
चलचित्र ‘होस्टेल’पछि कलाकार अनमोल केसीको दोश्रो चलचित्र ‘जेरी’ प्रदर्शनका लागि तयार भएको छ । यो सिनेमा कात्तिक २८ गतेबाट प्रदर्शनमा आउने बताइएको छ । मनोज शेरचनको निर्माणमा बनेको यो सिनेमालाई हेमराज वीसीले निर्देशन गरेका हुन् । हेमराजले यसअघि चलचित्र ‘होस्टेल’ निर्देशन गरेका थिए ।

‘जेरी’मा अनमोलसहित अन्ना शर्मा, अमल्या शर्मा, अभिषेक मान शेरचन आदि कलाकारको मुख्य भूमिका छ । मनोज शेरचनले बनाएको यो चलचित्रलाई सम्राट प्रसाद गौचन र निर्देशक बिसीले लेखेका हुन् । नरेन लिम्बुको संगीत, शैलेन्द्र डि कार्कीको छायांकन तथा सुरेन्द्र पौडेलको सम्पादन छ । -

No comments:
Post a Comment
मनमा लागेका कुरा लेख्नुहोस्,केहि सुझाब सल्लाहा समेत