Thursday, October 30, 2014

कार्तिक २१ मा एउटा साथी र सरिल को जुदाई

‘एउटा साथी पनि’ एक साता पर सर्यो
तीन फिल्म लज्जा, स्टुपिड मन र ह्याप्पी न्यू ईयरले ब्यापार राम्रो गरेपछि यसको प्रभाव भोलि देखि रिलिज हुने फिल्म माथि परेको छ ।
पर्याप्त हल नपाएका कारण एउटा साथीले ईलाभेन्थ आवरमा आएर आफ्नो प्रर्दशन मिति समेत स्थागित गर्नु पर्‍यो आज ।
निर्देशक लक्ष्मण सुवेदीका अनुसार ‘पर्याप्तहल नपाएको बाध्यात्मक परिस्थितीले एउटा साथीको प्रर्दशन रोकिएको हो । उनका अनुसार एउटा साथी आउँदो साता मात्र रिलिज हुने छ अब ।


तर आउँदो साता एउटा साथीको भिडन्त सरी ल फिल्मसंग हुने हुँदा ब्यापारिक लडाई फाईदाजनक हुने चाहि छैन् । यस्तै मोफसलमा टलकजंग भर्सेज टुल्के पनि कार्तिक २१ मै प्रर्दशन हुने तालिका रहेकाले यसको असर तीनै फिल्मका निर्मातालाई हुने नश्चित प्राय छ 


कात्तिक २१ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र सरिल
ऋषी लामिछानेको निर्देशनमा बनेको यो सिनेमालाई अञ्जु केसीले प्रस्तुत गरेकी हुन् । चलचित्रमा सुवास थापा, अनिता आचार्य, राजन खतिवडा लगायतका कलाकारको मुख्य भूमिका छ । कार्यक्रममा चलचित्र पत्रकार संघका अध्यक्ष शान्तिपि्रयले देउँसी खेलेका थिए । त्रिकोणात्मक प्रेम कथामा आधारित यो सिनेमालाई दर्शकले मन पराउने विश्वास निर्देशक लामिछानेले गरे । चलचित्रलाई कृष्णबहादुर महर्जनले निर्माण गरेका हुन् 

Wednesday, October 29, 2014

भन लौ तिमी नढाँटी


शब्द - म बी बी शाह

भन लौ तिमी नढाँटी कसरी बुझाऊँ यो दिल
हेरेर खाली तस्बीर कति दिन बुझाऊँ यो दिल

ब्यूँझे पनि मै देख्छु, तिमी नै म देख्छु निदमा
दिनरात सम्झी खाली कसरी बुझाऊँ यो दिल

तिमी जान हौ यौ जीउको तिमी प्राण जिन्दगीको
टाढा बसी कति दिन कसरी बुझाऊँ यो दिल

नाशाले खोल्यो राज २०१४ को डिसेम्बरमा छ दिनसम्म अध्यारो हुने

काठमाडौ, ११ कात्तिक(एजेन्सी) : 
नासाले आगामी डिसेम्बरमा ६ दिनसम्म अध्यारो हुने दावी गरेको छ । डिसेम्बर १६ मंगलबार देखी डिसेम्बर २२ सोमबार (पुष १ गतेदेखी पुष ७ गतेसम्म)सम्म दिनरात पुरै अध्यारो हुने नासाले बताएको छ ।

सौर्य आँधीका कारण तीनदिनसम्म पूर्ण अन्धकार हुन्छ भने अन्य तीन दिन निकै बाक्लो कुहिरो र धुलोले गर्दा सूर्यको ९० प्रतिशत उज्यालो छेकिने हुँदा अध्यारो नै हुने नासाको भनाई छ ।
नासाका प्रमुख चार्ल्स बोल्डेनले यस घटनाक्रमको जानकारी सार्वजनिक गर्दै सबैलाई शान्त रहन आग्रह समेत गरेका छन् । यो सौर्य आँधीले ल्याउने अवस्था हो र यो विगत २५० वर्षकै सबैभन्दा ठूलो सौर्य आँधी हो । यो करिव २ सय १६ घण्टासम्म रहने छ ।
यस्तो अवस्थामा कसरी रहनुहुन्छ भनेर केही संवाददाताहरूले नागरिकलाई सोध्दा उनीहरूले आफुहरूले कृतिम उज्यालोको सहारामा काम गर्न यसले केही फरक नपर्ने बताएका छन् ।

तस्बिरमा यस्तो छ ‘एउटा साथी’



सञ्चारकर्मी लक्ष्मण सुवेदी निर्देशित फिल्म ‘एउटा साथी’ आउँदो साता कार्तिक १४ गतेबाट सार्वजनिक प्रदर्शनमा आउँदैछ । सञ्चारकर्मी सुवेदीको यो पहिलो निर्देशकिय फिल्म हो । ‘एउटा साथी’ युवा पुस्ताको प्रेम कथामा आधारित छ । 

फिल्म ‘एउटा साथी’ मा सफल फिल्म ‘होस्टेल’ का कलाकारद्धय सलोन बस्नेत र रिस्ता बस्नेतसँगै जोन तामाङ, अभिनेत्री अनु शाह, करिष्मा श्रेष्ठ, शिशिर भण्डारीको अभिनय छ । राम खनालको निर्माण रहेको फिल्म ‘एउटा साथी’ मा टंक बुढाथोकीको संगीत छ । सुमन कुमार तण्डुकार फिल्मका छायाँकार हुन् । 

प्रदर्शनमा आउन तीन दिन मात्रै बाँकी रहेको फिल्म ‘एउटा साथी’ तस्बिरमा यस्तो छ :



छोरीलाई दाइजोमा सुनको ट्वाइलेट ? (फोटोफिचर)


साउदी अरबका राजाले आफ्नी छोरीको विवाहमा सुनको पहिरन मात्र नभई दाइजोमा सुनको ट्वाइलेट दिएका छन् । साउदी अरबका राजाको सम्पत्तिको बारेमा हामीहरुले धेरै खबर पनि पढिसकेका छौँ तर यो खबरले तपाईंलाई अचम्मित भने पक्कै तुल्याउँछ ।


फोब्र्सका अनुसार किंग अब्दुल्ला संसारको सबैभन्दा धनी व्यक्तिको सूचिमा आठौँ नम्बरमा पर्छन् । उनी संसारको सबैभन्दा धनी मुस्लिम हुन् । सन् २०११ मा फोब्र्सले अब्दुल्ला परिवारको सम्पत्ति विवरण निकालेको थियो जुन लगभग २१ बिलियन युएस डलर रहेको थियो ।


१८० करोडको सुनको पहिरनमा सजिएकी उनकी छोरी सुनको पिरामिड जस्तो देखिएकी थिइन् । उनको पहिरन निकै भारी देखिएको थियो । यस्तो भारी पहिरन दिँदासमेत उनको मन भरिएन जसका कारण उनले सुनको ट्वाइलेट बनाएर आफ्नी छोरीलाई दाइजो स्वरुप दिए । उक्त ट्वाइलेटमा प्रयोग हुने सबै सामानहरु सुनबाट बनाइएको थियो भने ट्वाइलेटको बाहिर पट्टि लेखिएको थियो ‘गोल्डन ट्वाइलेट’ । (एजेन्सी)



चोर्दाचोर्दै प्रहरी पुगेपछि

दोलखा,कात्तिक १३ – अक्सर चोरीको घटनापछि परेको उजुरीका आधारमा अनुसन्धान थाल्ने प्रहरीले रातको समय पसल चोरिँदै गर्दा रंगेहात पक्रेर ठूलो धनमाल चोरिनबाट जोगाएको छ ।
बारम्बार चोरीका घटनाले आहत चरिकोट बजारबासीले रातको प्रहरी गस्तीले गरेको उपलब्धिलाई सराहनीय भनेका छन् । प्रहरी गस्तीले मंगलबार बिहान ३ बजे आवाजका आधारमा पसलभित्र चोरी भइरहेको फेला पारेको हो । सटरको बीच भाग उचालेर चोर पसेको शंका लागेपछि प्रहरीले पसल धनीलाई बोलाएको थियो । पसल खोलेर हेर्दा दुई जना फेला परेको र अर्को एक जना भने केही सामान लिएर भागिसकेको प्रहरी नायव निरिक्षक अजय केसीले बताए । आजको कान्तिपुर दैनिकमा खबर छ ।


कसरी बन्छ अब संविधान??


