Thursday, March 26, 2015

उपत्यकाको फोहोर सोर्दै मुख्यसचिव, धुर्मुस र सुन्तली (फोटोसहित)







काठमाडौं,चैत १३ – सरकारले सरसफाइ दूतको रुपमा हाँस्यकलाकार सीताराम कट्टेल र कुञ्जना घिमिरे सुन्तलीलाई नियुक्त गरेपछि सरसफाइ अभिनायले तीव्रता पाएको छ । यसै सिलसिलामा शुक्रबार राजधानीमा एक सरसफाइ कार्यक्रम सम्पन्न भएको छ ।

नेपाल सरकारका मुख्यसचिव लिलामणि पौडेलको प्रमुख आतिथ्यतामा ललितपुर जिल्लाको एकान्तकुनादेखि सातदोबाटोसम्म भएको सरसफाइ कार्यक्रममा विभिन्न संस्थाहरुको बाक्लो उपस्थिति रहेको थियो ।

‘सबै जनता, सबै दल, सरसफाइमा लगाऊँ बल’ भन्ने नाराका साथ सरसफाइ कार्यक्रम भएको थियो । प्रतिभा बहुद्देश्यीय सरकारी संस्था लिमिटेड र गणेशमान सिंह मेमोरियल हस्पिटलद्वारा आयोजित सरसफाइ कार्यक्रममा हाँस्यटेलिश्रृखंला मेरी बास्सैका सुमन ज्योती मगर ‘ल्याङग्री दादा’,कल्याण राई ‘ठूलामुख’ र लेखान्त भूषाललगायत कलाकारहरु उपस्थित थिए ।



कार्यक्रमा नेपाल सरकारका मुख्यसचिव लीलामणि पौडेलले सरसफाइ अभियानलाई सबै क्षेत्र र स्थानमा पुर्याउनु पर्ने आवश्यकतामा जोड दिँदै यसमा सहभागी बन्न सबैलाई आग्रह गरे । सरसफाइलाई जोड दिएर नै उपत्यकालाई पोलिथिन झोलामुक्त बनाउन लागिएको र ललितपुर जिल्लालाई पहिलो पूर्ण सरसफाइ जिल्ला घोषणा गर्ने जानकारी पनि उनले दिए ।

सरकारले यस्तो घोषणा गरेसँगै धुर्मुस र सुन्तलीले सरसफाइका विभिन्न कार्यहरु गर्दै आएका छन् । ‘हामीले देशको जुनसुकै जिल्लामा खुल्ला दिसामुक्त क्षेत्र घोषणा गरिएका ठाउँमा विभिन्न कार्यक्रम लिएर जाने गथ्र्यौं । सरसफाइको कुरा पनि गथ्र्यौं ।

सबै जनाले रुचाइदिनु पनि हुन्थ्यो । त्यसैले नै होला सरकारले हामीलाई सरसफाइको कार्यमा अझ सहयोग मिल्ने भएकोले दूतमा घोषणा गरेको छ र हामीले यसलाई अगाडि बढाइरहेका छौं’, धुर्मुसले सरसफाइ अभियानका बारे जानकारी दिँदै भने । धुर्मुसले सरकारले विश्वास गरेर सरसफाइ दूत बनाएकाले त्यो जिम्मेवारी पूरा गर्ने प्रतिवद्दता समेत उक्त अवसरमा व्यक्त गरे ।

 www.ratopati.com

मलेसियाली जेलमा रहेकी नेपालीबारे चैत १९ मा सुनुवाइ

कान्तिपुर संवाददाता
काठमाडौ
   अवैध ढंगले गर्भपतन गराएको अभियोगमा पाँच महिनाअघि मलेसियामा पक्राउ परेकी निर्मला थापाबारेको मुद्दाको सुनुवाई आगामी चैत १९ मा हुने भएको छ । मलेसियाको पेनाङको बुकित मर्ताजमस्थित अदालतमा यसअघि गत फेब्रुवरी २६ मा सुनुवाई नटुंगिएपछि अर्को सुनुवाईका लागि उक्त अदालतले यही मार्च २५ र २६ को लागि मिति तोकेको थियो । तर बुधबार पनि सुनुवाई नटुंगिएपछि आगामी अपि्रल २ को मिति तय गरीएको स्थानीय अनलाइन न्युज पोर्टल 'द मलेसिया इन्साइडर' ले उल्लेख गरेको छ । यहाँस्थित नेपाली दुतावासले भने यसबारे कुनै जानकारी नपाईएको जनायो ।



