाले नेपालमा पनि त्यस्तो व्यवस्था गर्न लागिएको हो । समितिका संयोजक पोखरेलले सरोकारवाला संस्था र व्यक्तिसँग छलफल गरेर कार्यविधि बनाउने र परिचयपत्र वितरणपछि सम्बन्धित स्रष्टालाई दिन सकिने सुविधाका बारेमा सरकारलाई सिफारिस गर्ने बताए ।

राज्यले साहित्यकारलाई परिचयपत्रका आधारमा यातायात, स्वास्थ्य, घरजग्गा करजस्ता विषयमा छुट दिन सक्नेछ । कतिपय मुलुकको यस्तो व्यवस्था रहेको पाइन्छ ।

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज नेपाल शाखाका अध्यक्ष राधेश्याम लेकालीले प्रतिष्ठानको सो निर्णय स्वागतयोग्य भएको भन्दै यस कार्यले लेखकहरू प्रज्ञा प्रतिष्ठानप्रति उदासिन रहेको अवस्थामा यसले सकारात्मक परिवर्तन ल्याउने बताए ।

समालोचक तथा अनुवादक युयुत्सु आरडी शर्माले भने प्रतिष्ठानको सो निर्णयलाई अर्थहीन कार्यको संज्ञा दिँदै यसले साहित्यलाई पञ्जीकरण र कारिन्दागिरीमा लाने तर्क राखे । अन्तर्राष्ट्रिय नेपाली गजल मञ्चका महासचिव घनेन्द्र ओझाका विचारमा स्रष्टालाई परिचयपत्र दिनु नराम्रो होइन तर त्यसको प्रयोजन स्पष्ट हुनुपर्छ ।

प्राज्ञ पोखरेलले भने स्रष्टाहरूले त्यस्तो व्यवस्था गर्नुपर्दैन भन्ने सुझावमा आफूहरु सोहीअनुसार अघि बढ्ने बताउँदै भने, ‘तर केही व्यक्ति विशेषको पूर्वाग्रह वा आग्रहका आधारमा हामीले निर्णय गर्ने होइन ।’ उनले विस्तृत छलफल र अध्ययनपछि मात्रै यसलाई कार्यान्वयनमा ल्याइने जानकारी दिए ।

यसैबीच, प्रतिष्ठानको नवगठित नेतृत्वले भोलि आइतबार २९औँ प्राज्ञसभा बैठक गरी कार्ययोजना प्रस्तुत गर्दै छ । सभाको उद्घाटन प्रधानमन्त्री सुशील कोइरालाले गर्ने कार्यक्रम छ । रासस

ग्यास्ट्रिकले कार्यक्रम रद्द गर्न लोहना बाध्य



लन्डन । चर्चामा रहने हलिउड अभिनेत्री लिड्से लोहान बिमारी परेकी छन् ।

केही दिनदेखि स्वाथ्य समस्या झैल्दै आएकी लोहानले हालै ‘स्पीड द् प्लो’ कार्यक्रममा आफ्नो प्रस्तुति समेत दिन सकिनन् ।

२८ वर्षीया अभिनेत्रीलाई डाक्टरले केही समय आराम गर्ने सल्लाह दिएका छन् । डाक्टरको सल्लाहअनुसार आराममा रहेकी उनले पूर्व निर्धारित केही कार्यक्रम रद्द गर्नु परेको छ । 

‘स्पीड द् प्लो’का प्रवक्तले पनि लोहान केही समयदेखि समस्यामा रहेको बताए । उनले भने, ‘वायरल ग्यास्ट्रिकका कारणले पेट दु:खेको छ ।’

लामो समयदेखि यो समस्य झेल्दै आएकी लोहान छिट्टै काममा फर्कने उनले विश्वास व्यक्त गरे । 

‘मेरा सबै प्रशंसक तथा मित्रहरुमा म माफी चाहन्छु,’ लोहानले आफ्नो ट्वीटरमा ट्वीट गरेकी छन् । ‘बिमारीका कारण मैले तपाइको आकांक्षा पुरा गर्न सकिन ।’

पेट ठीक भएपछि छिट्टैनै काममा फर्कने लोहानले खुलाएकी छन् । 

लोहानको कार्यक्रम ‘स्पीड द् प्लो’ दर्शकमाझ लोकप्रिय कार्यक्रम हो । यो कार्यक्रममा लागि उनका प्रशंसकले आफ्ना महत्वपूर्ण काम पनि छोड्ने गरेका छन् । – एजेन्सी 

‘मिस नर्स’का लागि उमेरहद २६ वर्ष


काठमाडौं, १६ कात्तिक । नर्सिङ पेशालाई जिम्मेवार, समाजप्रति उत्तरदायी र उत्प्रेरित बनाउने उदेश्यले गत वर्षबाट आयोजना थालिएको सौन्दर्य प्रतियोगिता ‘मिस नर्स नेपाल २०७१’ आगामी पुषमा आयोजना हुने भएको छ ।

नेक्स्ट मोडल्स नेपालले स्वास्थ्य खबरपत्रिकाको सहकार्यमा आयोजना गर्न लागेको यो दोस्रो श्रृङ्खला हो ।

देशभरिका ८० भन्दा बढी नर्सिङ कलेजका विद्यार्थी तथा १ सय बढी अस्पतालमा कार्यरत नर्सको सहभागिता रहने प्रतियोगिताको प्रमुख शहरमा अडिसन गरिने छ ।

अडिसनबाट उत्कृष्ट ४५ नर्स छनौट गरी अन्तिम स्पर्धा गराइने स्वास्थ्य खबर पत्रिकाका प्रधान सम्पादक अनिल न्यौपानेले जानकारी दिए ।

शीर्षसहित १२ विभिन्न विधामा पुरस्कृत गरिने प्रतियोगिताका अन्तिम स्पर्धाका प्रतियोगीलाई व्यक्तित्व विकास, शैक्षिक भ्रमण, स्वास्थ्य शिविर, फोटो सेशन, महिला सशक्तीकरण, सञ्चारकला विकासलगायतमा तलिम समेत दिइने गरिएको छ ।

केहीदिन पहिले आवेदन खुल्ला गरिएको प्रतियोगितामा सहभागिताका लागि नर्सिङ कलेजमा कम्तिमा एक वर्षदेखि अध्ययनरत २६ वर्ष ननाघेका हुनु पर्ने छ ।

प्रतियोगितामा सहभागी हुने नर्सको कम्तिमा ५ फिट उचाइ हुनुपर्ने आयोजकको सीमा निर्धारण छ ।

नायिकालाई डेँगु रोगको समस्या


नयाँ दिल्ली, १६ कात्तिक । अभिनेत्री एवम् मोडल लीसा हेडन डेँगु बिमारीको चपेटामा परेकी छन् । बिमारीका कारण उनी शुक्रबार नयाँ दिल्लीमा आयोजित चलचित्र ‘द शौकिन्स’को प्रचार कार्यक्रममा सहभागी हुन सकिनन् ।

अभिषेक शर्मा निर्देशित चलचित्र ‘द शौकिन्स’मा अक्षय कुमार, अनुपम खेर, अन्नु कपुरलगायतका कलाकारको अभिनयले भरिएको छ । चलचित्र आगामी सात नोभेम्बरमा सार्वजनिक प्रदर्शनमा आउने छ ।

भारतमा डेँगु रोगका कारण थुप्रै कलाकारहरू विरामी परिसकेका छन् । नायक रणवीर सिंहपनि लामो उपचारपछि डेँगु रोगबाट निको भएका थिए ।

कार्यक्रममा लीसा बाहेकका कलाकारको सहभागिता रहेको थियो । डेँगु रोगका कारण लीसा प्रमोशनल कार्यक्रममा सहभागी नभएको अभिनेता अक्षय कुमारले बताए । ‘लीसाको स्वथ्य ठीक छैन,’ अक्षयले भने, ‘उनी अहिले यहाँ हुनुपर्ने हो । उनको अनुपस्थितिका कारण म तपाइहरूसँग माफी माग्छु ।’

अक्षयले कमेडी फ्लेबरको चलचित्रकी नायिका लीसाको स्वास्थ्य अवस्था सुध्रिदै गएको सुनाए ।

अर्का अभिनेता अनुपम खेरका अनुसार नायिकाको आमा पनि मुम्बईबाट छोरीको उपचारका लागि दिल्ली आइपुगेको बताए । तिंगमान्सु धुलियाको लेखन रहेको यो चलचित्र बलिउडको प्रतिक्षित चलचित्र मध्य एक हो । – एजेन्सी

१३ वर्षीया बालिकालाई तानेर जबर्जस्ती विवाह गर्न खोजेपछि...