(१)"म प्रमुख नेता नभए संविधान बन्दैन"- प्रचण्ड
(२)"मैले भनेको नभए संविधान बन्दैन"- बाबुराम
(३)"संविधान सभा बिघटन नगरे संविधान बन्दैन"बैद्य
(४)"कांग्रेस-एमाले संविधान नबनाउने षड्यन्त्र गर्दैछन्" प्रचण्ड-बाबुराम-बैद्य!!
संविधान सभा माग्ने यिनै हुन् , पहिलो संविधान सभा बिघटन गर्ने यिनै हुन्, प्रक्रियाबाट छिनोफानो गर्ने भन्ने पनि यिनै हुन् ! तर अहिले प्रक्रियामा आउनै हुन्न र संविधान सभा बाहिरबाट संविधान बनाउनु पर्छ भन्ने पनि यिनै हुन तिनले भने अनुसार नै सहमति खोज्ने हो भने पनि पक्का छ यिनले अर्को निहुँ खोज्छन् । जेठ २ को सहमती र अस्ति भर्खरको गोलमेच प्रकरण साक्षी छन् त्यसको।
अब स्पष्ट हुँदैछ- हामी साधारण जनताले बुझिसक्यो प्रचण्ड, बाबुराम, र बैद्य, यी तीन जबसम्म रहन्छन् संविधान बन्दैन।
कुन ग्रह दशा बिग्रेर यी जन्मेछन् नि यो मुलुकमा राज्यको खरबौं सम्पत्ति घिचेर पनि, दशौँ हजार गरिब को रगत बगाएर पनि अघाएनन्।
न त यी गरिब भोका नाङ्गा जनताका नेता हुुन् न यी मार्क्सवादी हुन्, न माओवादी, ! न यिनको कुनै सिद्दान्त छ, न कुनै विचार न त देश र जनता प्रति भित्रि मन बाट साहनुभुति नै छ खालि ख‍ोक्रो भाषण ।
छेपारो जस्त‍ो छिन् - छिन् मा रङ बदल्ने यिनी हरुको पछि नलागौं।
कुनै कुराको पनि एउटा हद हुन्छ:-
धेरै भयो बार्ता अब बार्ता सार्ता होइन, दुइतिहाइले संविधान जारी गर्ने, र निहु खोज्छन भने घोक्रेठ्याक लगाएर या पेलेर जाने बाहेक सायद राज्यसंग अर्को बिकल्प बाँकी छैन ।
ढल मिसिएकै सही, बाग्मतिको पानी पबित्र छ र धेरै पानी बगिसकेको छ।
अब कुनै माइका लालले भ्रम छरेर देशमा आगो लगाउने दू:स्वप्न देखे भने, जनता स्वयंले तिनको काम तमाम गरिदिने छन् ! हे माँहा राजाहरु हो जनताको मन जित, उनको समस्या सम्वोधन गर, र अगाडि बढ ! नभए करोडौं खर्च गरीगरी तिमिहरुलाई बचाउनुको के अर्थ?? हिम्मत गर्दैनौ भने कमण्डलु भिरेर काँशी बास गए हुन्छ ।
हामी सर्बसधारण जनता ले अाफै खोज्नेछौं हाम्रो देशको उज्वल भबिष्य, हामि अाफै खोज्नेछौ् हाम्रो पिर अनि दुःख बुज्ने नयाँ नेता ।
जय नेपाल ॥जय पशुपति नाथ ॥

डनसँग कुम मिलाउँदै राष्ट्रपति यादव


काठमाडौँ, कात्तिक १३– राजनीतिक संरक्षणमा देशमा गुण्डागर्दी मौलाउदै गएको छ । प्रहरीले बेला बेलामा गुण्डाहरुलाई पक्राउ गरेपनि संगठित रुपमा गुण्डागर्दी बढ्दो छ । पछिल्लो समय गुण्डागर्दीमा संलग्न भएको आरोप लाग्ने गरेकाहरु ठूला नेताहरुका प्रिय बन्न थालेपछि प्रहरी पनि हैरान भइसकेका छन् । ललितपुरमा लामो समयदेखि गुण्डागर्दी गर्दै आएको आरोप लागेका मीनकृष्ण महर्जनले पनि कांग्रेस नेताहरुलाई खुशी बनाउ“दै आफ्नो पहु“च विस्तार गर्दै लगेका छन् ।
कांग्रेस नेताहरु रामचन्द्र पौडेल, खुम बहादुर खड्का, शंकर भण्डारीको प्रिय रहेका महर्जनले पछिल्लो समय राष्ट्रपति डा.रामवरण यादबस“ग नजिकिन खोजेका छन् । राष्ट्रपति डा.यादबस“ग खिचेको फोटोलाई उनले फेुसबुकमा ‘प्रोफाइल पिक्चर’ बनाएपछि प्रहरीहरु आश्चर्यमा परेका छन् ।
राष्ट्रपतिले पदिय आचरण, शिष्टाचार र मर्यादा नाघेर यसरी डनस“ग फोटो खिच्नुलाई अशोभनिय मात्र होइन अमर्यादित समेत मानिन्छ । राष्ट्रपतिले समकक्षीस“ग मात्र यसरी कुम जोडेर वा हात मिलाएर स“गै बसेर फोटो खिच्न सक्छन्, त्यो पनि औपचारिक रुपमा । तर, अनौपचारिक रुपमा खास्टो ओडेर तस्विर लिन पाईंदैन, त्यो पनि राष्ट्रपति कार्यालयमा । यसरी अनौपचारिक र अनुमति लिएर फोटो खिचिएको रहेछ भने पनि सार्वजनिक गर्न भने मिल्दैन । तर डन महर्जनले सामाजिक सञ्जाल फेसबुक मार्फत नै सार्वजनिक गरेर राष्ट्रपतिको मार्यादामाथि नै आ“च पु¥याउने काम गरेको आज प्रकाशित युनाइटेड पोष्ट साप्ताहिकले खबर छापेको छ ।
साप्ताहिक अगाडी लेख्छ–‘खासगरी ललितपुरको ढुङगाखानी र अन्य सरकारी ठेक्कामा उनै महर्जनको राज चल्दै आएको छ । चापागाउ“को सामान्य परिवारमा जन्मिएका उनले गुण्डागर्दीबाटै करोडौंको सम्पत्ति जोडिसकेका छन् । सडकको ठेक्का कमिसनको विवादमा नै उनलाई गत वर्ष फागुनमा डन रमेश बाहुनले गोली हानेका थिए । बाहुन पक्राउ परी जेल गएपछि उनको फुर्ती अझै बढेको छ ।’
केही प्रहरी अधिकारीहरुस“ग समेत महर्जनको राम्रो सम्बन्ध छ । बाहुनले गोली हानेको बेला सई रमेश बजगाई महर्जनस“गै थिए । बाहुनलाई त्यसबेला उनै बजगार्इंले तिघ्रामा गोली हानेका थिए । बजगाई हाल अपराध महाशाखाको बिशेष टोलीमा कार्यरत छन् । उनै बजगार्इंका कारण महर्जनविरुद्ध उजुरी परे पनि पक्राउ नपरेको स्रोत बताउ“छ । बाहुनले महर्जन विरुद्ध उजुरी हाल्न खोज्दा बजगाईंकै दबाबमा प्रहरीले उजुरी नलिएको त्यतिबेला चर्चा चलेको थियो

दुई दिनमा सहमति नभए संविधानसभालाई ‘धर्मसंकट’


काठमाडौं,कात्तिक १३ – संविधानसभाले अन्तिमपटक भनेर संवैधानिक–राजनीतिक संवाद तथा सहमतिलाई उपलब्ध गराएको समय कात्तिक १५ भित्र संविधानका विवादित विषयमा सहमति हुने सम्भावना न्यून देखिएको छ। संवाद समिति प्रश्नावलीसमेत बनाउन नसक्ने अवस्थामा पुगेको छ।

प्रमुख राजनीतिक दलका नेताहरूले बाँकी दुई दिनभित्र विवादित विषय राज्य पुनःसंरचना, शासकीय स्वरूप, न्याय प्रणाली र निर्वाचन प्रणालीमा सहमति गर्न नसके संविधानसभालाई थप अप्ठेरो पर्नेछ। फेरि संवाद समितिमै विवादित विषय पठाउने कि प्रक्रियामा लैजाने भन्ने अप्ठेरो संविधानसभालाई आइपर्नेछ।

संविधानसभामा यसअघि संवाद समितिको प्रतिवेदनमाथि छलफलमा भाग लिने सभासदहरूले कुनै पनि हालतमा थप समय दिन नहुने धारणा राख्दै आएका थिए। सोहीअनुसार संविधानसभाले संवाद समितिलाई सहमति जुटाउने, नभए प्रश्नावली बनाउन भन्दै अन्तिमपटक भनेर समय उपलब्ध गराएको थियो।

पछिल्लोपटक थपिएको समयमा संवाद समितिको औपचारिक बैठक एकपटक मात्र बसेको छ। तर, समिति सभापति बाबुराम भट्टराईले अनौपचारिक छलफललाई तीव्रता दिएका छन्। तर, सहमतिको सम्भावना कम देखिएको छ।
प्रक्रियामा जान प्रश्नावली आवश्यक पर्ने भएकाले संविधानसभाले सहमति नभए प्रश्नावली भनेर समय उपलब्ध गराएको हो। प्रश्नावली बनाउन पनि सहमति आवश्यक पर्ने भन्दै प्रमुख विवादित विषय सहमतिबाटै टुंगो लगाउनुपर्ने संवाद समितिका सभापति बाबुराम भट्टराईले अडान राख्दै आएका छन्। ‘केही नेता संवाद समितिबाट विषयहरू बाहिर ल्याउन चाहन्छन्’, संवाद समिति स्रोतले भन्यो,‘त्यसैले प्रश्नावली बनाउन छुट्टै समिति भन्दै आएका छन्। यसले झनै जटिलता ल्याउँछ।’
संवाद समितिमा रहेका सदस्यहरूले प्रश्नावली बनाउने छुट्टै समितिको विरोध गरे त्यसले पनि प्रश्नावली बनाउन सक्दैन। त्यसैले अहिले बाँकी दुई दिनमा सहमति वा ‘संघीयताको विवाद अनुसूचीमा उल्लेख गरेर मस्यौदा बनाउने’ भनेर समितिमा आएको विकल्पमा जानु उत्तम हुने स्रोतको भनाइ छ।
संविधानसभालाई पनि अप्ठेरो नपर्ने र सहमति कायम गर्न सहज हुने देखेर नै आफूहरूले संघीयताको विवाद अनुसूचीमा राखेर बाँकी विषयमा मस्यौदा गरी जनताकहाँ जाने विकल्प अघि सारेको सद्भावना पार्टीका नेता लक्ष्मणलाल कर्णले बताए। ‘संवाद समितिलाई समय नदिने हो भने विवादित विषय टुंगो लगाउन प्रक्रियामा संविधानसभा नै प्रवेश गर्नुपर्ने हुन्छ,’ कर्णले भने, ‘त्यो पनि अहिले सहज देखिँदैन।’
त्यसैले बीचको बाटोमार्फत निकास निकाल्नुको विकल्प नदेखिने कर्ण बताउँछन्। संवाद समितिको मंगलबार बसेको बैठकमा नेता कर्ण र कांग्रेसका युवा नेता गगन थापाले विवादित विषय संविधानको पहिलो मस्यौदामा जस्ताको त्यस्तै राखेर जनताकहाँ जाने र त्यो बीचमा सहमति निकाल्ने विकल्प सुझाएका थिए। ‘यसरी अघि बढ्यौं भने जनताको राय पनि बुझ्न पाइन्छ,’कर्णले भने।
संवाद समितिका सभापति भट्टराईले विभिन्न विकल्पबारे कांग्रेस र एमालेका नेतासँग निरन्तर छलफल जारी राखे पनि निकास निस्कन सकेको छैन। छलफलमा सहभागी एक नेताका अनुसार भट्टराईले संविधानसभाले समितिलाई छायामा पारेर जबर्जस्ती निर्णय गर्न खोजे समितिको नेतृत्वबाट राजीनामा दिने चेतावनीसमेत दिएका छन्। आजको नागरिक दैनिकमा खबर छ ।

