Sunday, October 26, 2014

ओखलढुंगामा जीप दुर्घटना, ७ जनाको मृत्यु, १३ घाइते

ओखलढुंगाको अधेरी नारायणस्थानमा भएको जीप दुर्घटनामा ७ जनाको मृत्यु हुनुका साथै १३ जना घाइते भएका छन्।

निशङ्खेबाट सदरमुकाम ओखलढुंगा तर्फ आउदै गरेको बा ५ च ५८७८ नम्बरको जीप आइतबार बिहान करिब १० बजेतिर सिद्धिचरण नगरपालिका ११ नारायणस्थानमा भएको दुर्घटनामा २ महिला सहित ७ जनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ।

दुर्घटनामा घाईते भएका १३ जनालाई उपचारका लागि मिसन अस्पताल ओखलढुंगा लगिएको छ । घाईतेमध्ये एकजनाको अवस्था गम्भिर छ ।

ज्यान गुमाउनेहरुमा ठूलाछाप ७ बस्ने मनिराम भट्टराई, चोलेन्द्र खत्री, सरिता खत्री, तलुवाका टिका बस्नेत, ठूलाछाप ८ का तेजबहादुर बस्नेत, ठूलाछाप ४ का दोहिनी भट्टराई र वाप्सा ९ का महनकुमार राई रहेको जिल्लाका डिएसपी डम्बर विकले जानकारी गराए।

No comments:

Post a Comment

मनमा लागेका कुरा लेख्नुहोस्,केहि सुझाब सल्लाहा समेत