बझाङको तल्कोट क्षेत्रस्थित दाँतोला गाविसकी एक १३ वर्षीया बालिकालाई तानेर विवाह गर्न खोज्ने एक युवक जेल पुगेका छन् ।

बझाङ जिल्ला अदालतका न्यायाधीश रमेशप्रसाद ज्ञावलीको एकल ईजलासले बालिकालाई तानेर पत्नी बनाउन खोज्ने रिलु गाविस–२ घर भएका २८ वर्षीय धनबहादुर बोहरालाई बिहीबार जेल चलान गर्ने आदेश दिएको हो। अन्नपूर्ण पोस्टमा खबर छ ।

असोज पहिलो साता धुरीकाँडा जङ्गलमा बाख्रा चराउन गएकी ती बालिकालाई गाउँकै धन बहादुरले तानेका थिए । पीडित बालिकाले असोज २२ गते जिल्ला प्रहरी कार्यालयमा करणी उद्योग अन्तरगत उजुरी दिएर अदातलमा मुद्दा दर्ता भएपछि धनबहादुरलाई पक्राउ गरी अनुसन्धान सुरू गरेको थियो।

अनुसन्धानपछि आवश्यक प्रमाण जुटाएर अदालतमा पेश गरेकोमा कारागार चलान गर्ने आदेश भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक कमल विष्टले बताए ।

घटना गाँउमै मिलाउन खोजिए पनि बालिका न्याय खोज्दै सदरमुकाम आएपछि अदातलमा मुद्धा चलेको थियो । सदरमुकामबाट एकदिन पैदल दूरीको दाँतोलामा यसअघि पनि यस्ता घटना हुने गरेका छन् ।

जिल्लाका विकट दाँतोला, रिलु, मष्टा, चौधारी, मौलाली, सैनपसेला , लेकगाँउ, दौलीचौर सुनिकोट, भैरनाथ, सुर्मा र बुंगलक्षेत्रमा केटीको मञ्जुरी नलिई केटाहरुले जवरजस्ती तानेर विवाह गर्ने प्रचलन अझै छ ।



गाँउले र दलका नेताहरुले बालिकालाई एक लाख रुपैयाँ दिएर मिलाउन खोजेपनि पीडित पक्षले नमानेपछि यो घटना सार्वजनिक भएको थियो । गत वर्षपनि चौधारी गाविसकी एक युवतीलाई तानेर विवाह गर्न खोज्ने चौधारी गाविसका सात युवालाई सार्वजनिक मुद्दा लगाएर धरौटीमा छाडिएको थियो । जिल्लामा तानेर विवाह गर्न खोज्नेलाई करणी उद्योग सम्वन्धी मुद्दामा कारबाही गर्न सके यस्ता घटनामा कमी आउने महिला अधिकार रक्षक मञ्चकी अध्यक्ष उमा केसीले बताइन् ।

बागलुङको बजार, पधेर्नीलाई दु:ख हजार


जनकविकेशरी धर्मराज थापाले २०११ फागुनमा भ्रमण गर्दा स्थानीय गृहणीको खानेपानी ओसार्ने दु:खलाई गीतिलयमा ढालेर जिल्लावासीलाई सुनाएका थिए- 'बागलुङको बजार, पधेर्नीलाई दु:ख हजार।' त्यतिबेला बजारको देउरालीचोकस्थित छहरा धारामा पधेर्नीको लाम देखेपछि थापाले यो गीत सुनाएका हुन्। 

यो गीत गाएको ६० वर्ष भए पनि बागलुङमा खानेपानीको अवस्था जस्ताको तस्तै छ। थापाको हालै निधन भएपछि बागलुङवासीले सोही गीतमार्फत सम्झना गरे। खानेपानीको विकराल समस्या भोग्दै आएका बागलुङ बजारवासीले यसपालि असोज पहिलो साता नै शुद्ध खानेपानी पाउने आस गरेका थिए। 

नगर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थामार्फत सञ्चालित दोस्रो साना सहरी खानेपानी तथा सरसफाइ आयोजनाको भुँदीखोला मुहानबाट ट्यांकीसम्मको भौतिक निर्माण कार्य सकिएपछि नगरवासीले पानी पाउने आस गरेका हुन्। तर भदौ दोस्रो साता यसबारे भएको परीक्षण असफल भएपछि नगरवासी निराश बनेका छन्, आजको अन्नपूर्णमा खबर छापिएको छ। 

बागलुङ बजारलाई आगामी २० वर्षका लागि शुद्ध खानेपानी पु:याउने लक्ष्यसहित १९ करोड ४४ लाख २८ हजार लागतमा पाँच वर्षअघि निर्माण सुरु गरिएको खानेपानी परियोजनाअन्तर्गत परीक्षण गर्दा ट्यांकीमा पानी नचढेपछि अर्को समस्या निम्तिएको छ। परीक्षणका क्रममा मुख्य पाइपलाइन विभिन्न ठाउँमा फुटेको छ। एसियाली विकास बैंकको सहयोगमा उक्त आयोजना सञ्चालन गरिएको हो। 

उपभोक्ता संस्थाका अध्यक्ष केबी रानाले प्राविधिक त्रुटिका कारण खानेपानी आयोजना असफल भएको बताए। उनका अनुसार पाला गाविसको खहरेबाट पानी माथि चढेन। 'आयोजनामा गम्भीर प्रकारको त्रुटि भयो', रानाले भने, 'मुख्य पाइपलाइनमै समस्या देखिएपछि समयमै खानेपानी पाउने सपना अधूरै रह्यो।' उनले आयोजना सुरु भएयता कन्सल्टेन्टले तीनजना इन्जिनियर फेरेको बताए। रानाले भने, 'ट्यांकीम पानी नआउनु भनेको प्राविधिक नै गैरजिम्मेवार भएर हो।' 



परीक्षण असफल भएपछि उपभोक्ता समितिले खानेपानी विभाग, एडीबी, ठेकेदार कम्पनी र कन्सल्टेन्ट कम्पनीलाई लिखित जानकारी गराएको छ। 'परियोजनाबारे खानेपानी विभागसँग कुरा भएको छ', रानाले भने, 'विभागको टोली अर्को साता बागलुङ आउँछ।'

हड्ताल गरे आधा पारिश्रमिक



'नो वर्क नो पे'लाई रोजगारदाताबीच उब्जिएको विवादमा सरकारले मध्यमार्गी बाटो रोज्दै श्रम ऐनको मस्यौदालाई पूर्णता दिएको छ। सबै बुँदामा सहमति भएपनि काम नगरी हड्ताल गरेको अवधिमा पारिश्रमिक पाउने कि नपाउनेका विषयमा कुरा मिलेको थिएन। यो विवाद सल्टाउने जिम्मा सरकारलाई दिइएको थियो।

कानुनबमोजिम श्रमिकले प्रतिष्ठानमा हड्ताल गरे सो अवधिभर ५० प्रतिशत पारिश्रमिक पाउने गरी ऐनमको मस्यौदा तयार भएको खबर आजको कारोबारमा छापिएको छ।



मजदुरले गैरकानुनी रूपमा हड्ताल गरे पारिश्रमिक नदिने र रोजगारदाताले कानुन प्रतिकुल हुने गरी तालाबन्दी गरे पूरै पारिश्रमिक दिने गरी मस्यौदा बनाएको श्रम तथा रोजगार मन्त्रालयले जनाएको छ।

मेडिकल कलेजलाई सम्बन्धन दिन फेरि दबाब

सर्वोच्च अदालतको फेसलाललाई आफू अनुकूल ब्याख्या गर्दै सम्बन्धन लिन मेडिकल कलेजहरूले पुनः दबाब दिन थालेका छन्।