सबै महिलाले जान्नै पर्ने महिनावारीसँग जोडिएका ९ भ्रमहरु


अर्पणाले आफू काम गर्ने कम्पनीका मालिकलाई फोन गरेर एक दिनको छुट्टीको माग गरिन् । किन ? आज उनको महिनावारीको पहिलो दिन थियो जसका कारण अरु महिलाजस्तै उनी पनि कमजोर र आलश्य महसुस गरिरहेकी छिन् । उनी घरबाट बाहिर निस्कन र कुनै पार्टीमा सरिक हुन चाहन्नन् । उनी सपिङ, कसरत र यस्ता सबै क्रियाकलापहरुबाट टाढै बसिरहेकी छिन् । तपाईंमध्ये थुप्रै महिलाहरुले महिनावारी भएको बेलामा यस्तै महसुस गर्नुहुन्छ होला । यहाँ महिनावारीसँग जोडिएका यस्ता भ्रमहरु दिइएका छन् जसलाई सम्पूर्ण महिलाहरुले जान्नैपर्ने हुन्छः


१. महिनावारीको समयमा शरिर कमजोर हुने गर्दछः
यो कुरामा केहि पनि सत्यता छैन । तपाईंको शरिर रगतको कमीले कमजोर हुँदैन । यो सत्य हो कि महिनावारीको दौरान तपाईंको शरिरमा १५० मि.लि. रगतको कमी हुने गर्दछ जुन मात्र ४–५ चम्चा हुने गर्दछ ।
२. महिनावारी रगत फोहोर हुने गर्दछः
महिला मित्रहरु, महिनावारी भएको बेलामा श्राव हुने रगत नियमित रुपमा बग्ने रगत समान नै हुने गर्दछ । यसमा दुर्गन्ध पटक्कै हुँदैन र शरिरको रगतभन्दा असामान्य पनि हुँदैन ।

३. व्यायाम गर्नु हुँदैनः
यो बेकारको भ्रम मात्र हो । महिनावारी भएको समयमा पनि तपाईं व्यायाम गर्न सक्नुहुन्छ । तर यदि तपाईं योग गर्नुहुन्छ भने स्ट्रेचिङ र गहिरो सास लिने आसन नगर्नुहोला । तपाईं स्विमिङ पनि गर्नसक्नुहुन्छ ।

४. सेक्ससँग बच्नुहोस्ः
यदि तपाईं महिनावारीको दौरान सेक्स गर्दा असहज महसुस गर्नुहुन्छ भने यसबाट बच्दा नै राम्रो हुन्छ तर यदि तपाईं र तपाईंको पार्टनर यसमा सहज महसुस गर्नुहुन्छ भने भने महिनावारी भएको समयमा सेक्सबाट बच्नै पर्छ भने छैन । सम्भोग गर्दा पाइने सन्तुष्टिले महिनावारीमा हुने पिडालाई कम गर्दछ ।


५. मासिक धर्मको पिडाः
यो महिलाहरुलाई हुने सबैभन्दा ठूलो समस्या हो । पहिलो दिनको गम्भीर पिडालाई सामान्य मानिन्छ र यसलाई तपाईं चकलेट खाएर पनि कम गर्न सक्नुहुन्छ । विश्वास गर्नुहोस्, यसले साँच्चै नै काम गर्दछ । तर यदि तपाईंलाई अरु दिनमा पनि पिडा हुने गर्दछ भने तपाईं स्त्री रोग विशेषज्ञको भेट्न पक्कै जानुहोस् ।

६. चिन्ता नलिनुहोस्, तपाईं गर्भवती हुनुहुने छैनः

यो एउटा भ्रम हो । महिनावारीले तपाईंको प्रजनन प्रणालीलाई रोक्दैन । महिनावारी भएको बेलामा सम्भोग गर्नाले तपाईं गर्भवती हुनसक्नुहुन्छ । अनावश्यक गर्भलाई रोक्नका लागि कण्डम वा गर्भनिरोधक औषधी खानु नै उपयुक्त मानिन्छ ।

७. कपाल नधुनुहोस्ः
यस्तो कसले भन्यो ? महिनावारीको दौरान स्याम्पुको प्रयोग गर्न नहुने कुरामा केहि पनि वास्तविक कारण छैन । तपाईं कपाल धुन सक्नुहुन्छ, काट्न सक्नुहुन्छ, हेयर स्पा लिनसक्नुहुन्छ, कपालमा कलर गर्न सक्नुहुन्छ र कपाललाई स्ट्रेट पनि गर्न सक्नुहुन्छ ।

८. यो नखानुहोस्ः
महिनावारी भएको समयमा केहि पनि खान नछोड्नुहोस् । तपाईंलाई मन लागेको जे पनि खान सक्नुहुन्छ । महिनावारी भएको पाँच दिनका लागि विशेष डाइट चार्ट अनुसार खान आवश्यक छैन ।

९. २८ दिनको चक्रः
मासिक धर्मको चक्र महिलाको शारिरिक स्वास्थ्यमा निर्भर हुने गर्दछ । २८ दिनको चक्र एक औसत समय मात्र हो । (एजेन्सी)

टुल्के हेर्न काठमाण्डौ बाहिर एक हप्ता कुर्नुपर्ने, टिकट बुकिङ खुल्यो

निश्चल बस्नेत निर्देशित फिल्म ‘टलकजंग भर्सेट टुल्के’ को टिकट बिक्रि खुल्ला भएको छ ।। 
यो फिल्म हेर्न चाहने दर्शकले बुधबारदेखि नै अनलाइन बुकिङ मार्फत आफुलाई पायक पर्ने हलको टिकट बुक गर्न पाउनेछन् ।
‘दर्शकलाई सजिलो होस् भनेर हामीले टिकट बुकिङको ब्यबस्था गरेका हौं ।’ निर्माता रबिन्द्र सिंह बानियाँले भने ।
काठमाडौको अधिकांश हलमा यही शुक्रवार रिलिज हुने यो फिल्म उपत्यका बाहिर भने कात्तिक २१ मात्रै प्रदर्शन हुने भएको छ ।
ऋचा शर्मा, खगेन्द्र लामिछाने, दयाहाङ राइ लगायतका कलाकारको मुख्य भुमिका रहेको यो फिल्म राम्रो बनेको निर्देशक निश्चल बस्नेतले दाबी गरेका छन् । मौलिक नेपाली कथामा फिल्म बनेकाले पनि दर्शकले मन पराउने विश्वास निर्माण पक्षले गरेको छ ।
यसअघि निश्चलले निर्देशन गरेको फिल्म ‘लुट’लाई दर्शकले अत्याधिक मन पराएका थिए ।


गर्भवती भइसकेपछि पनि किन विवाहसँग भागिरहेकी छिन् कंगना ?


बलिउडका चर्चित इमरान खान आजकाल कंगना रनावतलाई फकाउनमा व्यस्त छन् त्यो पनि विवाह गर्नको लागि । अझ अचम्म के छ भने गर्भवती भइसकेपछि पनि कंगना रनावत विवाहसँग भागिरहेकी छिन् र उनलाई विवाहको लागि उत्प्रेरित गर्नमा नै इमारान व्यस्त छन् । आखिर यस्तो किन त ?

यो कथा कंगना र इमारानको नयाँ फिल्मको हो । युटिभी मोसन पिक्चर्सको निर्माणमा बन्न लागेको फिल्म ‘कट्टी बट्टी’ को सुटिङ सोमबारदेखि सुरु हुने तग भएको छ ।

फिल्ममा इमरान खान र कंगना रनावत मुख्य भुमिकामा देखिनेछन् । कंगना र इमरान पहिलो पटक यो फिल्ममा सँगै देखिँदैछन् । निखिल आडवाणीले निर्देशन गरेका उक्त फिल्म विशुद्ध प्रेमकथामा आधारित भएको जनाइएको छ ।
कंगनाले एक अन्तर्वार्तामा यो फिल्मको चर्चा गर्दै फिल्म बलिउडका अरु प्रेमकथाभन्दा अलग भएको ठोकुवा गरेकी छिन् ।

फिल्मको पुरानो नाम ‘साली कुतीया–अ लभ स्टोरी’ रहेकोमा सेन्सर बोर्डको रोकटोकबाट बच्नका लागि नाम परिवर्तन गरिएको स्रोतले जानकारी दिएको छ । (एजेन्सी)

