Sunday, October 26, 2014

छिमेकीको घरमा आगो लगाउने पक्राउ

     मादक पदार्थ सेवन गरी छिमेकीको घरमा आगो लगाउने एक व्यक्तिलाई दक्षिणी झापाको घेराबारीबाट प्रहरीले पक्राउ गरेको छ। 

पक्राउपर्नेमा घेराबारी–६ निवासी २२ वर्षीय नानाहाङ सेलिङ लिम्बू रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। 

लिम्बूले सोही ठाउँ निवासी धनबहादुर नेपालीको फुसको घरमा गएराति आगो लगाएको इलाका प्रहरी कार्यालय राजगढले जनाएको छ। आगलागीका कारण नेपालीको घर पूर्णरुपमा जलेर नष्ट भएको छ। नेपालीकी श्रीमती लक्ष्मीसमेत जलेर घाइते बनेको प्रहरीले जनाएको छ। 

घाइते लक्ष्मीको मेची अञ्चल अस्पताल भद्रपुरमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी प्रवक्ता विश्वमणि पोखरेलले जानकारी दिए।

बेलुकाको खानपिन सकेर सुतेका नेपाली दम्पतीले आधा घर जलिसकेपछि मात्र थाहा पाएकाले घरमा राखिएको लत्ताकपडा, खाद्यान्नलगायतका सामग्री निकाल्न नपाएको बताइएको छ। रासस

No comments:

Post a Comment

मनमा लागेका कुरा लेख्नुहोस्,केहि सुझाब सल्लाहा समेत