Sunday, October 26, 2014

रेकर्ड तोड्दै ‘ह्याप्पी न्यु इयर’ले पहिलो दिनमै कमायो ४४.९७ करोड


(एजेन्सी) दिपावलीको अवसर पारेर रिलिज भएको फराह खान निर्देशित चलचित्र ह्याप्पी न्यु इयरले बक्स अफिसमा बम्पर ओपनिङ गरेको छ ।
शाहरुख खान, दीपिका पादुकोण, अभिषेक बच्चन, सोनु सूद, बोमन इरानी र विवान शाह अभिनित यस चलचित्रले पहिलो दिननै लगभग ४४.९७ करोड रुपैयाँको व्यापार गर्दै नयाँ रेकर्ड बनाएको छ । बलिवुडका ट्रेड एनालिस्ट तरण आदर्शले यसबारे जानकारी आफ्नो ट्वीटर एकाउन्टमा दिएका छन् ।
उनका अनुसार ह्याप्पी न्यु इयरले पहिलो दिन हिन्दीमा ४२.६२ करोड, तेलुगुमा १.४३ करोड र तामिलमा ९२ लाख कमाएको छ ।
यसअघि पहिलो दिनमै सबैभन्दा बढी कमाई गर्ने चलचित्रको रेकर्ड आमिर खान अभिनित चलचि धुम ३ को नाममा थियो । उक्त चलचत्रिले पहिलो दिनमा ३६ करोड रुपैयाँ कमाएको थियो ।

No comments:

Post a Comment

मनमा लागेका कुरा लेख्नुहोस्,केहि सुझाब सल्लाहा समेत