बलात्कृत प्रहरीको भूमिकामा शिल्पा

शिल्पा पोखरेल अभिनित फिल्म ‘लज्जा’ प्रदर्शन भइरहेको बेला शिल्पाकै अभिनय रहेको अर्को फिल्म ‘हवल्दार सुन्तली’ को पोष्टर सार्वजनिक गरिएको छ ।
यस फिल्ममा शिल्पाले सामुहिक बलात्कारको शिकार भएकी प्रहरी हवल्दार सुन्तली धामीको चरित्र निर्वाह गरेकी छिन् ।
ऋषि लामिछानेको निर्देशन रहेको यो फिल्म छविराज प्रोडक्सनको ब्यानरमा निर्माण भएको हो । यसमा किशोर खतिवडा, सबिन श्रेष्ठ लगायतका कलाकारले पनि अभिनय गरेका छन् ।
पोष्टरमा प्रहरीको डे्रसमा प्रस्तुत भएकी शिल्पाले फिल्ममा राम्रो अभिनय गरेको दाबी गरेकी छिन् । चैत २७ गते प्रदर्शन गर्ने भनिएको यस फिल्म सामाजिक कथाबस्तुमा बनेको दाबी निर्देशक लामिछानेले गरेका छन् ।


हिन्दु राज्य माग्नेहरु पक्राउ परेपछि कमल थापाले मागे क्षतिपूर्ति

माग पुरा नभए संसद अवरुद्ध गर्ने चेतावनी


काठमाडौं, कात्तिक १२– हिन्दु राज्य पुनःस्थापनाको मागसहित लामो समय यता रिले अनसनमा बसेका धर्म गुरुहरुलाई सरकारले हिजो रत्नपार्कको शान्तिबाटिकाबाट पक्राउ गरेपछि राप्रपा नेपालले आपत्ती जनाएको छ ।

शान्तिपूर्ण ढंगले आफ्नो माग राख्न पाउने प्रत्येक नागरिकको मौलिक एवं नैसर्गिक अधिकार भएपनि यसकारले यसलाई कुण्ठित गर्न खोजेको समेत राप्रपा नेपालले आरोप लगाएको छ ।
राप्रपा नेपालको बुधबार बसेको कार्यसम्पादन समितिको बैठकले सरकारको यस्तो हर्कत संबिधान र प्रजातांत्रिक मुल्य मान्यता विपरीत रहेको दाबी गर्दै धर्ममा आस्था राख्ने सम्पूर्ण धर्मावलंबीहरु माथिको नै निर्मम प्रहार भएको ठहर गरेको छ ।
बैठकले पक्राउ परेकाहरुलाई तत्काल रिहाईको माग गर्दै पक्राउ गरेकाहरुलाई उचित क्षतिपूति दिन समेत सरकारसँग माग गरेको छ ।
बैठकपछि अध्यक्ष कमल थापाले धर्म गुरुहरुलाई गरिएको पक्राउले सम्पूर्ण धर्मावलम्बीहरुकै घोर अपमान भएको बताए ।
उनले रत्नपार्कको शान्ति बाटिकामा अनशनरत धर्मगुरुहरुलाई दुर्व्यवहार गर्ने, धरपकड गर्ने, धार्मिक पुस्तक च्यात्ने तथा अनशन स्थल जबरजस्ती भत्काउने जस्ता कार्य सरकारबाट हुनु दुःखद भएको बताए ।

‘ नेपाललाई हिन्दुराष्ट्र कायम गराउने माग राखि रत्नपार्कको शान्ति बाटिकामा अनशनरत धर्मगुरुहरुलाई दुर्व्यवहार गर्ने, धरपकड गर्ने, धार्मिक पुस्तक च्यात्ने तथा अनशन स्थल जबजस्ति भत्काउने जस्ता कार्य सरकारबाटै हुनु दुःखद हो, यसको राप्रपा नेपाल घोर भत्सर्ना गर्दछ।’ बैठकपछि अध्यक्ष थापाले भने ।
बैठकले यसवारे आजै प्रधानमंत्रीलाई ज्ञापन पत्र बुझाउने निर्णय समेत गरेको केन्द्रीय सदस्य राजाराम बर्तौलाले जानकारी दिए ।
बैठकले आफूहरुको उठाएको माग पुरा नभए आगामी संसद बैठक नै ठप्प बनाउने निर्णय समेत गरेको छ ।
प्रहरीले अनसनरत धर्मगुरु सहित झण्डै आधा दर्जन साधुसन्तलाई मंगलबार शान्तीबाटिकाबाट पक्राउ गरेको थियो ।

Tuesday, October 28, 2014

पोखरा मा देखा पर्यो कालो सर्प




पोखरा बाट रोहित जुङ्ग कार्कीको अनुसार

- कार्तिक महिनामा सर्प देखा पर्नुलाइ नराम्रो अशुव मानिन्छ तर हिजो पोखराको शान्तिनगर चोकमा यौटा लामो कालो सर्प देखा पर्यो, त्यो सर्पलाइ तह लगाउनको लागि एकजना युवकले समात्न खोज्दा उसलाई सर्पले डसे र घाइते बनाइ दियपछि झन् पोखराको शान्तिनगर चोकमा त्रास फैलेको थियो इ उक्त सर्पलाई प्रहरीले बोरामा हाल्दा समेत न अटेपछी सर्पलाई सोहि बोरामा कोचेर लागेको थियो, प्रहरी र स्थानीय बासीको सहयोगमा त्यो सर्पलाई प्रहरीले नियन्त्रनमा लियको थियो I सर्प प्रहरीको नियन्त्रनमा लियपछि शान्तिनगर चोक बासिमा त्रास भने अलि सामान्य भयको थियो I


राजु गिरीकोे 'टाइगर द रियल हिरो' माघ १६ मा


शुभेच्छा इन्टरटेन्मेन्टको प्रस्तुती 
चर्चित युवा निर्देशक राजु गिरीकोे पछिल्लो चलचित्र ‘टाइगर द रियल हिरो’ माघ १६ मा प्रर्दशन हुने भयको छ ।शुभेच्छा थापा, अशोक फुयाँल, सुशान्त कार्की, दिपक कंडेल, समिक्षा अर्याल, सुरज रानाभाट लगायतका कलाकारकाले अभिनय गरेको यो फिल्मलाई शंकर गिरी र काजोल गिरीले निर्माण गरेका हुन् । 


निर्देशक गिरी फिल्म नगरीमा गुणस्तर भन्दा पनि विभिन्न स्क्याण्डलले चर्चामा आउन सिपालु मानिन्छन् । उनका प्राय फिल्ममा दोहोरो अर्थ लाग्ने संवाद र दृश्य हुन्छन् । चलचित्रमा समाजमा हुने वास्तविक घटनालाई चलचित्र मार्फत देखाउन खोजिएको उहाँको भनाई छ ।

'टाइगर द रियल हिरो'लाई चलचित्र सेन्सर बोर्डले 'पिजी' सर्टिफिकेट दिएको छ ।

‘होस्टेल’पछि अनमोलको ‘जेरी’






चलचित्र ‘होस्टेल’पछि कलाकार अनमोल केसीको दोश्रो चलचित्र ‘जेरी’ प्रदर्शनका लागि तयार भएको छ । यो सिनेमा कात्तिक २८ गतेबाट प्रदर्शनमा आउने बताइएको छ । मनोज शेरचनको निर्माणमा बनेको यो सिनेमालाई हेमराज वीसीले निर्देशन गरेका हुन् । हेमराजले यसअघि चलचित्र ‘होस्टेल’ निर्देशन गरेका थिए ।



‘जेरी’मा अनमोलसहित अन्ना शर्मा, अमल्या शर्मा, अभिषेक मान शेरचन आदि कलाकारको मुख्य भूमिका छ । मनोज शेरचनले बनाएको यो चलचित्रलाई सम्राट प्रसाद गौचन र निर्देशक बिसीले लेखेका हुन् । नरेन लिम्बुको संगीत, शैलेन्द्र डि कार्कीको छायांकन तथा सुरेन्द्र पौडेलको सम्पादन छ । -

Monday, October 27, 2014

कसलाई सुनाउ खै जीवनको कथा

गीत

कसलाई सुनाउ खै जीवनको कथा 
जसलाई भने नी घट्दैन ब्यथा 
न त जान्छ प्राण आज न त बाँच्न सक्छु
आदि हाँसो आदि खुशी यस्तै यस्तै म'ता /

दुख ले रुदै झरेको आँशु बुझाउ कसरि
नमान्नु दुख परेली तिम्रो रुझाउ कसरि 2

उधारो माया दिएर सागर तरेर जानेलाई 
के भन्न सक्छु उदास यो मन गरेर जाने लाइ 

कसलाई सुनाउ खै जीवनको कथा 
जसलाई भनेनी घट्दैन ब्यथा 2 

रामकृष्ण पौडेल ''अनायास''
कविडाँडा,भरतपुर चितवन

थाइल्याण्डमा फेरि देखाइन् सन्नीले जवानी


पोर्न स्टारबाट बलिउड कलाकार बनेकी सन्नी लियोनी यतिबेला थाइल्याण्डमा छिन् । आफ्नो नयाँ सिनेमाको छायांकनका लागि लामो समयदेखि उनी थाइल्याण्डमा रहेकी हुन् ।
उनै सन्नीले आफ्नो पुरानो छवि भने छोड्न सकेकी छैनन् । उनले आफ्नो ट्विटरमा एक हट तस्बिर पोष्ट गरेकी छिन् । जहाँ उनी विकिनीमा आफ्नो मस्त जवानी देखाउँदै रमाइरहेकी छिन् । सन्नीले तस्बिरसँगै आफू पुलसाइडमा झुण्डिएको लेखेकी छिन् ।

Sunday, October 26, 2014

प्रेमिकाकै षड्यन्त्रका कारण पक्राउ परेको अनुमान : पारस

सुधार केन्द्रमा राखेपछि मात्र हिमानी भेट्न जाने

काठमाडौं, कात्तिक १०– पूर्वराजा ज्ञानेन्द्रका परिवारले पूर्वयुवराज पारस शाहलाई नेपालमा नल्याई थाइल्यान्डको राजधानी बैंकको पुनःस्थापना केन्द्र (सुधार गृह) मा राख्ने गृहकार्य अघि बढाएको छ । थाई अदालतमा १० लाख भाट धरौटी राखी केही दिनअघि मात्र प्रहरी हिरासतबाट मुक्त भएका पारसलाई उपचारका लागि बैंककमै पुनःस्थापना केन्द्रमा राख्ने निष्कर्षमा निर्मल निवास पुगेको हो ।


