Sunday, October 2, 2016

दशैँ,तिहारमा गुनासो मेटाउदै ''मौनता''

नेपालि अनलाइन दैनिक/चितवन
          पछिल्लो समयमा हाम्रो देशमा पनि नेपालि साहित्यका पाठकहरु निकै नै बढेका छन्, त्यसो त पुस्तक पढ्नु पनि राम्रो नै मानिन्छ त्यो भन्दा पनि एउटा लेखकको कला र मेहनतको कदर पनि हुने साहित्यको बिकास र उत्थान पनि हुने त्यसैले आउदै गरेको दशैं, तिहार लाइ मध्येनजर गर्दै आफ्नो मान्छे लाइ एक अर्कामा उपहार दिने चलनमा हाम्रा नेपालि लेखक हरुको एउटा अनुरोध पनि छ उपहारमा पुस्तक दिने चलन चलायौ भने हामीमा पढ्ने बानिको बिकाश पनि हुने र लेखकलाई प्रेरणा मिल्नु को साथै नेपालि साहित्यले एउटा फड्को मर्नेछ / पछिल्ला समयमा धेरै पुस्तक प्रकासित भएका पनि छन् व्यापारका नाममा प्रकासक ले पाठक लाइ ठुलो भ्रममा पनि नपारेका होइनन् पुस्तकको प्रचार,र युवतीका सुन्दर तस्बिर ले सजाएको कवर फोटो राखेर बजारमा आएका त्यस्ता पुस्तक बाट कसरि बच्ने र केहि मात्रामा भएपनि पाठकलाइ केहि न केहि म्यासेज दिने रोचक पुस्तक कसरि छान्ने भन्ने दुविधामा पाठक रहेको गुनासो पाठकबाटै धेरै आउने गर्छ त्यसैले पुस्तक किन्दा बिचार पुर्वक प्रतिक्रिया लिएर मात्र पुस्तक किन्न सुझाव दिन्छन ,पाठकले पुस्तक कसरि छान्ने भन्ने कुराको हामीले सुझाव लिने क्रममा हामीले चितवनका चर्चित कवि उपन्यासकार सुमन घिमिरे ज्यु संग सोधेका थियौ भर्खरै बजारमा आएर निकै चर्चामा रहेको उत्कृष्ट ''मौनता ''आख्यानका उहाँ आख्यानकार हुनु हुन्छ /
                                                                                                                                                                                          नेपालि अनलाइन दैनिक