सर्वोच्च अदालतले काठमाडौं नेसनल कलेजले दायर गरेको मुद्दामा गत भदौ ३१ गते फैसला गर्दै सम्बन्धन दिने विषयलाई कानुनबमोजिम निर्णय गर्न परमादेश दिएको थियो। तत्कालिन प्रधानन्याधीश दामोदर शर्मा र न्यायाधीश ओमप्रकाश मिश्रको इजलासले गरेको फैसलामा सम्बन्धनका विषयमा यथा समयमा निर्णय नगरी राख्नु वैध अपेक्षाको विपरित हुने हुनाले शैक्षिक सत्र सूरू हुनु अगावै सम्बन्धन दिने विषयमा कानुन बमोजिम निर्णय गर्नू भनिएको थियो। काठमाडौं नेशनलका सञ्चालकहरूले त्रिवि, आइओएस नेपाल मेडिकल काउन्सिल र शिक्षा मन्त्रालयलाई विपक्षी बनाइ मुद्दा दायर गरेका थिए।



निजी क्षेत्रका काठमाडौं नेसनल, मनमोहन मेडिकल कलेज, पिपल्स मेडिकल कलेज, तथा डेन्टल कलेज त्रिवि अन्तर्गत चिकित्साशास्त्र अध्ययन संस्थानको सम्बन्ध पर्खेर बसेका छन्। उनीहरूले सम्बनधनका लागि आइओएमलाई दबाब दिन छाडेका छैनन्,आजको नागरिक दैनिकमा खबर छापिएको छ।

शाहरुख खानको जन्मदिन आज, कसरी मनाउँलान् क–कसको माझ ?

बलिउडका बादशाह शाहरुख खानको आज जन्मदिन परेको छ । सन् १९६५ नोभेम्बर दुई तारिखका दिन जन्मिएका शाहरुख आजबाट ४९ वर्षमा प्रवेश गर्दै छन् ।

हरेक वर्ष अलि पृथक तरिकाले ‘बर्थडे’ मनाउँदै आएका शाहरुखले यसपटक कसरी मनाउँलान भन्ने कौतहुलता अहिले विश्वभर देखिएको छ । विभिन्न भारतीय मिडियाहरुले यस विषयमा आ–आफ्नो विश्लेषण गरिरहेका छन् ।


शाहरुखको आफ्नै चलचित्र ‘ह्याप्पी न्यू इयर’ अहिले विश्वभर प्रदशर्न भइरहेको छ । चलचित्रले बलिउडमा नँया इतिहास रच्दै सफलता चुमिरहेको छ । शाहरुख पनि अहिले यही चलचित्रको प्रमोशनमा दौडधुप गरिरहेका छन् ।

त्यसैले शाहरुखले आफ्नो बर्थडेमा ‘ह्याप्पी न्यू इयर’ कै प्रमोशन पो गर्छन् की भन्ने अड्कलवाजी पनि शुरु भएको छ । कतिपयले सदाझै यसपटक पनि शाहरुखले सामाजिक कार्य देखाएर बर्थडे मनाउँछन् पनि भनिरहेका छन् ।

शाहरुखले भब्य पार्टीको आयोजना गरेर जन्मदिन मनाउने हल्ला पनि चलिसकेको छ । तर जे–जस्तो हल्ला चलेपनिशाहरुखको जन्मदिन सुखद रहोस् हाम्रो पनि शुभकामना ।

सलमानको बहिनीको बिहेमा मोदीलाई निम्तो

बलिवुडका दबङ सलमान खानले आफ्नो बहिनीको विवाहमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई निमन्त्रणा दिने भएका छन् । विवाहको निम्तो निम्तो दिन सलमान आफै मोदी भेट्न जाने भारतीय सञ्चार माध्यमले जनाएको छ ।


मोदी यस अघि धमेन्द्र र हेमा मालिनीका कान्छी छोरी अहानाको विवाहमा सामेल भएका थिए । तर, त्यति बेला उनी प्रधानमन्त्री भने थिएनन् ।

सलमानका बहिनी अर्पिता खानको विवाह यही नोभेम्बर महिनाको १८ तारिखका दिन तय भएको छ ।
हैदराबादको एक दरवारमा अरपिता र आयुसको विवाह हुने बताइएको छ । त्यही दिन सलमानका बुवा सलिम र आमा सल्माको विवाहको ५० वर्ष पूरा हुने भएकाले उक्त दिनलाई निकै धुमधाम साथ मनाउने तयारी गरिएको छ ।
विवाहमा वलिवुडका चर्चित अनुहारहरु पनि देखिनेछन् ।

दोश्रो सातामा “स्टुपिड मन” र ''लज्जा''दुबै फिल्मले पायो दर्शकको साथ ।

कार्तिक ७ गतेबाट रिलिज भएको फिल्म “स्टुपिड मन” ''लज्जा''ले दर्शकको माया र साथ पाएको छ । सोहि अनुरुप दुई फिल्मले दोश्रो सातामा राम्रो व्यापार गरेका छन् ।

सुरुमा कुरा गरु “स्टुपिड मन” को नायक निरज बराल निर्मित फिल्म “स्टुपिड मन” लाई दिवाकर भटराईले निर्देशन गरेका हुन ।रिलिज आगाडी नै गित संगीतले चर्चा पाएको फिल्मले रिलिज पछिपनि दर्शक राम्रो प्रतिकिया पाएको छ । बिशेष त फिल्मको , गित संगीत लोकेसनले दर्शकलाई हल सम्म लगेको छ । जीबन लुइटेल, निरज बराल, चाँदनी शर्मा, रिजु श्रेष्ठ, मार्टिन खानको अभिनय रहेको फिल्ममा नब नायिका चाँदनी शर्माको काम लाई पनि दर्शकले तारिफ गरेका छ ।

उता ''लज्जा''ले पनि दोश्रो साता सम्म आइपुग्दा दर्शकको राम्रो साथ र माया पायको छ ।नारी प्रधान बिसयलाई कलात्मक तरिका बाट देखाएको फिल्म 'लज्जा' हेरेर हल बाट निस्किएका दर्शकले फिल्मलाई राम्रो भनिदिएको कारणले पनि फिल्मको व्यापारलाई माथि उठाउने काम गरेको छ ।
फिल्म लाई छबि राज ओजाले निर्माण गरेका हुन भने फिल्मका निर्देशक हुन् नवल नेपाल । फिल्ममा आर्यन सिग्देल, शिल्पा पोखरेल, हिउँवला गौतम ,मिथिला शर्मा, लगायतको कलाकारको अभिनय रहेको छ ।फिल्म हेरेर निस्किएका दर्शकले नब नायिका शिल्पा पोखरेलको काम लाई तारिफ गरेका छन् ।फिल्ममा चेतन सापकोटाको सङ्गीत रहेको छ ।

ज्यान बचाइदिनेलाई 'मन दिँदै'



दाङ, कात्तिक १६

उनीहरुसँग केही छैन। न ओत लाग्ने छानो, न भरपेट दुईछाक खाने मानो। न खेतबाली, न भकारी। न सरकारी राहतै। साउन २९ को बबई नदीको बाढीले सबै सोहोरेर नांगेझार पारिदिए पनि मन भने लैजान सकेन।
उरहरी–६, मोतिपुरका विस्थापित ५९ परिवार अहिले त्यही मन बाँडेर ज्यानको बाजी लगाउँदै जीवन बचाइदिने स्थानीयलाई 'ऋण' तिरिरहेछन्।
...