स्वास्थ्य मन्त्रालयका अधिकारीको एक टोलीको उजुरीका आधारमा २४ बषिर्य थापा पेनाङको तामान सिकुस्थित एक क्लिनिकबाट गतबर्ष अक्टोबर ९ मा पक्राउ परेकी थिइन् । समाचारअनुसार बुधबार भएको सुनुवाईमा उनलाई गर्भपतन गराउन सघाउनेमध्येका एकजना डाक्टरले निर्मलाको गर्भपतन सहज प्रक्रियागत ढंगले गरिएको हो वा बलपूर्वक गरिएको हो, भन्नेबारे निर्धारण गर्न नसकीएको बताएकी थिइन् । अघिल्लो पटकको सुनुवाईका क्रममा सोही मन्त्रालयकै एकजना अधिकारीले पनि आफुहरुसित विरामीलाई अनुसन्धान गर्ने अधिकार नभएको अदालतसमक्ष स्विकारेका थिए ।



पेनाङको एक कम्पनीमा कार्यरत निर्मलाविरुद्ध अक्टोबर १३ मा अदालतमा मुद्दा दायर भएपछि गत नोभेम्बर महिनामा अदालतले उनलाई एकबर्षको जेल सजाय सुनाएको थियो । त्यसपछि उक्त सजायविरुद्ध अपिल गर्दै उनी पेनाङस्थित उच्च अदालत पुगेकी थिइन् । उच्च अदालतले यो मुद्दालाई पुनः तल्लो अदालतमा फर्काइदिएको थियो । यस घटनाको विभिन्न अधिकारवादी अन्तर्राष्ट्रिय संस्थाहरुले विरोध जनाउंदै आएका छन् । महिला तथा प्रजनन स्वास्थ्यबारे आवाज उठाउंदै आएको एक अधिकारवादी संस्था 'सेन्टर फर रिप्रोडक्टिभ राइट्स' का अनुसार मलेसियामा सन १९८९ मा गर्भपतनसम्बन्धि नयाँ कानून बनेदेखि यता अवैध ढंगले गर्भपतन गराएको अभियोगमा मुद्दा खेप्नुपरेको ती नेपाली महिला पहिलो हुन् ।

नयाँ नायक भित्राउँदै रेखा, छवि पनि तयारीमा



आफ्नै दिदीका छोरालाई ल्याउँदैछिन् रेखा


अलग भएसँगै निर्माता छविराज ओझा र नायिका रेखा थापाको बक्स अफिस लडाइले मिडियामा सधै नै चर्चा पाएको हुन्छ । अब, यी दुई चलचित्र क्षेत्रका चर्चित निर्माताले नयाँ नायक भित्राउने कसरत पनि थालेका छन् ।

छवि ओझा आफ्नो चलचित्र ‘किस्मत २’मा २ नयाँ पुरुष अनुहारलाई मौका दिने तयारीमा छन् भने नायिका रेखा थापा पनि आफ्नो नयाँ चलचित्र ‘रामप्यारी’मा नयाँ अनुहारलाई मौका दिने तयारीमा छिन् ।

रेखा थापाले भने यो चलचित्रको नव-नायकको घोषणा चाडै गर्ने बताएकी छिन् । तर, रेखाले चलचित्रमा आफ्नै दिदीका छोरालाई भित्राउन लागेको वुझिन्छ ।

आभाष अधिकारी नाम गरेका यी कलाकार अहिले डान्स र अभिनयको ट्रेनिङ लिइरहेका छन् । चलचित्रमा कलाकार आश्मा डीसीको पनि अभिनय रहने वुझिन्छ । निर्देशक सविर श्रेष्ठले यो चलचित्रलाई निर्देशन गर्दैछन् । आभाष सानैमा मामाघरमा बसेर पढेकाले पनि उनी रेखाका राम्रो साथी समेत बनेका थिए । २१ बर्षका आभाषलाई नायक बनाउान लाग्दा रेखा पनि उत्साहित देखिएकी छिन् ।

रेखा थापाकी जेठी दिदी पारु अधिकारीका छोरा आभाष अधिकारीले ‘रामप्यारी’ मार्फत डेब्यू गर्न लाग्दै गर्दा छवि ओझाले कसलाई अवसर दिने हुन्, पर्खाइको बिषय बनेको छ ।
(onlinekhaber)

