Tuesday, August 18, 2015

मोडलिङमा जम्दै बेबो आचार्य

सानै उमेरदेखि मोडलिङ रुचाउने मोडल बेबो पूर्ण रूपले मोड्लिङ गर्न थालेको धेरै वर्ष भयको छैन ।स्कुल अध्ययनकै क्रममा अभिनयसँगै नृत्य पनि सिकेकाले आफूलाई मोडलिङमा जम्न सजिलो भएको उनले बताइन् ।चितवन मा जन्मिएकी मोडल बेबो मोडलिङ क्षेत्रमा केही गर्ने सोचका साथ संघर्ष गरिरहेकी छन् ।
चितवन मै बसेर पढाई संगै मोडलिङ क्षेत्रलाई समेत उनले सँगसँगै लगेकी छन् । उनी भन्छिन् – ‘मोडलिङ क्षेत्रमा केही गरेर देखाउने मेरो धोको छ । मेरो मामु बाबा को समर्थने नै आज म यो क्षेत्रमा लागिपरेकी छु ।’ उनले भनिन् – ‘राम्रो अबशर पाय चाडै म्युजिक भिडियो गर्ने सोचमा आफु रहेको बताउछिन् ।











अभिनेत्रीका रूपमा समेत आफूलाई चिनाउन प्रयत्नरत बेबो को मोडलिङप्रतिको धारणा भने फरक रहेको छ । उनका अनुसार मोडलिङ गरेर आउने कलाकारका लागि चलचित्रमा सजिलो हुने हुन्छ । मोडलिङ गर्दा नै क्यामेरा फेस गरिसकेकाले चलचित्रमा अभिनय गर्न मोडललाई सजिलो हुने बेबो धारणा छ । एक फरक प्रसंगमा, अहिलेसम्म प्रेम चक्करमा नपरेको बताउँदै मोडल बेबो ले भनिन्, ‘अहिले म आफ्नो करियर नै महत्वपूर्ण ठान्छु ।’ उनको बुझाइमा सेक्स चाहिँ मायाको प्रतिक हो ।