आजको नागरिक दैनिक अगाडि लेख्छ- मध्यरातको समय, मस्त निन्द्रा। दिनरातको वर्षाले उर्लिएको छेवैको बबई नदी घरै सोहोर्ने गरी बस्ती छिर्योइ। 'गुहार–गुहार' कोलाहल र चित्कारले गाउँ नै रन्कियो। झल्याँस्स ब्युँतँदा आफू सुतेको घर आधा डुबिसकेको रहेछ। धन्न! गाउँलेले ज्यानको बाजी लगाएर उनीहरुलाई बाढीबाट निकाले। प्रयास गर्दागर्दै केहीको मात्र ज्यान बच्न सकेन।

साउन अन्तिमको बबई बाढीबाट जोगाउने गाउँलेको गुण बाढीपीडितले कसरी बिर्सन सक्छन् र? उरहरी–६, मोतिपुरका बाढीपीडित अहिले त्यही गुणको 'ऋण' तिर्न संगठित भएर जुटिरहेका छन्।

‘हामीलाई बाढीबाट जोगाएर गाउँलेले ठूलो गुण लगाउनुभयो,' बाढीपीडितका अगुवा धनवीर चौधरी भन्छन्, ‘त्यो गुण तिर्न उहाँहरुको काममा सघाउन थालेका हौं।'

अचेल बाढीपीडितहरु छिमेकीका खेत–खेतमा भेटिन्छन्। छिमेकीलाई सघाउन उनीहरु दिनहुँ जुटिरहेका छन्। ‘धान काट्न सघाइरहेका छौं,' अर्का पीडित जागुराम चौधरी भन्छन्, ‘सबै मिलेर धान काट्दा धेरै सजिलो भएको छ।'

बाढीपीडितले एक/एक घन्टा पालैपालो छिमेकीलाई धान काट्न सहयोग गरिरहेको उनले बताए। एउटा छिमेकीको खेतमा एक घन्टा धान काटेपछि उनीहरु अर्को छिमेकीको खेतमा पुग्छन् र एक घन्टा सघाउँछन्।

मोतिपुरका बाढीपीडित 'बाढीपीडित व्यवस्थापन समिति' नै गठन गरेर सामूहिक कार्यमा जुटेका हुन्। छिमेकमा आइपर्ने समस्यामा हातेमालो गर्दै आएका उनीहरु काम गरिदिएबापत पैसा लिँदैनन्।

‘हामीले मजदुरी होइन, सहयोग गरेका हौं,' समितिका अध्यक्षसमेत रहेका धनवीर भन्छन्, ‘सहयोग गरेको के पैसा लिनू?'

सघाउने समय र व्यक्तिको तय समितिले नै गर्छ। त्यसका लागि नियम बनाइएको छ। एक–एक घन्टा धान काट्न सघाउने पनि समितिकै नियम हो। छिमेकीलाई गुण तिर्दा आफ्नो पीडासमेत भुल्न सजिलो भएको उनीहरुको अनुभव छ।
धनवीरसँग अहिले केही छैन। भएको सम्पत्ति साउन २९ गते रातिको बाढीले लग्यो। बाससँगै साँझ–बिहानको छाकको चिन्ताले पीडितलाई दिनहुँ सताइरहन्छ। तैपनि उनीहरु आफ्नो समस्यालाई मात्र महŒव दिँदैनन्। गाउँघरमा आइपर्ने हरेक समस्यामा उनी अग्रसर हुन्छन्।

गाउँमा कसैलाई समस्या परेको खबर सुन्नासाथ पीडितहरुको हुल नै घर–घर पुग्छ। सबै मिलेर काम फत्ते पारिदिन्छन् र ‘केही पर्योर भने खबर गर्नुहोला' भन्दै फर्कन्छन्।

‘गाउँसमाज सधैं चाहिने रहेछ,' धनवीर सुनाउँछन्, ‘हाम्रो पीडामा यही समाज मलम बन्यो, अब हामी पनि समाजको घाउमा मलम बन्नुपर्छ।'

अफगानी मन्त्रालयको विवरण राख्दै नेपाली

अहिलेसम्म कागजी ढड्डा पल्टाएर राज्यको आर्थिक हिसाबकिताब र खर्च विवरण राख्दै आएको अफगान सरकारको अर्थ मन्त्रालयले नेपाली कम्प्युटर प्राविधिकको सहयोगमा अर्थ अभिलेख राख्ने भएको खबर आजको कान्तिपुरमा छापिएको छ।

अफगानिस्तानको विभिन्न सरकारी एवं निजी संस्थाहरुमा कम्प्युटर प्रविधि अभिलेखिकरणको काममा ७ वर्षयता समन्वय बन्दै आएका सुजित पौडेल र सहयोगी राकेश सिन्या अर्थ मन्त्रालयको आयव्यय विवरण ‘डेटा सेन्टर’ तयार गर्न व्यस्त छन्।

‘यहाँको ट्रिजरी डिपार्टमेन्टअन्तर्गत सबै आयव्यय विवरण ६ महिनाभित्र कम्प्युटर अभिलेखीकरण गर्ने जिम्मेवारी पाएका छौं’,कावुलस्थित अर्थ मन्त्रालयमा पौडेलले भने , बहुराष्ट्रिय कम्पनी थकराल ग्रुपअन्तर्गत कार्यरत पौडेलले अफगानिस्तानका काबुल बैंक, बैंक अफ मिलिको डेटा सेन्टर पनि सञ्चालनमा ल्याएका छन्।

थकराल ग्रुपको सूचना प्रविधि तथा व्यवस्थापनसम्बन्धी पद्धती नेपाल, भारत, अफगानिस्तानसहित विश्वका ३५ मुलुकमा सञ्चालित छ।



उनका अनुसार अफगानिस्तानका ३४ वटै प्रान्तअन्तर्गत ट्रिजरी डिपार्टमेन्टको पछिल्लो विवरण र तथ्यांकबारेका कागजात अहिले संकलन भइसकेको छ। प्रतिमिनेट ५ सय पेजसम्म स्क्यान गर्ने अत्याधुनिक मेसिन प्रविधिको सहयोगमा कम्प्युटर इन्ट्रिको काम सुरू भइसकेको छ।

कसैले सहपाठी गुमाए, कसैले आफन्त

चितवन, कात्तिक १६ 

एमएस्सी पढ्ने सपना अधुरै
मकवानपुरको बसामाडी बस दुर्घटनामा घाइते भएका इलाम, बरबोटेका २१ वर्षीय विनोद रिजालले अस्पतालको बेडबाट दायाँबायाँ आँखा डुलाए, बसको सिटमा सँगै बसेका सहपाठी इलामकै मिलन अधिकारीलाई खोज्दै। कलेजको साथीलाई नदेखेपछि सोधखोज गर्दा थाहा लाग्यो, अधिकारी अब कहिल्यै नफर्किने यात्रामा हिँडिसकेछन्। तिल्केनी-६, इलामकी २० वर्षीया सुष्मा दाहाल दसैँ, तिहार र छठ सकेपछि एमबीएको ब्रिजकोर्स गर्न इलामबाट ठूलोबुबाका छोरा प्रिजज दाहालसँगै काठमाडौँ आउँदै थिइन्। 

साइड बीको तीन र चार नम्बर सीटमा बसेर यात्रारत दुबै जना घाइते भए। दुबैको टाउकोमा चोट लाग्यो, तर प्रिजजको टाउकोबाट रगत रोकिएन। प्रहरी घटनास्थल पुगेपछि उपचारका लागि पहिले हेटौँडा अस्पताल र पछि भरतपुरस्थित चितवन मेडिकल कलेज, शिक्षण अस्पताल पु:याइएका प्रिजनले अस्पतालकै बेडमा अन्तिम सास फेरे। उनी एमएस्सी प्रवेश परीक्षा दिन काठमाडौँ जाँदै गरेको सुष्माले बताईन्।

आजको अन्नपूर्णमा खबर छापिएको छ। 

काठमाडौँबाट विराटनगर गइरहेको शुभश्री यातायातका चालकले लापरवाहीपूर्ण तरिकाले तीब्र गतिमा बस चलाउँदा भएको दुर्घटनामा परेर इलामबाट काठमाडौँ आइरहेको बसका यात्रुले जीवन नै गुमाउनु प:यो। दस जनाको ज्यान लिएर तीस जनालाई घाइते बनाएको दुर्घटनाबाट कसैले सहपाठी गुमाए भने कसैले आफन्त। तीब्र गतिमा बस चलाएर अर्को बसलाई ठक्कर दिने शुभश्रीका चालक, सहचालक र गाडी मालिक तिनै जना फरार भए। दुबै बसका सबैजसो यात्रु निद्रामा झुलिरहेको बेला भएको दुर्घटनामा घाइते यात्रुले गाडी पल्टिएपछिमात्र घटनामा परेको थाहा पाए। 

