Tuesday, October 28, 2014

राजु गिरीकोे 'टाइगर द रियल हिरो' माघ १६ मा


शुभेच्छा इन्टरटेन्मेन्टको प्रस्तुती 
चर्चित युवा निर्देशक राजु गिरीकोे पछिल्लो चलचित्र ‘टाइगर द रियल हिरो’ माघ १६ मा प्रर्दशन हुने भयको छ ।शुभेच्छा थापा, अशोक फुयाँल, सुशान्त कार्की, दिपक कंडेल, समिक्षा अर्याल, सुरज रानाभाट लगायतका कलाकारकाले अभिनय गरेको यो फिल्मलाई शंकर गिरी र काजोल गिरीले निर्माण गरेका हुन् । 


निर्देशक गिरी फिल्म नगरीमा गुणस्तर भन्दा पनि विभिन्न स्क्याण्डलले चर्चामा आउन सिपालु मानिन्छन् । उनका प्राय फिल्ममा दोहोरो अर्थ लाग्ने संवाद र दृश्य हुन्छन् । चलचित्रमा समाजमा हुने वास्तविक घटनालाई चलचित्र मार्फत देखाउन खोजिएको उहाँको भनाई छ ।

'टाइगर द रियल हिरो'लाई चलचित्र सेन्सर बोर्डले 'पिजी' सर्टिफिकेट दिएको छ ।

No comments:

Post a Comment

मनमा लागेका कुरा लेख्नुहोस्,केहि सुझाब सल्लाहा समेत