क्षेत्री अमेरिकामा रहेका वकिलहरु मध्येबाट सुपर लयर छनौट पश्चात सार्वजनिक गरिएको सूचीमा पर्न सफल भएका हुन् । कार्यसम्पादन, अध्ययन लगायतका विभिन्न विषयलाई आधार मानेर सुपर लयर छनौट गर्ने गरिन्छ । विभिन्न ७० क्षेत्रका वकिलहरु मध्येबाट उत्कृष्ट लयर छानिनेमा नेपाली मूलका अधिवक्ता क्षेत्री इमिग्रेसन क्षेत्रका अधिवक्ता तर्फबाट सुपर लयरमा पर्न सफल भएका हुन् । नेपालको गुल्मी जिल्लामा जन्मेका अधिवक्ता क्षेत्रीले कोलम्बिया युनिभर्सिटीबाट एलएलएम र फोरदम युनिभर्सिटीबाट जेडी गरेका छन् ।
२५ बर्ष भन्दा धेरै समयसम्म वकालत गरेका क्षेत्रीले सुपर लयरमा परिसके पश्चात खुशी व्यक्त गरे । सुपर लयर समूहमा परे पश्चात आफूलाई कार्य सम्पादनमा थप हौसला प्राप्त भएको क्षेत्रीले बताए । अमेरिकाबाट सञ्भालित ह्वाईट हिमाल टेलिभिजनको साप्ताहिक कार्यक्रम ल एण्ड लएर मार्फत अमेरिकामा रहेका नेपालीहरुलाई इमिग्रेशन कानुन सम्बन्धी बिभिन्न जानकारी समेत दिदै आएका क्षेत्री ह्वाईट हिमाल टेलिभिजनको बिशिष्ट सदस्य समेत हुन् । सुपर लयरमा पर्न सफल क्षेत्री एनआरएन अमेरिकाको अध्यक्ष समेत हुन्
No comments:
Post a Comment
मनमा लागेका कुरा लेख्नुहोस्,केहि सुझाब सल्लाहा समेत