घटनामा सहपाठी गुमाएका रिजालले बसमा अधिकांश विद्यार्थी भएको बताए। एम्बिसन कलेज काठमाडौँमा बीएस्सी सिएसआईटी चौथो सेमेस्टरमा अध्ययनरत उनले भने, ' इलामबाट हिँडेको हाम्रो गाडी हेटौँडामा आएपछि चालक फेरिए। दुबै चालकले राम्रैसँग गाडी चलाएका थिए। अर्को गाडीका चालकले गल्ती गर्दा मैले साथी गुमाउनु प:यो।' सोही बसमा काठमाडौँ जाँदै गरेका इलाम, गोधकका २० वर्षीय कर्म तामाङले आफू अगाडिको सिट बेस्सरी समातेर गाडीले दुई बल्ड्याङ खाँदा पनि खसेनन्। साउदी अरब जान स्वास्थ्य परीक्षण र भिसा प्रकृयाका लागि यात्रारत तामाङको छातीमा चोट लागेको छ। 

नाम शुभश्री भएर अशुभ घटनाको कारक बन्न पुगेको बसमा यात्रारत केराबारी-६, मोरङका ४७ कृष्णबहादुर घिमिरेले भने, म काठमाडाँैको गौशालाबाट साँझ साढे छ बजे बस चढेको थिएँ। साढे आठ बजे थानकोट काटेको गाडी साढे नौ बजे धार्केमा नास्ता खान रोकियो। त्यसपछि एकैपटक राति साढे एघार बजेतिर रामनगरमा खाना खान रोकियो। एक घण्टा अलमल गरेपछि अगाडि बढ्यो। खाना खाएपछि गाडीको स्पीड बढेको थियो।

नाला भगवतीमा पनि पसिना, अशुभ हुने संकेत


धुलीखेल, कात्तिक



काभ्रेको उग्रचण्डी नाला ४ मा रहेको उग्रचण्डी भगवतीको शिलामा पसिना आएको छ। शनिबार दिउँसो एक बजेबाट भगवतीको शिलामा पसिना आएको मन्दिरका पुजारी सिद्धिबहादुर कर्माचार्यले बताए।

शनिबार दिउँसो पहिलोपटक भगवतीको दर्शन गर्न आएकी ललितपुर कुसुन्तीकी मैयादेवी गेलाल भगवतीको शिलामा पसिना आएको देखेपछि काम्न सुरु गरेकी थिइन्। महिला कामेको देखेपछि मन्दिरमा हेर्दा भगवतीको शिलामा पसिना चुहिरहेको देखिएको स्थानीयवासीले बताएको आजको अन्नपूर्णसहितका पत्रपत्रिकामा खबर छापिएको छ।

भगवतीको शिलामा पसिना आएपछि स्थानीय त्रसित भएका छन्।

नेपाल संवत् ७२१ मा नाला भगवतीको शरीरबाट रगत बगेको शिलामा उल्लेख छ। भगवतीको मूर्ति ११ सय वर्ष पुरानो हो। भगवतीको टाउको र हातबाहेक शरीरका अन्य ठाउँबाट पसिना आएको छ। काम्ने क्रममा गेलालले हाल मन्दिरमा बली दिएको स्थानमा नागको शिर रहेको र त्यस स्थानमा बली दिन नहुने बताएकी थिइन्।

सयौं वर्ष पुरानो भगवतीको मूर्तिमा अहिलेसम्म पसिना आएको आफूहरूलाई थाहा नभएको पुजारी कर्माचार्यले बताए। सुरुमा मन्दिरको शिलालेखमा तपतप पसिना चुहिए पनि पछि भगवतीको शरीरका विभिन्न स्थानबाट पसिना चुहिएको स्थानीय श्याम सापकोटाले बताए। भगवतीको मूर्तिमा पसिना आएपछि स्थानीयले अशुभ हुनसक्ने अनुमान गरेका छन्। भगवतीलाई पसिना आएपछि स्थानीय र मन्दिरका पुजारीले अशुभ हुन नदिन क्षमापूजा र भाकल गरेका छन्।

स्थानीय महिलाले भने मन्दिरआसपासको क्षेत्र फोहोर भएको र नियमित पूजाआजामा ध्यान दिन नसकेकाले भगवतीलाई पसिना आएको हुनसक्ने बताएका छन्। भगवतीलाई पसिना आएको खबर सुनेपछि मन्दिरमा नाला, बनेपालगायत क्षेत्रबाट सयौं मानिसको भीड लागेको थियो।

मालिकसँग रिसाएर चालकले बस जुधाए

साहुको जबर्जस्तीले बस दुर्घटना
विराटनगरका लागि यात्रु बोकेर शुक्रबार साँझ काठमाडौंबाट छुटेको शुभश्री ट्राभल्सको ना४ख ५४४८ नम्बरको बस पृथ्वी राजमार्ग काटेर महेन्द्र राजमार्ग छिचोल्दै थियो।

राति ११ बजे चितवन, रामनगरमा बस खाना खुवाउन रोकियो।

निन्द्रामा झुल्दै आएका यात्रु ओर्लिए र खाना–नास्ता मगाएर खान थाले। बसका चालक करिब २६ वर्षीय रोशन तामाङ, गाडीका साहु नवीन रेग्मी र दीपक (थर नखुलेको)ले खानासँगै रक्सी पिए। 

खाना खाँदाखाँदै चालक तामाङले साहुसित भने, 'आज म गाडी लैजान सक्दिनँ, मलाई सन्चो छैन, यात्रुहरुलाई अर्को गाडीमा पठाइदिउँ कि।’

नवीन झोक्किए, ‘जसरी पनि विराटनगर पुग्नैपर्छ आज, बरु तँलाई भोलि छुट्टी दिउँला, चाँडो हिँड्!’ 

चालकले फेरि भने, ‘हैन, म चलाउनै सक्दिनँ, सन्चो छैन, जसलाई लाने हो लैजानू, म सक्दिनँ।’ 

नवीनले तामाङलाई थर्काउँदै भने, ‘बढी नकरा, सक्दिनँ भनेर हुन्छ? खुरुक्क हिँड्, भोलि मिलाउँला भनेपछि के कराइ’रा?’ 

चालक र साहुबीचको चर्काचर्की खाना खाइरहेका यात्रु र होटलवाला वाल्ल परेर सुनिरहेका थिए, आजको नागरिक दैनिकमा खबर छापिएको छ। मदिराले मात्तिइसकेका चालक रिसले फनफनिँदै गाडी चढे। काठमाडौंबाट रामनगरसम्म सामान्य गतिमा आएको गाडीले अचानक तीव्र गति लियो। 

बससँगै चालक र साहुबीचको भनाभन पनि चलिरह्यो। पूर्वी चितवनको टाँडीमा ओर्लनुपर्ने यात्रुले गाडी रोक्न भने। ‘रोक्दिनँ, तिमीहरुलाई विराटनगर जानुपर्ने होइन? सिधै विराटनगर पुगेर रोक्छु,' चालकले सन्किँदै गाडी हुइँक्याइरहे। गाडीको गति सडकले धान्नै नसक्ने हुँदै थियो।

‘ड्राइभरले रोक्दै रोकेन,' दुर्घटनाबाट बाँच्न सफल यात्रु क्षितिजराज टमटाले भने, 'हामीले जबर्जस्ती रोक्न लगायौं र यात्रु झार्यौंै। यस्तरी गाडी चलाउने भए हामीलाई यहीँ झार्देऊ, जाँदैनौं पनि भन्यौं, तर रोकेन।'
साहुले यात्रुलाई थामथुम पारे र चालकलाई जबर्जस्ती चलाउन लगाए। 

टमटाका अनुसार साहु दीपक आफैं कन्डक्टर बनेर यात्रुसँग पैसा लिँदै टिकट जाँचिरहेका थिए। 

चालक र साहुबीचको झगडा झन् चर्कंदै गयो। बसभित्रको झगडा र गाडीको गतिले पूर्वी चितवनको भण्डारा, लोथर कसरी कट्यो, थाहै नपाएको घाइते यात्रु बताउँछन्। यात्रुले गति बढी भयो भनेर पटक–पटक कराउँदा पनि चालकले टेरेनन्। 
एक्कासि मकवानपुरको बस्तीपुरमा राति करिब साढे १ बजे बस विपरीत दिशाबाट आइरहेको अर्को बससँग ठोक्किएर पल्टियो। ठोक्किनुअघि नै चालक तामाङ हामफालिहाले। उनको सट्टा चालक सिटको पछाडि बसेकी महिलाको शरीर क्षतविक्षत भयो।

