नेक्स्ट मोडल्स नेपालले स्वास्थ्य खबरपत्रिकाको सहकार्यमा आयोजना गर्न लागेको यो दोस्रो श्रृङ्खला हो ।
देशभरिका ८० भन्दा बढी नर्सिङ कलेजका विद्यार्थी तथा १ सय बढी अस्पतालमा कार्यरत नर्सको सहभागिता रहने प्रतियोगिताको प्रमुख शहरमा अडिसन गरिने छ ।
अडिसनबाट उत्कृष्ट ४५ नर्स छनौट गरी अन्तिम स्पर्धा गराइने स्वास्थ्य खबर पत्रिकाका प्रधान सम्पादक अनिल न्यौपानेले जानकारी दिए ।
शीर्षसहित १२ विभिन्न विधामा पुरस्कृत गरिने प्रतियोगिताका अन्तिम स्पर्धाका प्रतियोगीलाई व्यक्तित्व विकास, शैक्षिक भ्रमण, स्वास्थ्य शिविर, फोटो सेशन, महिला सशक्तीकरण, सञ्चारकला विकासलगायतमा तलिम समेत दिइने गरिएको छ ।
केहीदिन पहिले आवेदन खुल्ला गरिएको प्रतियोगितामा सहभागिताका लागि नर्सिङ कलेजमा कम्तिमा एक वर्षदेखि अध्ययनरत २६ वर्ष ननाघेका हुनु पर्ने छ ।
प्रतियोगितामा सहभागी हुने नर्सको कम्तिमा ५ फिट उचाइ हुनुपर्ने आयोजकको सीमा निर्धारण छ ।
No comments:
Post a Comment
मनमा लागेका कुरा लेख्नुहोस्,केहि सुझाब सल्लाहा समेत