तिहारको लक्ष्मी पूजाको दिन परेर शोभित बस्नेतको नया चलचित्र “झिल्के” छायांकन सुरु गरिएको छ । शोभित बस्नेतको निर्देशन रहने चलचित्र “झिल्के” को अहिले धमाधाम छायांकन चलिरहेको छ । चलचित्रमा सलोन बस्नेत ,करिश्मा श्रेष्ठ ,गौरी मल्ल, बिजय लामा ,कविता घिसिङ्ग ,भानु प्रताप, एलिना लगायतको कलाकारको मुख्य अभिनय रहने छ ।सलोन फिल्म्सको ब्यानरमा निर्माण हुन लागेको चलचित्र “झिल्के”को छायांकन काठमाण्डौ , बिरगंज ,लम्जुङ्गको घले गाउ लगायतको ठाउमा गरिदै छ ।
चलचित्रमा रामजी लामिछानेको नूत्य ,टंक बुढाथोकिको संगीत ,कृष्ण श्रेष्ठको छायांकन ,अस्ट महर्जनको एक्शन रहने छ । चालिस लाखको लगानी रहने यस चलचित्रले फागुन महिनामा प्रदर्शन गर्ने योजना रहेको चलचित्रका निर्देशक शोभित बस्नेतले जानकारी दिनु भयो । निर्देशक शोभित बस्नेतको निर्देशनमा बन्न लागेको चलचित्र “झिल्के” बस्नेतको निर्देशनमा तयार हुने २८वौ चलचित्र हो ।शोभित बस्नेतको निर्देशनमा तयार भएको चलचित्र “जाऊ हिड पोखरा” प्रदर्शनको तयारीमा रहेको छ ।


No comments:
Post a Comment
मनमा लागेका कुरा लेख्नुहोस्,केहि सुझाब सल्लाहा समेत