अवैध लागूऔषध सेवन गरेको अभियोगमा गत महिना उनी थाइल्यान्डको रुङखाईमा पक्राउ परेका थिए । नेपालमा ल्याउँदा उनी फेरि दुव्र्यसनमा फस्न सक्ने भएकोले भाइल्यान्डमै पुनःस्थापना केन्द्रमा राख्ने तयारी परिवारले गरेको हो ।
पारसलाई तत्काल नेपाल ल्याउने सोच ज्ञानेन्द्र परिवारले त्यागिसकेको छ । उनलाई भेट्न जाने सोच पनि पूर्वयुवराज्ञी हिमानी र पूर्वराजकुमारी प्रेरणाले त्यागिसकेकी छन् । सुधार केन्द्रमा राखेपछि मात्र हिमानी र प्रेरणा बैंकक जाने भएका छन् ।



यता, पारसकी प्रेमिका अझैसम्म उनको सम्पर्कमा आएकी छैनन् । आफु पक्राउ पर्नुमा प्रेमिकाकै षड्यन्त्र भएको अनुमान पारसले गरेका छन् । प्रेमिकासहित उनको सम्बन्ध पूर्ण रुपमा टुटिसकेको छ । प्रेमिकासँग उनको सम्बन्ध टुटेपछि पारस अब सजिलै नेपाल फर्कने अनुमान परिवारले गरेको छ । आजको राजधानी दैनिकमा खबर छापिएको छ ।

देउसी भैलो को रकम बृधाश्रम लाई सयोग


पोखरा बाट हाम्रो सम्बाद दाता रोहित जुङ्ग कार्की को अनुसार 
कहुन्खोला जागरण समूह वडा न : १३ ले आयोजना गरेको देउसी भैलो कार्यक्रममा संकलन भयका केहि पैसाहरु मध्यमा ५,००० रुपिया पोखरा बृधाश्रम, सीता पाइला वडा न: १७ मा बृधा आमा बुवाहरुलाई हस्तान्तरण गरेको छ I 


प्रेमिकाकै षड्यन्त्रका कारण पक्राउ परेको अनुमान : पारस

पूर्वराजा ज्ञानेन्द्रका परिवारले पूर्वयुवराज पारस शाहलाई नेपालमा नल्याई थाइल्यान्डको राजधानी बैंकको पुनःस्थापना केन्द्र (सुधार गृह) मा राख्ने गृहकार्य अघि बढाएको छ । थाई अदालतमा १० लाख भाट धरौटी राखी केही दिनअघि मात्र प्रहरी हिरासतबाट मुक्त भएका पारसलाई उपचारका लागि बैंककमै पुनःस्थापना केन्द्रमा राख्ने निष्कर्षमा निर्मल निवास पुगेको हो ।


अवैध लागूऔषध सेवन गरेको अभियोगमा गत महिना उनी थाइल्यान्डको रुङखाईमा पक्राउ परेका थिए । नेपालमा ल्याउँदा उनी फेरि दुव्र्यसनमा फस्न सक्ने भएकोले भाइल्यान्डमै पुनःस्थापना केन्द्रमा राख्ने तयारी परिवारले गरेको हो ।
पारसलाई तत्काल नेपाल ल्याउने सोच ज्ञानेन्द्र परिवारले त्यागिसकेको छ । उनलाई भेट्न जाने सोच पनि पूर्वयुवराज्ञी हिमानी र पूर्वराजकुमारी प्रेरणाले त्यागिसकेकी छन् । सुधार केन्द्रमा राखेपछि मात्र हिमानी र प्रेरणा बैंकक जाने भएका छन् ।

यता, पारसकी प्रेमिका अझैसम्म उनको सम्पर्कमा आएकी छैनन् । आफु पक्राउ पर्नुमा प्रेमिकाकै षड्यन्त्र भएको अनुमान पारसले गरेका छन् । प्रेमिकासहित उनको सम्बन्ध पूर्ण रुपमा टुटिसकेको छ । प्रेमिकासँग उनको सम्बन्ध टुटेपछि पारस अब सजिलै नेपाल फर्कने अनुमान परिवारले गरेको छ ।

डनको भाइटिका

 गृहमन्त्री तथा उपप्रधानमन्त्री वामदेव गौतमका सल्लाहकार प्रदिप नेपालकी पत्नी झुमा देवानले काठमाडौंका चर्चित डन चक्रे मिलनसँग भाइटीका लगाएकी छन् ।

चर्चित डन मिलन चक्रे र नेता नेपालको पत्नी देवानले संगै कुम जोडेर फोटो खिच्ने कार्यक्रम गरेका थिए । नेता नेपालको पत्नीले भाइटीका लगाएको तस्बिर नेता नेपालले आफ्नो फेसबुक वालमा राखेका छन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छापिएको छ ।

छिमेकीको घरमा आगो लगाउने पक्राउ

     मादक पदार्थ सेवन गरी छिमेकीको घरमा आगो लगाउने एक व्यक्तिलाई दक्षिणी झापाको घेराबारीबाट प्रहरीले पक्राउ गरेको छ। 

पक्राउपर्नेमा घेराबारी–६ निवासी २२ वर्षीय नानाहाङ सेलिङ लिम्बू रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। 

लिम्बूले सोही ठाउँ निवासी धनबहादुर नेपालीको फुसको घरमा गएराति आगो लगाएको इलाका प्रहरी कार्यालय राजगढले जनाएको छ। आगलागीका कारण नेपालीको घर पूर्णरुपमा जलेर नष्ट भएको छ। नेपालीकी श्रीमती लक्ष्मीसमेत जलेर घाइते बनेको प्रहरीले जनाएको छ। 

घाइते लक्ष्मीको मेची अञ्चल अस्पताल भद्रपुरमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी प्रवक्ता विश्वमणि पोखरेलले जानकारी दिए।

बेलुकाको खानपिन सकेर सुतेका नेपाली दम्पतीले आधा घर जलिसकेपछि मात्र थाहा पाएकाले घरमा राखिएको लत्ताकपडा, खाद्यान्नलगायतका सामग्री निकाल्न नपाएको बताइएको छ। रासस

ओखलढुंगामा जीप दुर्घटना, ७ जनाको मृत्यु, १३ घाइते

ओखलढुंगाको अधेरी नारायणस्थानमा भएको जीप दुर्घटनामा ७ जनाको मृत्यु हुनुका साथै १३ जना घाइते भएका छन्।

निशङ्खेबाट सदरमुकाम ओखलढुंगा तर्फ आउदै गरेको बा ५ च ५८७८ नम्बरको जीप आइतबार बिहान करिब १० बजेतिर सिद्धिचरण नगरपालिका ११ नारायणस्थानमा भएको दुर्घटनामा २ महिला सहित ७ जनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ।

दुर्घटनामा घाईते भएका १३ जनालाई उपचारका लागि मिसन अस्पताल ओखलढुंगा लगिएको छ । घाईतेमध्ये एकजनाको अवस्था गम्भिर छ ।

ज्यान गुमाउनेहरुमा ठूलाछाप ७ बस्ने मनिराम भट्टराई, चोलेन्द्र खत्री, सरिता खत्री, तलुवाका टिका बस्नेत, ठूलाछाप ८ का तेजबहादुर बस्नेत, ठूलाछाप ४ का दोहिनी भट्टराई र वाप्सा ९ का महनकुमार राई रहेको जिल्लाका डिएसपी डम्बर विकले जानकारी गराए।

गोर्खे साइँलो सम्मानित

अक्टोबर २२, २०१४

         भरतपुर । ‘उत्तराखण्ड बालकल्याण साहित्य संस्थान’द्वारा ‘गोर्खे साइँलो’ सम्मानित भएका छन् । भारतको उधमसिंहनगर जिल्ला खटिमा स्थित ‘उत्तराखण्ड बालकल्याण साहित्य संस्थान’द्वारा आयोजित ‘अन्तराष्ट्रिय बाल साहित्य सम्मेलन–२०१४’,बाट पल्लव साहित्य प्रतिष्ठानका संस्थापक अध्यक्ष ऋषिप्रसाद लामिछाने ‘गोर्खे साइँलो’ लाई सम्पादकिय शिरोमणि पुरस्कारका साथमा अन्तर्राष्ट्रिय महनीय साहित्य सम्मान–२०१४’ बाट सम्मानित गरेको थियो । कार्यक्रममा नेपालबाट भाग लिन गएका सहभागीहरूमध्ये 

कपडा पसलमा आगलागी हुँदा ६२ लाखको क्षति

         विराटनगर, कात्तिक ९ – धनकुटा–७ स्थित एक कपडा पसलमा आज बिहान आगलागी हुँदा करिब रु ६२ लाख बराबरको धनमाल क्षति भएको छ ।
 खेमराज पाण्डेको आफ्नै घरमा रहेको पसलमा विद्युत् चुहेर भएकोे आगलागीमा कपडा, गरगहनालगायतका सामान जलेर नष्ट भएको पूर्वाञ्चल क्षेत्रीय प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

