Wednesday, October 29, 2014

चोर्दाचोर्दै प्रहरी पुगेपछि

दोलखा,कात्तिक १३ – अक्सर चोरीको घटनापछि परेको उजुरीका आधारमा अनुसन्धान थाल्ने प्रहरीले रातको समय पसल चोरिँदै गर्दा रंगेहात पक्रेर ठूलो धनमाल चोरिनबाट जोगाएको छ ।
बारम्बार चोरीका घटनाले आहत चरिकोट बजारबासीले रातको प्रहरी गस्तीले गरेको उपलब्धिलाई सराहनीय भनेका छन् । प्रहरी गस्तीले मंगलबार बिहान ३ बजे आवाजका आधारमा पसलभित्र चोरी भइरहेको फेला पारेको हो । सटरको बीच भाग उचालेर चोर पसेको शंका लागेपछि प्रहरीले पसल धनीलाई बोलाएको थियो । पसल खोलेर हेर्दा दुई जना फेला परेको र अर्को एक जना भने केही सामान लिएर भागिसकेको प्रहरी नायव निरिक्षक अजय केसीले बताए । आजको कान्तिपुर दैनिकमा खबर छ ।


No comments:

Post a Comment

मनमा लागेका कुरा लेख्नुहोस्,केहि सुझाब सल्लाहा समेत