यो कथा कंगना र इमारानको नयाँ फिल्मको हो । युटिभी मोसन पिक्चर्सको निर्माणमा बन्न लागेको फिल्म ‘कट्टी बट्टी’ को सुटिङ सोमबारदेखि सुरु हुने तग भएको छ ।
फिल्ममा इमरान खान र कंगना रनावत मुख्य भुमिकामा देखिनेछन् । कंगना र इमरान पहिलो पटक यो फिल्ममा सँगै देखिँदैछन् । निखिल आडवाणीले निर्देशन गरेका उक्त फिल्म विशुद्ध प्रेमकथामा आधारित भएको जनाइएको छ ।
कंगनाले एक अन्तर्वार्तामा यो फिल्मको चर्चा गर्दै फिल्म बलिउडका अरु प्रेमकथाभन्दा अलग भएको ठोकुवा गरेकी छिन् ।
फिल्मको पुरानो नाम ‘साली कुतीया–अ लभ स्टोरी’ रहेकोमा सेन्सर बोर्डको रोकटोकबाट बच्नका लागि नाम परिवर्तन गरिएको स्रोतले जानकारी दिएको छ । (एजेन्सी)
No comments:
Post a Comment
मनमा लागेका कुरा लेख्नुहोस्,केहि सुझाब सल्लाहा समेत