स्थानीय जनता, प्रहरी र सशस्त्र प्रहरीको सहयोगमा आगलागी नियन्त्रणमा लिइएको हो ।

रेकर्ड तोड्दै ‘ह्याप्पी न्यु इयर’ले पहिलो दिनमै कमायो ४४.९७ करोड


(एजेन्सी) दिपावलीको अवसर पारेर रिलिज भएको फराह खान निर्देशित चलचित्र ह्याप्पी न्यु इयरले बक्स अफिसमा बम्पर ओपनिङ गरेको छ ।
शाहरुख खान, दीपिका पादुकोण, अभिषेक बच्चन, सोनु सूद, बोमन इरानी र विवान शाह अभिनित यस चलचित्रले पहिलो दिननै लगभग ४४.९७ करोड रुपैयाँको व्यापार गर्दै नयाँ रेकर्ड बनाएको छ । बलिवुडका ट्रेड एनालिस्ट तरण आदर्शले यसबारे जानकारी आफ्नो ट्वीटर एकाउन्टमा दिएका छन् ।
उनका अनुसार ह्याप्पी न्यु इयरले पहिलो दिन हिन्दीमा ४२.६२ करोड, तेलुगुमा १.४३ करोड र तामिलमा ९२ लाख कमाएको छ ।
यसअघि पहिलो दिनमै सबैभन्दा बढी कमाई गर्ने चलचित्रको रेकर्ड आमिर खान अभिनित चलचि धुम ३ को नाममा थियो । उक्त चलचत्रिले पहिलो दिनमा ३६ करोड रुपैयाँ कमाएको थियो ।

नेपाली मूलका खगेन्द्र क्षेत्री अमेरिकामा सुपर लयर


न्युयोर्क, कात्तिक ९- अमेरिकामा आएर वकालत गर्ने पहिलो नेपाली अधिवक्ता खगेन्द्र क्षेत्री अमेरिकाको सुपर लयर समुहमा पर्न सफल भएका छन् । न्युयोर्कमा रहेर वकालत पेशामा सकृय रहेका क्षेत्री सुपर लयर २०१४ मा पर्न सफल भएका हुन् ।

क्षेत्री अमेरिकामा रहेका वकिलहरु मध्येबाट सुपर लयर छनौट पश्चात सार्वजनिक गरिएको सूचीमा पर्न सफल भएका हुन् । कार्यसम्पादन, अध्ययन लगायतका विभिन्न विषयलाई आधार मानेर सुपर लयर छनौट गर्ने गरिन्छ । विभिन्न ७० क्षेत्रका वकिलहरु मध्येबाट उत्कृष्ट लयर छानिनेमा नेपाली मूलका अधिवक्ता क्षेत्री इमिग्रेसन क्षेत्रका अधिवक्ता तर्फबाट सुपर लयरमा पर्न सफल भएका हुन् । नेपालको गुल्मी जिल्लामा जन्मेका अधिवक्ता क्षेत्रीले कोलम्बिया युनिभर्सिटीबाट एलएलएम र फोरदम युनिभर्सिटीबाट जेडी गरेका छन् ।

२५ बर्ष भन्दा धेरै समयसम्म वकालत गरेका क्षेत्रीले सुपर लयरमा परिसके पश्चात खुशी व्यक्त गरे । सुपर लयर समूहमा परे पश्चात आफूलाई कार्य सम्पादनमा थप हौसला प्राप्त भएको क्षेत्रीले बताए । अमेरिकाबाट सञ्भालित ह्वाईट हिमाल टेलिभिजनको साप्ताहिक कार्यक्रम ल एण्ड लएर मार्फत अमेरिकामा रहेका नेपालीहरुलाई इमिग्रेशन कानुन सम्बन्धी बिभिन्न जानकारी समेत दिदै आएका क्षेत्री ह्वाईट हिमाल टेलिभिजनको बिशिष्ट सदस्य समेत हुन् । सुपर लयरमा पर्न सफल क्षेत्री एनआरएन अमेरिकाको अध्यक्ष समेत हुन् 

सेक्स गरिसकेपछि महिलाहरुले ध्यान दिनुपर्ने कुराहरु


सम्भोग यौन सन्तुष्टिको सबैभन्दा उच्च विन्दु वा तरिका हो । सम्भोगका बेला दुवै पक्षबीच राम्रो समझदारी भयो, एकले अर्कोको भावना बुझेर सोही मुताविक भूमिका खेल्यो भने सम्भोग निकै नै आनन्ददायी हुन्छ ।
तर सेक्स पार्टनरहरु आआफ्नै दुनियामा भुल्ने हो भने र एकले अर्कोको मनोभावनाको कदर नगर्ने हो भने सेक्सकर्मबाट पाउनुपर्ने सन्तुष्टि प्राप्त हुन सक्दैन, न त पार्टनरबीच भावनात्मक निकटता नै पैदा हुन्छ । सम्भोगका बेला महिला र पुरुष दुबैले आफ्नो पार्टनरको भावना र उसको चाहनाको ख्याल गर्न सक्नुपर्छ ।

हामीले यहाँ सम्भोगका बेला पुरुषले आफ्नो महिला पार्टनर बाट कुन कुराको अपेक्षा गरेको हुन्छ र पुरुष पार्टनरप्रति सम्भोगका बेला महिलाले कुन कुन कुरामा ध्यान दिनुपर्छ भन्ने केही टिप्स प्रस्तुत गरेका छौँ । पार्टनरको चाहना बुझ्नुहोस् ।

कस्तो ड्रेसअप उसले मन पराउँछ तथा कस्तो आसन उसको लागिबढि रुचिकर हुन्छ भन्ने कुरामा ध्यान दिनुहोस् । पार्टनरलाई यस्तो मन पर्छ भनेर आफै निर्णय नगर्नुहोस्, वा आफै न्यायाधिश नबन्नुहोस् । पार्टनरको भावना अनुसारको ड्रेसअप तथा अन्य भूमिका निर्वाह गर्न सक्नुभयो भने अवश्य पनि सम्भोग आनन्ददायी बन्नेछ ।

पाक्क्रिडाका विभिन्न तरिका अबलम्बन गर्ने क्रममा आत्मविश्वासी बन्नुहोस् । मुखमैथुन तथा अन्य प्रक्रिया अवलम्बन गर्दा सम्झनुहोस् यसो गर्ने केवल म मात्र छैन । सम्भोगका आधुनिक तरिका तथा आसनको मामिलामा उदार बन्न सक्नुभएन भने तपाइँको पार्टनरलाई चित्त नबुझ्न सक्छ । त्यसकारण स्वास्थ्यलाई ख्याल गर्दै सेक्सलाई बढिभन्दा बढि आनन्ददायी बनाउनका लागि विभिन्न तरिका अपनाउनुहोस् र त्यस्ता तरिकामा पार्टनरलाई भरपूर सहभागी बनाउनुहोस् ।

सम्भोगलाई सहज रुपमा लिनुहोस्, कुनै फिल्म वा रोमाञ्चक कथाको पात्रको प्रतिनिधिको रुपमा आफुलाई ढाल्दै रोमाञ्चित बन्नुहोस् । सकेसम्म पीडा तथा संकोचलाई कम गर्दै आनन्दप्राप्तिका उपाय खोज्नुहोस् । सम्भोगका बेला आफ्ना चाहना तथा सम्भोगका विधिको प्रयोगका विषयमा पार्टनरसँग पहिले नै खुलस्त कुराकानी गर्नुहोस् । आफुलाई गर्न अप्ठेरो लाग्ने कुराको विषयमा पनि खुलेर भन्नुहोस् ।

यौन स्वास्थ्य र सुरक्षाको विषयमा कुनै पनि सम्झौता नगर्नुहोस् र यस्तो मामिलामा मायालु बनेर पार्टनरलाई बुझाउन सक्नु तपाइँको सबैभन्दा ठूलो क्षमता हुन्छ । अझ भन्नुपर्दा सम्भोग अघि नै तपाइँले सेक्सका केही नियम बनाउनुहोस् जसका कारण सेक्सको मातका बेला पनि तपाइँको पार्टनर नबिच्कियोस् र सोही कारण तपाइँहरुबीच असमझदारी सिर्जना भई नराम्रो स्थितिको सिर्जना नहोस् ।

फेसबुकमा लभ परेर होटल बोलाइएकी युवती आफ्नी बुहारी परेपछ

     सामाजिक सञ्जाल लभ अफेयर चलाउने गतिलो साधन भएको छ । कहिल्यै नभेटका र नदेखेकाहरु फेसबुकमार्फत सहजै साथी बन्छन् । कतिको घरबार बिग्रिएको छ भने कतिले बिहेबारी समेत यही फेसबुकले गराइदिएको छ ।
तर, चीनमा एउटा यस्तो घटना भएको छ, अनलाइनमा साथी बनेर भेट्न जाँदा ससुराबुहारी पो परेछन् । एकआपसमा भेट्दा यी दुबै जना लाजले पानी पानी मात्रै हुनु परेन्, बाबुले छोराको कुटाइसमेत खानुपरेको समाचार एजेन्सीहरुले जनाएका छन् ।
घटना चीनको हेलोगजियांग प्रान्तको हो । यी ससुरा र बुहारी दुबैले आफ्ना पति पत्निलाई झुक्काएर च्याट गर्थे । दुवै जनाले आफ्नो नाम र फोटो समेत बदलेका थिए । अनजानवश च्याटमा भएको भेट र कुराकानी माया प्रेममा परिणत हुन थाल्यो ।
यसो त ५७ बर्षीया वांगलाई अनलाइनमा साथी बनाउने र च्याट गर्ने लत नै थियो । वांग आफ्नै बुहारीसँग कुरा गर्दा आफू एउटा कम्पनीको निर्देशक भएको भनेर ढाँटथे, श्रीमतीको मृत्यु भइसकेकाले आफू एक्लै भएको ती महिलालाई बताउथें ।
बुहारी लिली पनि के कम ? उनी आफ्नो श्रीमान जेलमा रहेकाले छोरासँग मात्रै बस्दै आएको बताउँदै आएकी थिइन् । हरराति यी दुईबीच च्याट्मा कुरा हुन्थ्यो । पछि फोटो पठाउने कुरा भयो । अनि दुबै जनाले आफ्ना साथीका राम्रा फोटो पठाइदिए । फोटो हेरिसकेपछि दुबैजनाले बेलुकी स्थानीय होटेलमा ६ बजे भेट्ने तय गरे । लिली र वांगबीच होटेलमा भेट्ने तय भएकै दिन लिलीका श्रीमान यात्राबाट घर पर्किए । उनले च्याटबारे सबै जानकारी पाएपछि दुबैलाई रंगेहात समात्न होटलतिर लागे । लिली जब होटेलमा गएर कोठा ढकढकाईन् त्यसपछि ढोका खोल्दा आफ्नै ससुरा पो परेछन् । पछि श्रीमान पनि लिलीलाई पछ्याउँदै होटल पुगेपछि लफ्डा सुरु भयो । लिलीका श्रीमानले बाबु र श्रीमतीलाई कुटपिट गरेपछि प्रहरी आइपुग्यो । अहिले फेसुबक लभको को चक्करमा प्रहरीले सासुबुहारीलाई केरकार गरिरहेको छ ।

