Saturday, March 18, 2017

फेरी आउने भयो जय किशन बस्नेत को धूम २



 जय किशन बस्नेत  को निर्माता तथा निर्देशन मा फेरी बन्न्ने भयो धूम २/जस अगाडी धूम मा भने शोभित बस्नेत ले निर्देशन गर्नु  भयको थियो /
जस अगाडी धूम मा अर्जुन र जयकिशन मेन रोल  मा  थिय भने धूम २ मा जयकिशन बस्नेत र शोभित बस्नेत लाई मेन रोल  मा पाउन सकिन्छ/
जसमा  कलाकार हरु मा जयकिशन बस्नेत ,शोभित बस्नेत,सिर्जना भट्टराई,,राम गौतम,सिर्जना संजोक राना/
जसलाई जिबन श्रेष्ठ ले खिच्दै छन् भने दुन्द निर्देशन N.B.महर्जन ले गर्दै छन्/
जसको  छायांकन सुरु अहिले काठमाडौं बाट हुदै अनि मनाङ को तिलिचो ताल                                                                                                            मा हुने छ//


























Sunday, March 5, 2017

लक्की मिडिया हाउसले संघलाई १० हजारसहित सम्मान गर्ने...


मोफसलकै चर्चित लक्की मिडिया हाउस चितवनले चलचित्र पत्रकार संघ चितवन शाखालाई सम्मान गर्ने भएको छ । चलचित्र क्षेत्रको विकास, प्रवद्धन र प्रचारमा निरन्तर सक्रिय लक्की मिडिया हाउसले चलचित्र पत्रकार संघ चितवन शाखालाई नगद १० हजारसहित सम्मान गर्ने भएको हो । नेपालको सिने बजारको क्षेत्रमा चितवन शाखाले गरेको अतुलनिय योगदानको कदर गर्दै संघलाई सम्मान गर्न लागिएको लक्की मिडिया हाउस चितवनका अध्यक्ष हरि कार्की "लक्की"ले जानकारी दिनुभयो । चलचित्र पत्रकार संघ चितवन शाखाका अध्यक्ष राजकुमार लामिछानेले लक्की मिडिया हाउसले गर्न लागेको यो सम्मानले चलचित्र क्षेत्रको विकासका लागि अझै केहि गर्ने प्रेरणा मिलेको बताउनुभयो । अध्यक्ष लामिछानेले आगामी दिनमा पनि लक्की मिडिया हाउसको निरन्तर सहयोगको अपेक्षा गर्दै लक्की मिडिया हाउस परिवार र अध्यक्ष कार्कीलाई विशेष धन्यवाद प्रकट गर्नुभयो । कार्की चलचित्र पत्रकार संघ चितवनका कोषाध्यक्ष पनि हुनुहुन्छ । उक्त रकम आगामी चैत्र १४ गते चलचित्र "ब्वाइफ्रेण्ड"को विशेष शो गर्ने दिन एक कार्यक्रमकाबीच हस्तान्तरण गरिने कार्कीले बताउनुभयो । चलचित्र ब्वाइफ्रेण्डको विशेष शो पनि लक्की मिडिया हाउसले नै गर्न लागेको हो । चितवनमा रहेको लक्की मिडिया हाउसले चलचित्र क्षेत्रका हरेक गतिबिधिलाई प्राथमिकतामा राख्दै नयाँ तथा पुराना चलचित्रहरुको तिब्र रुपमा प्रचार प्रसार गर्दै आइरहेको छ ।