इलामबाट काठमाडौं आउँदै गरेको ना५ख ४८४१ नम्बरको मेट्रो डिलक्स बससँग जुधेर पल्टँदा १० यात्रुको मृत्यु भयो। ३२ घाइते छन्। दुर्घटनामा एक रसियाली अनुसन्धाताको पनि निधन भयो।

‘हामीलाई बाटैमा झार्देको भए ज्यान त जाँदैनथ्यो,' घाइते मोरङ, केराबारीका कृष्णबहादुर घिमिरेले भने, 'मनलाग्दी गाडी चलाउँदा यत्रो दुर्घटना भयो।’

यात्रुका अनुसार खाना खाएपछि अलि वर तेल हाल्ने क्रममा पनि झगडा चलिरहेको थियो। डिजेल हाल्न चाबी नखुलेपछि चालकले कन्डक्टर बनेका साहु दीपकलाई होच्याउँदै भनेका थिए, 'यस्ता मुला चाबी खोल्न नसक्ने पनि के कन्डक्टर?’ घिमिरेले चालकको भनाइ उद्धृत गर्दै सुनाए, 'जे–जे भए पनि तेरै गाडी बिग्रन्छ, मलाई के मतलब? अब हेटौंडा नपुगी रोकिन्न।’

रामनगर जंगलको एक खाल्डोमा गाडीको चक्का फस्दा यात्रु तर्सिएका थिए। गाडी कम हाँक्न भन्दै यात्रुले कराए। मलेसिया जान काठमाडौंमा पासपोर्ट बनाएर फर्किएका तीर्थ तामाङले चट्याङ परेजस्तो गरी बस जुधेको बताए। ‘झल्याँस हुँदा चालक, साहु भाग्दै,' उनले भने, 'ओर्लेर खेदेँ, भेटिनँ, गमला उठाएर हानेँ, लागेन।'

इलामबाट आएका विद्यार्थी विनोद रिजाल अर्को बसका घाइते हुन्। सँगै बसेका साथी मिलन अधिकारी गुमाएका उनी विक्षिप्त छन्। इलामबाट पढाइका लागि काठमाडौं जान लागेकी सुष्मा दाहालले ठूलोबुबाको छोरा दाइ प्रिजज दाहाल गुमाएकी छन्। चालकपछाडिको सिटमा बसेका दाजुबहिनीमध्ये झ्यालपट्टि बसेका दाजुको मृत्यु भयो। इलामकै कर्म तामाङ मेडिकल चेकजाँच गर्न काठमाडौं जाँदै थिए। उनी पनि घाइते छन्।

‘स्पिड छँदै हामीले पटक–पटक भन्दा पनि मानेनन्, 'इलामका लेखा आचार्यले भने, 'एकैछिनको झगडाले यात्रु मारे।’ सँगै आएका साथी गुमाएका उनी सामान्य घाइते छन्।

साहुले चालकलाई जबर्जस्ती गाडी चलाउन लगाउँदा दुर्घटना भएको मकवानपुर प्रहरीको प्रारम्भिक अनुसन्धानले पनि देखाएको छ। 'चलाउनै परिसकेपछि चालकले पनि होस गुमाउनु हुन्थेन,’ जिल्ला प्रमुख डिएसपी दीपक थापाले भने। रात्रिबस र लामो रुटका गाडीले बीच बाटोमा चालक फेर्नुपर्ने सरकारी नियमसमेत शुभश्रीले पालना नगरेको उनले बताए। थापाका अनुसार तीव्र गतिसँगै अनियन्त्रित हुँदै साइड छाडेपछि बस अर्को बससँग जुध्न पुगेको थियो।