Saturday, October 25, 2014

“झिल्के” बन्दै सलोन बस्नेत


तिहारको लक्ष्मी पूजाको दिन परेर शोभित बस्नेतको नया चलचित्र “झिल्के” छायांकन सुरु गरिएको छ । शोभित बस्नेतको निर्देशन रहने चलचित्र “झिल्के” को अहिले धमाधाम छायांकन चलिरहेको छ । चलचित्रमा सलोन बस्नेत ,करिश्मा श्रेष्ठ ,गौरी मल्ल, बिजय लामा ,कविता घिसिङ्ग ,भानु प्रताप, एलिना लगायतको कलाकारको मुख्य अभिनय रहने छ ।सलोन फिल्म्सको ब्यानरमा निर्माण हुन लागेको चलचित्र “झिल्के”को छायांकन काठमाण्डौ , बिरगंज ,लम्जुङ्गको घले गाउ लगायतको ठाउमा गरिदै छ ।


चलचित्रमा रामजी लामिछानेको नूत्य ,टंक बुढाथोकिको संगीत ,कृष्ण श्रेष्ठको छायांकन ,अस्ट महर्जनको एक्शन रहने छ । चालिस लाखको लगानी रहने यस चलचित्रले फागुन महिनामा प्रदर्शन गर्ने योजना रहेको चलचित्रका निर्देशक शोभित बस्नेतले जानकारी दिनु भयो । निर्देशक शोभित बस्नेतको निर्देशनमा बन्न लागेको चलचित्र “झिल्के” बस्नेतको निर्देशनमा तयार हुने २८वौ चलचित्र हो ।शोभित बस्नेतको निर्देशनमा तयार भएको चलचित्र “जाऊ हिड पोखरा” प्रदर्शनको तयारीमा रहेको छ ।

Thursday, October 23, 2014

आज बाट यी दुइ चलचित्र भिड्दै



विगत 3 दशकदेखी चलचित्र क्षेत्रमा अनवरत रूपमा सकृय भई , अत्यन्त प्रतिकूल अवस्था हुदापनी अर्कों कुनै व्यवसाय नगरी नियमित रूपमा चलचित्र निर्माण गरेर कैंयौ नवप्रतिभा हरूलाई अवसर प्रदान गर्दै नेपाली चलचित्र क्षेत्रमा अधिकांश कलाकर्मीवाट "बा" उपनामले सम्मानित छविराज अोझा द्वारा निर्मित चलचित्र " लज्जा" ( निर्देशक नवल नेपाल ) आज बाट प्रदशन भयको छ / " लज्जा" ले व्यवसायिक सफलताको झण्डा गाडोस भन्ने हार्दिक शुभकामना दिन चाहन्छु । साथै सोही मितीमा प्रदर्शन भयको दिवाकर भट्टराई निर्देशित " स्टुपीड मन " लाई पनी व्यवसायिक सफलता मिलोस भन्ने कामना गर्दछु । दीपावली 2071 यहँाहरू सवैका लागी शुभ रहोस भन्ने अपेक्षा गर्दछु।


दीपिकाले शाहरुखसँग बिदा मागिन


 प्रतिक्षित फिल्म ‘ह्याप्पी न्यु इयर’ रिलिजको तिथि नजिकिदै गर्दा अभिनेत्री दिपिका पादुकोणले भने शाहरुखसँग बिदा मागेर घर गएकी छिन् । चार वर्ष लगातार घर बाहिर दीपावली मनाएकी दीपिकाले यसपाली परिवारका सदस्यसँग दीपावली मनाउने भन्दै बिदा मागेकी हुन् ।
फिल्म प्रचारको कामवाट विदा लिएर बैंगलोरस्थित घर पुगेकी दीपिकाले दीपावलीभरि फिल्मसँग सम्बन्धीत कुनै पनि कार्यक्रममा उपस्थित नहुने भएकी छिन् ।
दीपावली सकिएपछि भने मुम्बइमा आयोजित कार्यक्रममा उपस्थित हुने योजना बनाएकी दीपिकाले ‘ह्याप्पी न्यु इयर’ले आम दर्शकलाई खुसी बनाउने दाबी गरेकी छिन् ।


अवार्डमै बित्ने भो अधिकांश कलाकारको तिहार







नेफ्टा अवार्डमा सहभागी भएर काठमाडौ आएको चार दिनपछि फेरी हङकङ जानुपर्ने भएको छ पि्रयंका कार्कीलाई । २६ अक्टोबरमा हङकङमा हुने ‘इन्फा’ अवार्डमा सहभागी हुने तयारीमा रहेकी पि्रयंकाले यसपालीको तिहार ‘अवार्ड’मै सिमित भएको बताइन् ।
पि्रयंका मात्रै हैन । अहिले धेरै कलाकारलाई अवार्डको चटारोले छोएको छ । भाइटिकाकै भोलिपल्ट आइतवारको दिन अवार्ड हुने भएकाले पनि धेरै कलाकारले तिहारको रमाइलो हङकङ गएर मनाउने योजना बनाइरहेका छन् ।
विदेशमा नेपाली चाड मनाउदा रमाइलो लाग्छ भन्ने भुवन केसीले यसपालीको तिहार ऐतिहासिक भएको प्रतिक्रिया दिए ।’हङकङमा यहाँ जत्तिकै तिहारलाई माया गर्ने नेपाली छन्, मलाइ त विदेशको चाड निकै रमाइलो लाग्छ ।’ उनले अनलाइनखवरसँग भने ।
चाडवाडको छेकोमा गरिने अवार्ड कार्यक्रममले फिल्मी बजार बढाउन भुमिका खेल्ने उनले बताए । पछिल्ला केही वर्ष दसैं तिहार जस्ता कार्यक्रम विदेशमै मनाइरहेको बताउने सिताराम कट्टेल ‘धुर्मुश’ले हङकङको तिहार रमाइलो बिश्वास गरेका छन् । ‘आधा तिहार नेपालमा आधा तिहार हवाइजहाजमा मनाउँदा बढी रमाइलो हुन्छ भन्ने लागेको छ ।’ उनले ठट्यौली शैलीमा भने ।
धेरै कलाकारको दसैं तिहार प्रायः विदेशमै
आफुले गीत गाउन थालेपछि दसैं, तिहार र नयाँ वर्ष जस्ता कार्यक्रम प्राय विदेशमै मनाएको बताउँछन गायक धिरज राई । अर्का कलाकार जितु नेपालको पनि भनाइ धिरजको भन्दा फरक छैन । ‘पछिल्लो २० वर्षमा १५ वटा दसैं-तिहार बिदेशमै मनाएँ होला ।’ जितुले भने ।
बिबाह गरेपछि छोरी सम्हालेर घरमै रमाउन थालेको बताउने अरुणिमा लम्सालसंग पनि धेरै पर्व विदेशमै मनाएको अनुभव छ । अर्की नायिका नन्दिता केसीले त ‘इन्द्रेणी’ फिल्म खेलेपछिको १२ वर्षमा चार पटक मात्रै स्वदेशमा चाडपर्व बनाएकी छिन् ‘विदेशमा पनि धेरै जसो कार्यक्रम चाड लक्षित हुने भएकाले धेरै पर्व विदेशमा बस्ने दाजुभाइसंगै मनाएकी छु ।’ उनले भनिन् ।


गाई पूजा


तिहारको तेस्रो दिन गाईको पूजा गर्दै सर्वसाधारण ।

Wednesday, October 22, 2014

घरघरमा दीपावली गरेर लक्ष्मीपूजा पर्व मनाइँदै


यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज साँझ ऐश्वर्य, धनधान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजा आराधना गरी श्रद्धा भक्तिपूर्वक लक्ष्मीपूजा पर्व मनाइँदैछ ।
सफासुग्घर र लिपपोत नगरिएको घरमा लक्ष्मीले बास गर्दिनन् भन्ने मान्यताका आधारमा आज बिहानै घर सफासुग्घर र लिपपोत गरी दीपावली गरेर लक्ष्मीलाई आमन्त्रण गर्ने गरिन्छ । आज विशेषगरी घरका झ्याल, ढोका, चोटा, कोठा, सड्घार, कौसी, अटाली र भर्‍याङलगायतका स्थानमा सरसफाइ गरी दीपावली समेत गर्ने गरिन्छ ।
आजको रातलाई सुखरात्रि पनि भनिन्छ । लक्ष्मी पूजाका लागि आज साँझ आँगनदेखि मूलढोका हुँदै लक्ष्मी स्थापना गरी पूजा गर्ने पूजा कोठासम्म गाईको गोबर र रातोमाटोले लिपपोत गरेर चामलको पीठो र अबीरले लक्ष्मीको पाइला बनाई लक्ष्मी आउने बाटो देखाइन्छ । पाइलैपिच्छे केराको सुत्लो अथवा माटाको पालामा दीप प्रज्ज्वलन गरी झिलिमिली बनाइन्छ ।
दीपावली गरिसकेपछि पूजा कोठामा दियो, कलश र गणेशसहित लक्ष्मी स्थापना गरेर गरगहना, पैसा, धान, चामल, फलफूल, सेलरोटी र फूलमाला चढाई विधिपूर्वक लक्ष्मीको पूजा गरिन्छ ।
लक्ष्मीपूजापछि कन्या केटी र छोरी चेलीलाई लक्ष्मीको प्रतीक मानी पूजा गरी दक्षिणासमेत दिने प्रचलन रही आएको छ । आज घरमा लक्ष्मीपूजा गरेपछि धनदौलत वा अन्य सामान घरबाहिर पठाए लक्ष्मी बाहिर जान्छिन् भन्ने धार्मिक विश्वास समेत रही आएको छ ।
आज साँझ युवती समूह बनाई घर घरमा भैलो खेल्छन् । भगवान् विष्णुबाट यमपञ्चकको पाँच दिन स्वर्ग, मत्र्य र पाताल तीनै लोकको शासन गर्ने वरदान पाएका बलिराजाले भलो होस् भनी घरघरमा गाउन लगाएको सम्झनामा भैलो खेल्ने गरिएको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा. डा. रामचन्द्र गौतमले बताए ।

