केही दिनदेखि स्वाथ्य समस्या झैल्दै आएकी लोहानले हालै ‘स्पीड द् प्लो’ कार्यक्रममा आफ्नो प्रस्तुति समेत दिन सकिनन् ।
२८ वर्षीया अभिनेत्रीलाई डाक्टरले केही समय आराम गर्ने सल्लाह दिएका छन् । डाक्टरको सल्लाहअनुसार आराममा रहेकी उनले पूर्व निर्धारित केही कार्यक्रम रद्द गर्नु परेको छ ।
‘स्पीड द् प्लो’का प्रवक्तले पनि लोहान केही समयदेखि समस्यामा रहेको बताए । उनले भने, ‘वायरल ग्यास्ट्रिकका कारणले पेट दु:खेको छ ।’
लामो समयदेखि यो समस्य झेल्दै आएकी लोहान छिट्टै काममा फर्कने उनले विश्वास व्यक्त गरे ।
‘मेरा सबै प्रशंसक तथा मित्रहरुमा म माफी चाहन्छु,’ लोहानले आफ्नो ट्वीटरमा ट्वीट गरेकी छन् । ‘बिमारीका कारण मैले तपाइको आकांक्षा पुरा गर्न सकिन ।’
पेट ठीक भएपछि छिट्टैनै काममा फर्कने लोहानले खुलाएकी छन् ।
लोहानको कार्यक्रम ‘स्पीड द् प्लो’ दर्शकमाझ लोकप्रिय कार्यक्रम हो । यो कार्यक्रममा लागि उनका प्रशंसकले आफ्ना महत्वपूर्ण काम पनि छोड्ने गरेका छन् । – एजेन्सी
No comments:
Post a Comment
मनमा लागेका कुरा लेख्नुहोस्,केहि सुझाब सल्लाहा समेत