राष्ट्रियस्तरमा हस्तक्षेप गर्ने कविडाँडाका स्रष्टाहरु





रामकृष्ण पौडेल‘अनायास’
         नेपालको साहित्यिक परिप्रेक्ष्यमा चितवन आज अग्रस्थान ओगट्न सफल छ । त्यसो त, अन्य जिल्लाहरु पनि कमजोर छैनन् । त्यसमा पनि चितवनको साहित्यिक उर्वर भूमिमा कविडाँडा निकै सक्रियताका साथ तीव्र गतिमा अघि लागिरहेको छ र राष्ट्रियस्तरमै चर्चामात्र होइन हस्तक्षेपसमेत गरिरहेको छ । कविडाँडाका प्रत्येक घरधुरीमा कवि, कथाकार, निबन्धकार, गजलकारहरुको प्रतिनिधित्व छ, नभएका घर बिरलै भेटिन्छन् ।
कविहरुको संख्या अधिक रुपमा रहेको भरतपुर नगरपालिका वडा नंं १३ भित्र पर्ने कल्याणपुर, आनन्दपुर, कैलाशनगर, रामबाग, गुलाफबाग, मंगलपुरका केही भाग र वडा नं. १४ मा पर्ने तोरीखेत र गाविस फूलबारी र श्रीपुर क्षेत्रलाई राष्ट्रिय रुपमै सम्पूर्ण सर्जकहरुले ‘कविडाँडा’ नामकरण गरेका छन् ।
नारायणी नदीभन्दा दक्षिण र राप्ती नदीबाट उत्तरतर्फको क्यान्सर अस्पतालबाट चार किमी भित्रपट्टि पर्ने केही समथर भूभागभन्दा माथि उठेको र प्राकृतिक रुपले पनि निकै सुन्दर, हराभरा र हरियालीले आकर्षित गर्ने उक्त स्थान आज साहित्यिक जगत्मा असाध्यै चर्चित स्थान हो । साहित्यकारहरुको पुण्यभूमिका रुपमा समेत लिइने कविडाँडाको उपस्थिति अब अन्तर्राष्ट्रिय रुपमा समेत देखिन थालेको छ । पछिल्लो समयमा भएका साहित्यिक गतिविधिहरुले कविडाँडाको नामलाई पुष्टिसमेत गरेको देखिन्छ । कविडाँडाबाट नेपाली साहित्यलाई अगाडि बढाउनका निम्ति कम्मर कसेका पछिल्ला नवपुस्ताका सर्जक र कविडाँडालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा चर्चामा ल्याउन नेपाली साहित्यमा स्थापित रहेका वरिष्ठ स्रष्टाहरुको अतुलनीय योगदान छ । नेपाली साहित्यका केही प्रतिनिधि लेखकहरु कविडाँडामै बसोबास गर्छन् भन्दा गर्व बोध हुन्छ । धन्य छ कविडाँडा, जसले चर्चाको शिखरमा पुगेका लेखकहरुलाई आफूमा समाहित गरेको छ !
समग्र चितवनको इतिहास पल्टाउँदा कलानाथ अधिकारी र प्रेमविनोद नन्दन पछि २०३३ सालमा कविडाँडाका अनिल सिग्देलको ‘केही समालोचनात्मक रेखांकन’हरु चितवनकै पहिलो समालोचनात्मक कृतिका रुपमा प्रकाशित भएको देखिन्छ । हालसम्म कविडाँडाबाट १०० भन्दा बढी कृतिहरु बाहिर आइसकेको पाइएको छ । अझ, दर्जनौँ साहित्यिक पत्रिकाहरु पनि प्रकाशित भएका छन्, यहाँबाट । केहीले त निरन्तरता पनि दिँदै आइरहेका छन् ।
यस्तो साहित्यिक महायज्ञमा सरिक भई कविडाँडालाई चर्चामा पु¥याउने चर्चित स्रष्टाहरु निम्न छन् ः
कवि तथा समालोचक अनिल सिग्देल, कवि डा. खुमनारायण पौडेल, कथाकार डा. हरिहर पौडेल, कवि तथा निबन्धकार सङ्गीत आयाम, समालोचक उदय अधिकारी, समालोचक पूर्णबहादुर अधिकारी, गजलकार गोपाल पौडेल, कवि सिर्जन अविरल, कथाकार सीताराम कोइराला, कथाकार एलबी क्षेत्री, कवि सुरेन्द्र अस्तफल, कवि गणेश शर्मा, कवि युवराज भुषाल, गजलकार सजल नयन,गीतकार अर्जुन अस्तफल, गजलकार तथा समालोचक रमेश प्रभात, गजलकार युवराज अर्याल, कवि नवराज ढुंगाना, गजलकार रामकृष्ण पौडेल ‘अनायास’ लगायत धेरैले राष्ट्रियस्तरमै ख्याति कमाइसकेका छन् । यस्तो पुनीत अभियानमा बाहिरी जिल्लासँग कविडाँडाको सहकार्य रहँदै आएको छ, जसले चितवनसँगको सम्बन्धलाई अझ प्रगाढ बनाएको छ ।
समग्र चितवन जिल्लालाई साहित्य जगतले पूरै ढाक्ने वातावरणको लागि ठूलै भूमिका समेत खेलेको छ, कविडाँडाले । चितवनको साहित्यिक उन्नयनमा कविडाँडाको योगदानलाई केन्द्रबाट समेत सकारात्मक रुपले हेर्दै प्रशंसा गर्नेहरुको संख्यामा समेत अकल्पनीय रुपले वृद्धि भएको छ ।
यसरी समग्र चितवनको प्रतिनिधित्व हुनेगरी कविडाँडाले जन्माएका स्रष्टाहरु र ती स्रष्टाहरुका कृतिहरुलाई सरसरती नियाल्दा निम्न स्रष्टाहरुलाई यहाँ स्मरण गर्न सकिन्छ–
अनिल सिग्देल
जिल्लाकै समालोचना विधाका आरम्भकर्ता एवं खण्डकाव्य, लामो कविता तथा गद्यकवितामा कलम चलाएर पाँच दशक समयअगाडिदेखि कविडाँडामा बसी समग्र जिल्ला र देशमा समेत मह¤वपूर्ण स्थान बनाउन सफल कवि एवं समालोचक अनिल सिग्देलका प्रकाशित कृतिहरुमा ‘मिलन’ खण्डकाव्य (२०३३), ‘केही समालोचनात्मक रेखांकनहरु’ समालोचना (२०३३), ‘जीवन क्षितिज’ धारावाहिक लामो कविता हो भने राष्ट्रिय रुपमा केन्द्रबाट प्रकाशित भएका विभिन्न पत्रपत्रिका मधुपर्क, रुपरेखालगायत अन्य साहित्यिक पत्रिकाहरुमा पनि उनका रचनाहरु प्रकाशित भएको पाइन्छ ।
डा. खुमनारायण पौडेल
कविडाँडामा रही कविता विधामा राष्ट्रिय पहिचान बनाउन सफल डा. खुमनारायण पौडेल हाल राजधानीमा भएता पनि निरन्तर रुपमा साहित्यमा लागिरहेका छन् । यिनका कृतिहरु ‘अन्तिमेत्थम’
(२०४९) कवितासंग्रह, ‘नरमेध’
(२०५६) कवितासंग्रह हुन् ।
डा. हरिहर पौडेल
विशेषतः कथा विधामा राष्ट्रिय पहिचान बनाएका डा. हरिहर पौडेल कवितामा समेत अगाडि देखिन्छन् । उनका प्रकाशित कृतिहरुमा ‘इतिवृत्त’ (२०५१) कथासंग्रह, ‘कालो उज्यालो’ (२०६९) लघु कथासंग्रह, ‘अनुभ्रम प्रतिभ्रम’ (२०६६) लगायत छन् ।
सङ्गीत आयाम
लेखन तथा पत्रकारितामा उत्तिकै सक्रियता देखाउने सङ्गीत आयाम मूलतः राष्ट्रिय रुपमा लेखकका रुपमा बढी चर्चित छन् । आयामका रचनाहरुले देशैभर उज्यालो दिन सफल भएका छन् । कविता, निबन्ध, कथा, समीक्षा, गजलजस्ता विधामा करिब विगत ३० वर्षअघिदेखि सक्रियतापूर्वक कलम चलाउँदै आएका आयामका ‘चक्रव्यूह र युद्धपीडाहरु’ लामा कवितासंग्रह
(२०६२), ‘शरणार्थी उज्यालो’ कवितासंग्रह (२०६७) र हालसालै अत्यधिक चर्चामा आएको ‘दासहरुको कुम्भमेला’ निबन्धसंग्रह (२०७०) प्रकाशित कृतिहरु हुन् ।
गोपाल पौडेल ः
‘छातीभरि तिम्रो माया’ गीत–गजलसंग्रह २०५९ र ‘शब्दहरु अविराम यात्रामा’ (२०५७) प्रकाशित कृति रहेको देखिए पनि गोपाल पौडेलको साहित्यिक सक्रियता आजभोलि त्यति देखिँदैन । उनी पलायन नै भएका हुन् कि भन्ने महसुस भैरहेको अवस्थामा उनको सक्रियता कविडाँडाका लागि आवश्यक देखिन्छ ।
सिर्जन अविरल ः
चितवन जिल्लाको सञ्चारमाध्यममा निकै लोकप्रिय रहेका सिर्जन अविरल कविता कथा जीवनी आदिमा कलम चलाउने स्रष्टा हुन् । उनका प्रकाशित कृतिहरुमा ‘म आकाश हेरिरहेछु’ कवितासंग्रह (२०६१), ‘आदि गायक सेतुरामदेखि दिलमाया खातीसम्म’ जीवनीसंग्रह (२०६२) र ‘क्यान्टोनमेन्ट र अरु कविताहरु’ कवितासंग्रह (२०७०)
छन् । चितवनका कविहरुमा यिनको अलग पहिचान छ ।
एलबी क्षेत्री
