Thursday, June 16, 2016

पूर्व मुमाबडामहारानी रत्न राज्यलक्ष्मी शाह लाई उपचारका लागि अस्पताल लगिएको


२ असार, काठमाडौं । 
पूर्व मुमाबडामहारानी रत्न राज्यलक्ष्मी शाह अस्वस्थ भएकी छन् । ८८ वर्षीया शाहलाई स्वास्थ्य परीक्षणका लागि नर्भिक अस्पताल लगिएको छ ।
स्वास्थ्यमा समस्या देखिएपछि उपचारका लागि अस्पताल लगिएको पूर्वराजा ज्ञानेन्द्र शाहका स्वकीय सचिव फणिराज पाठकले नेपाली अनलाइनखबरलाई जानकारी दिए ।
उनी तत्कालीन राजा महेन्द्रकी पत्नी हुन् । रत्न नारायणहिटीस्थित महिन्द्र मञ्जिलमा बस्दै आएकी छन् ।
गणतन्त्र घोषणापछि तात्कालीन राजपरिवारले नारायणहीटी दरवार छाडे पनि रत्नले महिन्द्र मञ्जिलमै बस्ने इच्छा व्यक्त गरेपछि सरकारले त्यहिँ भित्रै बस्ने व्यवस्था मिलाइदिएको थियो ।
२०७३ असार २ गते १२:२४ मा प्रकाशित#रत्न शाह

Wednesday, June 15, 2016

एसएलसीको रिजल्ट आज सार्वजनिक हुने, यसरी हेर्नुस् रिजल्ट

कसरी हेर्ने रिजल्ट ? 

एसएलसी रिजल्टका लागि परिक्षा नियन्त्रण कार्यालय नेपाल टेलिकमसहित बिभिन्न सेवा प्रदायकसाग सम्झौता गरेको छ । बिभिन्न अनलाइन र एसएमएस सर्भिसमार्फत् पनि नतिजा थाहा पाउन सकिने छ ।

यसका लागि वेबसाइट www.moe.gov.np, wwww.doe.gov.np, www.soce.gov.np,www.slcresult.soce.gov.np, www.slc.ntc.net.np, नेपाल टेलिकमको CDMA, Postpaid, prepaid मार्फत १६०० नं डायल गरी प्राप्त सन्देशअनुसार नतिजा प्राप्त गर्न सकिने छ । त्यसैगरी SMs बाट नजिता थाहा पाउन PQm\N, CDMA, Postpaid, prepaid मोबाइलको मेसेज बक्समा गएर slc space सिम्बोल नं र अल्फाबेट टाइप गरी १६०० एसएमएस पठाउन सकिनेछ ।

त्यसैगरी सवैभन्दा पुरानो एसएलसी नतिजासम्बन्धी एसएमएस सेवा प्रदायक स्प्यारो एसएमएसबाट सेवा लिनका लागि SLC टाइप गरी स्पेश दिएर आफ्नो सिम्बोल नम्बर टाइप गरी ३५००१ मा पठाउन सकिने छ । यसैगरी स्प्यारोको एन्ड्रोइड एपमार्फत् पनि रिजल्ट थाहा पाउन सकिने छ ।

Saturday, June 11, 2016

मुम्बईमा दुई जना नेपाली को हत्या

खेम राज खनाल 
जेठ 21गते शुकबार ,राजु सुनार बर्ष27का र मदन सुनार बर्ष30को राजु सुनाको परिवार साथमा र 2बर्ष कि सानी छोरी पनि साथमा भएको स्वदेश 2वटै जनाको घर कैलाली चुहालम्की नगरपालीका चौरी घर भएका उनी हिजो राती दुईटै जनाले खाना संगै खाइ राजुले मदन लाई घरमा छोड्न जाने क्रममा करिपन 2 बजे तिर यरियाका लुख्खाले आक्रमण गरि हत्या गरेका छन एकजनाको लिंग समेत काटेर फालेको छ।अनि दोषीहरूलाई लाई पुलीसले समाती सकेकोछ।।अब तपाईं हामी ले गर्नुपर्ने काम आज दिउँसो दुई बजे दाहासस्कार गर्ने भनिएको छ तपाईं हामी ले समय मिलाएर अनिवार्य रुपमा उपस्थित हुनुपर्नेछ किन कि नेपालीहरु माथि यत्रो बेहत तरिकाले हत्या गरेर पनि कामगर्ने सोसायटी वला अहिलेसम्म पनि वास्तै गरेको छैनन त्यसैले तपाईं हामीले आज वास्तबमै नेपाली को पहिचान हाम्रो सान देखाउनु पर्नेछ जति सकिन्छ धेरै भन्दा धेरै हामी नेपाली उपस्थिति हुनु पर्नेछ । भन्नेकुरा निर्णय भएकोले समय मिलाएर उपस्थित हुन हार्दिक अनुरोद गर्दछु।विभिन्न संघ संगठनका प्रतिनिधि हरु पनि उपस्थित भयर दोषी हरुलाई कडा भन्दा कडा कार्वाही को जोडदार माग गर्नदछौ यॅ समचार पठाऊने प्रेम ढुंगाना प्रवासी नेपाली संघ भारत महाराष्ट्र गुजरात सयुक्त राज्य समिति प्रबक्ता ।