Tuesday, October 14, 2014

प्रितीलाई विवाह गर्छु : सलमान खान



बलिउडका अविवाहित सेलिब्रेटीद्वय सलमान खान र प्रिती जिन्टाको विवाहका अनुमानबारे चर्चा नयाँ होइन । उनीहरुको विवाहबारे विभिन्न अडकलबाजी भैरहन्छन् ।

हालै मात्र सलमान खानले बलिउडमा आफ्नो दुलही बन्न सबैभन्दा उत्तम प्रिती जिन्टा भएको बताएका छन् । विवाह गर्नका लागि कस्ती केटी चाहिन्छ भनेर गरिएको प्रश्नमा सलमानले प्रिती सबै भन्दा उत्तम नमूना भएको बताएका थिए ।

आफूले विवाह गर्नु परे अरु कोही नभएर प्रितीलाई विवाह गर्ने उनले बताए ।

सलमानको भनाइलाई प्रितीले भने मजाक भनेकी छिन् । सलमान र प्रिती केही समय अघि अमेरिकामा एउटै रेष्टुरेन्टमा डिनर गर्दै देखिएका थिए ।

No comments:

Post a Comment

मनमा लागेका कुरा लेख्नुहोस्,केहि सुझाब सल्लाहा समेत