कविडाँडा साहित्य समाजका संस्थापक अध्यक्ष रही कविडाँडाका अभिभावकका रुपमा ठूलो भूमिका खेलेका एलबी क्षेत्रीले शिक्षा र प्रशासनिक कार्यमा परिपक्व अनुभव बटुलेका छन् । क्षेत्रीको प्रकाशित कृति ‘त्रिशङ्कुको देशमा’ लघु कथासंग्रह (२०६४) हो भने नयाँ कवितासंग्रह छिटै नै बजारमा आउने तर्खरमा छ । मूलतः कथा विधामा अगाडि देखिएका उनका राष्ट्रियस्तरका पत्रिकाहरुमा कथाहरु प्रकाशित भएका छन् । पछिल्लो समयमा कवितामा निकै सक्रियतापूर्वक उनी लागिरहेको देखिन्छ ।
सुरेन्द्र अस्तफल
कविडाँडामा रहँदै चितवनको गरिमामय संस्था चिसाप, नारायणी कला मन्दिर र अन्य संस्थामा रही कविडाँडाको समग्र साहित्यको विकासका निम्ति अगाडि बढेका अस्तफलको ‘बिम्बशिविर’ कवितासं्रग्रह, ‘शब्दहरु अविराम यात्रामा’ संयुक्त कवितासंग्रह प्रकाशित छ । उनी गीत, गजल, मुक्तक, समीक्षा विधामा पनि अगाडि देखिन्छन् ।
गणेश शर्मा ः
युवापुस्ताका क्रियाशील कवि अझ पछिल्लो समयमा विशेषगरी लघुकथामा दक्षता हासिल गरेका गणेश शर्माको ‘शब्द क्रान्ति’ २०६६ कवितासंग्रह प्रकाशित छ । उनी अहिले युवापुस्तामा सशक्त हस्ताक्षरका रुपमा देखिन पुगेका छन् ।
रमेश प्रभात
कविता, गजल, हाइकु र समालोचनामा सक्रियताका साथ कलम चलाउन सफल रमेश प्रभातले हाइकुसंग्रहसमेत प्रकाशित गरिसकेका छन् भने चितवनका साहित्यिक कृतिहरुको अभिरेखांकनसमेत प्रकाशित गरी सिंगो साहित्यिक फाँटमा राष्ट्रियताका साथ लागेका उनी गजल मञ्च चितवनका अध्यक्ष पदमा रही हाल चितवनको गजल क्षेत्रको विकासका निम्ति सक्रिय देखिन्छन् । उनको अन्य साहित्यिक संघसंस्थामा पनि सक्रियता रहेको पाइन्छ ।
सीताराम कोइराला
चितवन जिल्लाको गरिमामय पत्रिका ‘पल्लव’को प्रथम अंक आफैँ सम्पादन गरी अगाडि बढाएका कोइरालाले कथा विधामा कलम चलाउँदै ‘अनर्थ’ कथासंग्रह र ‘स्रष्टासँग संवाद’ प्रकाशित गरेका छन् । आफूलाई सफल साहित्यकर्मीका रुपमा उभ्याउन सफल रहेका उनको २०७१ मा ‘पागल प्रेमी र मेरो देश’ कवितासंग्रह बजारमा आएको छ ।
रामकृष्ण पौडेल ‘अनायास’ ः
चितवनका विभिन्न साहित्यिक संस्थामा क्रियाशील र संलग्न रहेका रामकृष्ण पौडेल ‘अनायास’ समर्पण साहित्य परिषद्का संस्थापक उपाध्यक्ष हुन् । चितवनको पहिलो कृतिका रुपमा गजलमा सवाल जवाफसंग्रह ‘धमिलिएका डोबहरु’ फुच्ची जमुनासँगको सहकार्यमा यिनले प्रकाशित गरेका छन् । उनी कथा, मुक्तक, कविताजस्ता विधामा पनि आफूलाई उभ्याउन सक्रिय रहेका छन् ।
शम्भु गिरी ‘निर्दोष जीवन’
यिनले विविध विधामा कलम चलाए पनि सम्पूर्ण विधालाई एकै ठाउँमा राखी ‘आशीर्वाद’ नामक कृति प्रकाशित गरेका छन् ।
पूर्णबहादुर अधिकारी ः
संस्मरणसंग्रह ‘अनुभूतिका त्रिवेणी’ २०६६, र २०७० मा कथासंग्रह प्रकाशित गरेका पूर्णबहादुर अधिकारी विभिन्न नेपाली साहित्यका स्थापित स्रष्टा हुन् । उनी अरु विधामा पनि सक्रिय देखिन्छन् ।
कविडाँडालगायत सम्पूर्ण साहित्य जगतमा जल्दोबल्दो तवरले कलम चलाई साहित्यको उत्थानका निम्ति कम्मर कसेर लागेका अरु क्रियाशील कविडाँडाका सर्जकहरुलाई सरसरती हेर्दा निम्न छन् ः
– अर्जुन अस्तफल
– नवराज ढुंगाना
– सजल नयन
– कला पौडेल
– सुजन अनिमेस
– मन्जु पौडेल आदि ।
कविडाँडाको इतिहास हेर्ने हो भने २०३० सालअगाडिदेखि नै साहित्यिक क्षेत्रमा कृति प्रकाशितसमेत भएको पाइएको छ । यसमा अनिल सिग्देल र अन्य कविहरु रहेको पाइएको छ । उक्त समयपछि साहित्य सिर्जनामा जुर्मुराएका चालीसको दशकका स्रष्टाहरुमा टीकाराम सापकोटा, युवराज भुसाल, युवराज अर्याल, कृष्णप्रसाद सापकोटा आदिको नामलाई यहाँ उल्लेख गर्नुपर्ने हुन्छ ।
यही तवरले कविडाँडाको साहित्यलाई निकै अगाडिदेखि सक्रिय रुपमा अगाडि बढाउन सफल व्यक्तित्वहरुमा २०४१ सालमा ‘समाजसेवा युवा क्लब’ खोली साहित्यको विकास गराएका राजनीतिज्ञ तथा समाजसेवी मुक्तिनाथ अधिकारी र उदयनाथ अधिकारी रहेको पाइन्छ भने २०४६ सालमा कविडाँडाका सालिकराम पौडेलद्वारा ‘दुर्गा युवा वाचनालय’ २०५१, ‘चितवन वाङ्मय प्रतिष्ठान’ २०५९, ‘अभिव्यञ्जना साहित्य प्रतिष्ठान’ २०५९, ‘समर्पण साहित्य परिषद्’ २०५९, ‘देवकोटा अध्ययन केन्द्र’ २०६०, कविडाँडा साहित्य समाज आदि रहेको देखिन्छ ।
त्यस्तै, पत्रपत्रिकामा २०३३ सालमा अनिल सिग्देलद्वारा सम्पादित ‘बुलबुल’ पत्रिका (२०५१), ‘मधुलिका’ (२०५७), सौदामिनी (२०५९), ‘सिरेटो’ साहित्यिक पत्रिका (२०६०), ‘अभिव्यञ्जना’, ‘चरैवेति’ र सीतारमा कोइरालाद्वारा सम्पादित भएको ‘पल्लव’ साहित्यिक पत्रिकाको पहिलो अंक २०५२ कथासंग्रह विशेषांकका रुपमा कविडाँडाबाट प्रकाशित प्रत्रिकाहरु हुन् । हाल ‘चरैवेति’, ‘अभिव्यञ्जना’, ‘पल्लव’लगायत कविडाँडाबाट प्रकाशित अरु पत्रपत्रिकाले देशव्यापी रुपमा चर्चा कमाउन सफल बनेका छन् ।
चितवन हाल साहित्यमा निकै अगाडि देखिएको छ । चितवनको साहित्यको विकासका निम्ति कविडाँडाबाट पनि उत्तिकै लागिरहेका स्रष्टाहरु दर्जनौँको संख्यामा छन् । त्यसमध्ये त कयौँ स्रष्टाहरुको योगदानलाई निकै प्रशंसा गर्नुपर्ने हुन्छ ।
पचासको दशक र साठीको दशकमा कविडाँडामा देखिएका अरु स्रष्टाहरु निम्नअनुसार छन् ः
रवीन्द्र लामिछाने, एमएन निशा, स्व. लोकेश अन्जान, प्रकाश प्राञ्जल, नवीन न्यौपाने, गायत्री अधिकारी, यादव सापकोटा, नारायण खनाल, सीताराम बुबा, विश्व न्यौपाने, प्राध्यापक कृष्णप्रसाद सापकोटा, अर्जुन पौडेल, दीक्षा सापकोटा, दीपेन्द्र अधिकारी, कला पौडेललगायत अन्य स्रष्टाहरु पनि कविडाँडाकै उपज हुन् ।
अझ विशेषतः गजल विधामा नै निकै क्रियाशील स्रष्टामा शिव सापकोटा, सरिना, सृजन अनिमेष, प्रतिमा अधिकारी, बसुन्धरा गौतम, मिथिला प्याकुरेल, रश्मीलता प्याकुरेल, लक्ष्मण भुजेल, शारदा चौलागाईं, अन्जु आदि युवापुस्ताका स्रष्टाहरु समेत रहेका छन् ।
नेपालको साहित्यमा चितवनको कविडाँडामा जन्मिएर कविडाँडालगायत जुनसुकै स्थानमा रहिआए पनि चितवनको साहित्यमा प्रभावकारी भूमिका निर्वाह गरी साहित्यको उत्थानका लागि क्रियाशील यहाँका पाका, नयाँ स्रष्टाहरुले ठूलो योगदान दिएका
छन् । चितवनका गरिमामय साहित्यिक संस्था, साहित्यिक पत्रिका र अन्य संघसंस्थामा रही प्रशासनिक कार्य गरी कविडाँडालाई चर्चामा पु¥याउन सफलसमेत भएका छन् । दुई दर्जनभन्दा बढी पत्रिका र १०० भन्दा बढी कृतिसमेतको प्रकाशनले पनि कविडाँडालाई असाध्यै सफल ठाउँ मान्न सकिन्छ ।
अघिल्लो समयमा जुन उत्साह देखिएको थियो, त्योभन्दा बढी उत्साह पछिल्लो समयमा पनि उत्तिकै देखिएको छ । साहित्यमा बाढीपहिरो नै ल्याउन सफल आजका युवा स्रष्टाहरु निकै क्रियाशील भई लागिपरेका देखिन्छन् । आगामी दिनमा साहित्यमा अझ जोड दिने हो भने कविडाँडाको साहित्यिक भविष्य सधैँका लागि इतिहासमा स्वर्णिम अक्षरमा लेखिने निश्चित छ ।