Tuesday, October 21, 2014

सेक्समा सन्तुष्टि भएन ? ल यसो गर्नुस्


मेडिकल साइन्सका अनुसार यौनसम्पर्कका बेला शरीरमा हुने विभिन्न परिवर्तन र चरमानन्दको प्राप्तिलाई चरमसुख भनिन्छ। यो चरणमा योनीका मांसपेसीहरू खुम्चने र फैलने गर्छन् र यसैबाट सुख अनुभूति हुन्छ । यो अवस्थामा पुग्दा मुटुको धड्कन तीव्र हुन्छ, शरीरमा रक्तप्रवाह बढ्छ, हार्मोनल परिवर्तन आउँछ, मसल्स खुम्चिन्छ र अन्तमा इज्याक्युलेसन हुन्छ । पुरुषको तुलनामा महिलाले सहज रूपमा चरमसुख अनुभव गर्दैनन्।




गहिरो श्वास-प्रश्वास लिनुपर्छः

चरमसुखको सुखद् अनुभव हाम्रो पूरा शरीरले गर्छ र यसको प्रारम्भ श्वास-प्रश्वासबाट हुन्छ। चरमसुखको सुखद् अनुभवको आनन्द उठाउन श्वाससित खेल्नुपर्छ। सहवासका बेला श्वासतर्फ ध्यान दिनुपर्छ। श्वास कहिले गहिरो हुन्छ त कहिले कम हुन पुग्छ। चरमसुख नजिक पुग्नेबित्तिकै गहिरो श्वास लिदै छोड्नुपर्छ। अक्सिजनले शरीरको रक्तप्रवाहलाई तीव्र गर्छ। यसबाट चरमसुख प्राप्ति सहज हुन्छ। जति बढी अक्सिजन लिइन्छ, चरमानन्द उति नै रमाइलो र स्थायी हुन्छ।

शरीरसित खेल्नुपर्छः

यौनसम्पर्कका बेला शरीरलाई सक्रिय राख्नु आवश्यक छ। अधिकांश महिला यो अवस्थासम्म पुगेपछि शरीरलाई एकदम कडा पार्छन्, जुन गलत हो। राम्रो र सुखद चरमसुखका लागि शरीरको पर्याप्त प्रयोग गर्नुपर्छ। अलग-अलग शारीरिक गतिविधि प्रयोग गर्नुपर्छ।

कामोत्तेजक अंगको प्रयोगः

चरमसुख अनुभव गर्न यौनाङ्गतर्फ मात्र ध्यान केन्द्रित गर्नुको साटो अरू कामोत्तेजक अंगहरू जस्तै नितम्ब, ओ ठ, स्तन, पिठ्युँ, कानको आसपासको भाग, स्तनको मुन्टो आदि अंगलाई प्रेमपूर्वक सुमसुम्याउनुपर्छ, चुम्बन गर्नुपर्छ र साथीलाई पनि यसो गर्नका लागि प्रेरित गर्नुपर्छ।

रिल्याक्स रहने प्रयास गर्नुपर्छः

राम्रो चरमसुखको अनुभवका लागि शरीरका हरेक अंगलाई यौनक्रियामा लिप्त राख्ने प्रयास गर्नुपर्छ। विशेषगरी शरीरका ती अंगमा ध्यान पुर्या उनुपर्छ, जसको मांसपेशीहरू खुम्चन्छन्। यदि कामोत्तेजनाका कारण मांसपेशीहरू खुम्चिएको महसुस हुन्छ भने गहिरो श्वास लिएर रिल्याक्स रहने प्रयास गर्नुपर्छ।

यौन परिकल्पनाको सहारा लिनुपर्छः

यौन परिकल्पनाको मदतबाट पनि चरमानन्द प्राप्त गर्न सकिन्छ। यौन परिकल्पना सहवासलाई सुखमय र उत्तेजिक बनाउन सहायक हुन्छ। विशेष गरी उत्तेजना महसुस नभए कामुक कुराको कल्पनाबाट चरमानन्दसम्म पुग्न सकिन्छ।

यौनखेलौनाः

यौनखेलौना चरमसुखसम्म पुग्ने सरल उपाय हो। यौनखेलौनाको मदतबाट फरक ढंगबाट चरमानन्द अनुभव हुन्छ। सुखमय यौ नसम्पर्कका लागि खेलौनाको आवश्यकता पर्दैन, तर यो यौन उत्तेजना बढाउन सहायक हुन्छ।

पानीमा भिज्नुपर्छः

यदि यौनखेलौना, यौन परिकल्पनाको उपाय मन पर्दैन भने पानीको सहारा लिन सकिन्छ। यसका लागि यौनसाथीसित शावरमुनि वा बाथ टबमा नुहाएर चरमानन्द प्राप्त गर्नुपर्छ। यसले फरक र भिन्न खालको अनुभव प्रदान गर्छ।

स्वास्थ्य-परीक्षण गराउनुपर्छः

यी सबै उपायका बाबजुद पनि चरमसुखको अनुभव हुँदैन वा भएन भने चिकित्सकको सल्लाह लिनु उचित हुन्छ। स्वास्थ्य-परीक्षण गराउनुपर्छ। कहिलेकाहीँ स्वास्थ्य समस्या वा अत्यधिक औषधी सेवनका कारण पनि चरमसुख प्राप्त हुँदैन।

No comments:

Post a Comment

मनमा लागेका कुरा लेख्नुहोस्,केहि सुझाब सल्लाहा समेत