आज भैलो खेल्न आउनेलाई धान, चामल, फूलमाला, पैसा र सेलरोटीसमेत दिने गरिन्छ । भैलो खेल्न आउनेलाई दान दिएमा पुण्य प्राप्त हुने धार्मिक विश्वास रही आएको छ ।


via- See more at: http://www.onlinekhabar.com/2014/10/199428/#sthash.L2B6pjNF.dpuf

करिश्माको सेक्सी पहिरन र ट्याटु



नायिका करिश्मा मानन्धर पहिरनको बिषयमा सधै नै अलग छिन् । उनले लगाएका पहिरनबाट प्रभावित हुनेहरु पनि धेरै छन् । छातीमा खोपिएको ट्याटुलाई देखाएर करिश्मा हट बन्ने कोशिशमा सधै नै हुन्छिन् ।
हङकङमा सोमबार आयोजना भएको कार्यक्रममा करिश्माको सेक्सी पहिरनले धेरैको ध्यान तान्यो । उपस्थिती हङकङवासी नेपालीहरु पनि करिश्माको हट अवतारको तारिफ गर्दै थिए । ४० बर्ष काटिसक्दा पनि पहिरन र सुन्दरतामा अलग बन्न सक्ने करिश्माको खुबी गजबकै छ ।
://www.onlinekhabar.com/2014/10/199137/#sthash.BR3pNMh3.dpuf

Tuesday, October 21, 2014

सेक्समा सन्तुष्टि भएन ? ल यसो गर्नुस्


मेडिकल साइन्सका अनुसार यौनसम्पर्कका बेला शरीरमा हुने विभिन्न परिवर्तन र चरमानन्दको प्राप्तिलाई चरमसुख भनिन्छ। यो चरणमा योनीका मांसपेसीहरू खुम्चने र फैलने गर्छन् र यसैबाट सुख अनुभूति हुन्छ । यो अवस्थामा पुग्दा मुटुको धड्कन तीव्र हुन्छ, शरीरमा रक्तप्रवाह बढ्छ, हार्मोनल परिवर्तन आउँछ, मसल्स खुम्चिन्छ र अन्तमा इज्याक्युलेसन हुन्छ । पुरुषको तुलनामा महिलाले सहज रूपमा चरमसुख अनुभव गर्दैनन्।




गहिरो श्वास-प्रश्वास लिनुपर्छः

चरमसुखको सुखद् अनुभव हाम्रो पूरा शरीरले गर्छ र यसको प्रारम्भ श्वास-प्रश्वासबाट हुन्छ। चरमसुखको सुखद् अनुभवको आनन्द उठाउन श्वाससित खेल्नुपर्छ। सहवासका बेला श्वासतर्फ ध्यान दिनुपर्छ। श्वास कहिले गहिरो हुन्छ त कहिले कम हुन पुग्छ। चरमसुख नजिक पुग्नेबित्तिकै गहिरो श्वास लिदै छोड्नुपर्छ। अक्सिजनले शरीरको रक्तप्रवाहलाई तीव्र गर्छ। यसबाट चरमसुख प्राप्ति सहज हुन्छ। जति बढी अक्सिजन लिइन्छ, चरमानन्द उति नै रमाइलो र स्थायी हुन्छ।

शरीरसित खेल्नुपर्छः

यौनसम्पर्कका बेला शरीरलाई सक्रिय राख्नु आवश्यक छ। अधिकांश महिला यो अवस्थासम्म पुगेपछि शरीरलाई एकदम कडा पार्छन्, जुन गलत हो। राम्रो र सुखद चरमसुखका लागि शरीरको पर्याप्त प्रयोग गर्नुपर्छ। अलग-अलग शारीरिक गतिविधि प्रयोग गर्नुपर्छ।

कामोत्तेजक अंगको प्रयोगः

चरमसुख अनुभव गर्न यौनाङ्गतर्फ मात्र ध्यान केन्द्रित गर्नुको साटो अरू कामोत्तेजक अंगहरू जस्तै नितम्ब, ओ ठ, स्तन, पिठ्युँ, कानको आसपासको भाग, स्तनको मुन्टो आदि अंगलाई प्रेमपूर्वक सुमसुम्याउनुपर्छ, चुम्बन गर्नुपर्छ र साथीलाई पनि यसो गर्नका लागि प्रेरित गर्नुपर्छ।

रिल्याक्स रहने प्रयास गर्नुपर्छः

राम्रो चरमसुखको अनुभवका लागि शरीरका हरेक अंगलाई यौनक्रियामा लिप्त राख्ने प्रयास गर्नुपर्छ। विशेषगरी शरीरका ती अंगमा ध्यान पुर्या उनुपर्छ, जसको मांसपेशीहरू खुम्चन्छन्। यदि कामोत्तेजनाका कारण मांसपेशीहरू खुम्चिएको महसुस हुन्छ भने गहिरो श्वास लिएर रिल्याक्स रहने प्रयास गर्नुपर्छ।

यौन परिकल्पनाको सहारा लिनुपर्छः

यौन परिकल्पनाको मदतबाट पनि चरमानन्द प्राप्त गर्न सकिन्छ। यौन परिकल्पना सहवासलाई सुखमय र उत्तेजिक बनाउन सहायक हुन्छ। विशेष गरी उत्तेजना महसुस नभए कामुक कुराको कल्पनाबाट चरमानन्दसम्म पुग्न सकिन्छ।

यौनखेलौनाः

यौनखेलौना चरमसुखसम्म पुग्ने सरल उपाय हो। यौनखेलौनाको मदतबाट फरक ढंगबाट चरमानन्द अनुभव हुन्छ। सुखमय यौ नसम्पर्कका लागि खेलौनाको आवश्यकता पर्दैन, तर यो यौन उत्तेजना बढाउन सहायक हुन्छ।

पानीमा भिज्नुपर्छः

यदि यौनखेलौना, यौन परिकल्पनाको उपाय मन पर्दैन भने पानीको सहारा लिन सकिन्छ। यसका लागि यौनसाथीसित शावरमुनि वा बाथ टबमा नुहाएर चरमानन्द प्राप्त गर्नुपर्छ। यसले फरक र भिन्न खालको अनुभव प्रदान गर्छ।

स्वास्थ्य-परीक्षण गराउनुपर्छः

यी सबै उपायका बाबजुद पनि चरमसुखको अनुभव हुँदैन वा भएन भने चिकित्सकको सल्लाह लिनु उचित हुन्छ। स्वास्थ्य-परीक्षण गराउनुपर्छ। कहिलेकाहीँ स्वास्थ्य समस्या वा अत्यधिक औषधी सेवनका कारण पनि चरमसुख प्राप्त हुँदैन।

तिहारमा बत्ति बाल्दा भुल्न नहुने कुरा

तिहार झिलीमिली बत्तिको पर्व हो । खासगरी परंपरागतरुपमा पालामा बत्ति बाल्ने चलन छ तिहारमा ।

स्कन्ध पुराणमा कार्तिक महिनाको कृष्णपक्षको त्रयोदशी अर्थात धनतेरस (काग तिहार) मंगलबारको प्रदोश काल भनिने सँझमा यमराजको निम्ति बत्ति बाल्नु पर्ने र यसो गर्दा अकाल मृत्यु नहुने उल्लेख छ । दिपावली प्रदोशकालमा अर्थात साँझमै गर्नु पर्छ ।


कसरी बाल्ने वत्ति ? 


माटाको पालालाई सफा जलले सफा गर्ने अनि कपासको बत्ति तयार गर्ने । बत्तिका चारै मुख देखिने गरी बत्ति तयार गरेपछि कालो तिल चढाएर पुजा गर्ने । यसमा अन्य प्रसाद समेत चढाउन सकिन्छ ।


बत्ति बाल्दा पढिने मन्त्रः

मृत्युना पाशदण्डाभ्यां कालेन च मया सह।
त्रयोदश्यां दीपदनात् सूर्यज: प्रीयतामिति।।


नमस्कार गर्दै फुल प्रसाद चढाउने मन्त्रः



ऊं यमदेवाय नम:। नमस्कारं समर्पयामि।।

ऊं यमदेवाय नम:। नैवेद्यं निवेदयामि।।

ऊं यमदेवाय नम:। आचमनार्थे जलं समर्पयामि।

यमराजलाई बत्ति बालेपछि दक्षिण दिशामा नमस्कार गर्ने । यसो गर्दा यमराज प्रसन्न हुने र अकाल मृत्युको भय नहुने शास्त्रमा उल्लेख छ ।