Wednesday, October 29, 2014

कसरी बन्छ अब संविधान??


(१)"म प्रमुख नेता नभए संविधान बन्दैन"- प्रचण्ड
(२)"मैले भनेको नभए संविधान बन्दैन"- बाबुराम
(३)"संविधान सभा बिघटन नगरे संविधान बन्दैन"बैद्य
(४)"कांग्रेस-एमाले संविधान नबनाउने षड्यन्त्र गर्दैछन्" प्रचण्ड-बाबुराम-बैद्य!!
संविधान सभा माग्ने यिनै हुन् , पहिलो संविधान सभा बिघटन गर्ने यिनै हुन्, प्रक्रियाबाट छिनोफानो गर्ने भन्ने पनि यिनै हुन् ! तर अहिले प्रक्रियामा आउनै हुन्न र संविधान सभा बाहिरबाट संविधान बनाउनु पर्छ भन्ने पनि यिनै हुन तिनले भने अनुसार नै सहमति खोज्ने हो भने पनि पक्का छ यिनले अर्को निहुँ खोज्छन् । जेठ २ को सहमती र अस्ति भर्खरको गोलमेच प्रकरण साक्षी छन् त्यसको।
अब स्पष्ट हुँदैछ- हामी साधारण जनताले बुझिसक्यो प्रचण्ड, बाबुराम, र बैद्य, यी तीन जबसम्म रहन्छन् संविधान बन्दैन।
कुन ग्रह दशा बिग्रेर यी जन्मेछन् नि यो मुलुकमा राज्यको खरबौं सम्पत्ति घिचेर पनि, दशौँ हजार गरिब को रगत बगाएर पनि अघाएनन्।
न त यी गरिब भोका नाङ्गा जनताका नेता हुुन् न यी मार्क्सवादी हुन्, न माओवादी, ! न यिनको कुनै सिद्दान्त छ, न कुनै विचार न त देश र जनता प्रति भित्रि मन बाट साहनुभुति नै छ खालि ख‍ोक्रो भाषण ।
छेपारो जस्त‍ो छिन् - छिन् मा रङ बदल्ने यिनी हरुको पछि नलागौं।
कुनै कुराको पनि एउटा हद हुन्छ:-
धेरै भयो बार्ता अब बार्ता सार्ता होइन, दुइतिहाइले संविधान जारी गर्ने, र निहु खोज्छन भने घोक्रेठ्याक लगाएर या पेलेर जाने बाहेक सायद राज्यसंग अर्को बिकल्प बाँकी छैन ।
ढल मिसिएकै सही, बाग्मतिको पानी पबित्र छ र धेरै पानी बगिसकेको छ।
अब कुनै माइका लालले भ्रम छरेर देशमा आगो लगाउने दू:स्वप्न देखे भने, जनता स्वयंले तिनको काम तमाम गरिदिने छन् ! हे माँहा राजाहरु हो जनताको मन जित, उनको समस्या सम्वोधन गर, र अगाडि बढ ! नभए करोडौं खर्च गरीगरी तिमिहरुलाई बचाउनुको के अर्थ?? हिम्मत गर्दैनौ भने कमण्डलु भिरेर काँशी बास गए हुन्छ ।
हामी सर्बसधारण जनता ले अाफै खोज्नेछौं हाम्रो देशको उज्वल भबिष्य, हामि अाफै खोज्नेछौ् हाम्रो पिर अनि दुःख बुज्ने नयाँ नेता ।
जय नेपाल ॥जय पशुपति नाथ ॥

No comments:

Post a Comment

मनमा लागेका कुरा लेख्नुहोस्,केहि सुझाब सल्लाहा समेत