केसीको अनसनले शिक्षण अस्पतालको ओपीडी सेवा प्रभावित


सेवा सूचारु गराउन अस्पताल प्रशासनको पहल
 काठमाडौ । स्वास्थ्य क्षेत्र सम्बन्धी १० सूत्रीय माग राख्दै अनसनरत डा. गोविन्द केसीको समर्थनमा त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा महाराजगञ्जका आवासीय चिकित्सकहरुले आन्दोलित भएपछि शुक्रबारदेखि सेवा प्रभावित भएको छ ।
डा. केसी स्वास्थ्य क्षेत्रमा बढेको माफियातन्त्रको विरोधमा आइतवारदेखि आमरण अनसनमा बसेका छन् । यसअघि पनि उनी सोही मागहरु राख्दै चार पटक अनसनमा बसिसकेका छन् । उनको माग पूरा गरिदिने भन्दै सहमति गरिए पनि कार्यान्वयन नभएको भन्दै पाँचौ पटक अनसनमा बसेका हुन् ।

केसीको मागप्रति सरकार उदासिन भएको भन्दै आन्दोलनमा ऐक्यवद्धता जनाएका उनीहरुले शुक्रवार ओपीडी सेवा नै प्रभावित हुने गरी काम नगर्ने जनाएपछि अस्पतालको सेवा प्रभावित भएको हो । शिक्षण अस्पताल, महाराजगन्जका रेजिडेन्ट डाक्टरले बिहिबार बृहत भेला बोलाएर आन्दोलन चर्काउन जस्तोसुकै कदम चाल्ने निश्कर्षमा पुगेका थिए ।

अस्पताल प्रशासनले भने सेवा बन्द नहुने भन्दै विहानैदेखि ओपीडी सेवाका लागि टिकट विक्री गरिरहेको छ । आवासीय चिकित्सकहरुले सेवा दिन इन्कार गरेपछि विभागीय प्रमुखहरुबीच अस्पताल प्रशासन छलफल गरिरहेको छ । विभागीय प्रमुखहरुसँग छलफल गरी अस्पतालका सवै सेवा सूचारु गराउनेबारेमा पहल भइरहेको अस्पताल प्रशासनले जनाएको छ ।

केसीको स्वास्थ्य अवस्था कमजोर बन्दै

आइतवारदेखि आमरण अनसनमा बसेका डा. केसीको स्वास्थ्य अवस्था कमजोर बन्दै गएको छ । केसीको स्वास्थ्य अवस्था कमजोर हुँदा पनि सरकारको तर्फबाट भने उनको अनसन तोडाउनका लागि कुनै पहल भएको छैन ।

नर्गिसले जोन अब्राहमसँग रोमान्स गर्ने

nargis बलिउडमा बोल्ड ईमेज बनाएकी नायिका एवं मोडल नर्गिस फाखरीले जोन अब्राहमसँग रोमान्स गर्ने भएकी छिन् । निर्माणाधिन फिल्म ‘हिराफेरी-३’ मा अनुबन्ध भएपछि नर्गीस र जोनले रोमान्स गर्ने पक्का भएको हो ।

बोल्ड सिनकै कारण विवादमा समेत आएकी नार्गिसले यसअघि सलमान खान अभिनित ‘किक’ मा आईटम डान्स गरेकी थिईन् । हेराफेरी ३ मा सोलो भुमिका भएकाले आफु काम गर्न राजी भएको नर्गिसले बताइन् ।

त्यसो त जोनले पनि नार्गिससँगको यात्रालाई यादगार बनाउने बताएका छन् ।

भन्नुहोस माफिया को रहेछन ?

वास्तवमा डाक्टरमा पनि मानवता भन्ने कुरा पटक्कै देखिएन ,
   डा. गोविन्द के सी ले ठिक गरे या बेठिक गरेका छन् त्यो आफ्नो ठाउमा छ तर नेपाल भरिका डा. र हस्पिटलले आफ्नो काम काज नै ठप्प गरेर बिरामी भित्रको रोग लाइ अझै चर्काएका छन् अब भन्नुहोस माफिया को रहेछन ?

मेरो आग्रह छ तत्काल अस्पताल को ओं पी डि सेवा सुचारु गरेर बिरामी स्वास्थ्य जाँच गर्नु होला आन्दोलोंन गर्दा बिरामीको जीवन गुम्न सक्छ त्यता तिर पनि ख्याल जाओस /