अभिषेक शर्मा निर्देशित चलचित्र ‘द शौकिन्स’मा अक्षय कुमार, अनुपम खेर, अन्नु कपुरलगायतका कलाकारको अभिनयले भरिएको छ । चलचित्र आगामी सात नोभेम्बरमा सार्वजनिक प्रदर्शनमा आउने छ ।
भारतमा डेँगु रोगका कारण थुप्रै कलाकारहरू विरामी परिसकेका छन् । नायक रणवीर सिंहपनि लामो उपचारपछि डेँगु रोगबाट निको भएका थिए ।
कार्यक्रममा लीसा बाहेकका कलाकारको सहभागिता रहेको थियो । डेँगु रोगका कारण लीसा प्रमोशनल कार्यक्रममा सहभागी नभएको अभिनेता अक्षय कुमारले बताए । ‘लीसाको स्वथ्य ठीक छैन,’ अक्षयले भने, ‘उनी अहिले यहाँ हुनुपर्ने हो । उनको अनुपस्थितिका कारण म तपाइहरूसँग माफी माग्छु ।’
अक्षयले कमेडी फ्लेबरको चलचित्रकी नायिका लीसाको स्वास्थ्य अवस्था सुध्रिदै गएको सुनाए ।
अर्का अभिनेता अनुपम खेरका अनुसार नायिकाको आमा पनि मुम्बईबाट छोरीको उपचारका लागि दिल्ली आइपुगेको बताए । तिंगमान्सु धुलियाको लेखन रहेको यो चलचित्र बलिउडको प्रतिक्षित चलचित्र मध्य एक हो । – एजेन्सी
No comments:
Post a Comment
मनमा लागेका कुरा लेख्नुहोस्,केहि सुझाब सल्लाहा समेत