विराटनगर, कात्तिक ९ – धनकुटा–७ स्थित एक कपडा पसलमा आज बिहान आगलागी हुँदा करिब रु ६२ लाख बराबरको धनमाल क्षति भएको छ ।
खेमराज पाण्डेको आफ्नै घरमा रहेको पसलमा विद्युत् चुहेर भएकोे आगलागीमा कपडा, गरगहनालगायतका सामान जलेर नष्ट भएको पूर्वाञ्चल क्षेत्रीय प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।
स्थानीय जनता, प्रहरी र सशस्त्र प्रहरीको सहयोगमा आगलागी नियन्त्रणमा लिइएको हो ।
No comments:
Post a Comment
मनमा लागेका कुरा लेख्नुहोस्,केहि सुझाब सल्लाहा समेत