Thursday, November 6, 2014

मोदीविरुद्द महामोर्चाको तयारी


नयाँदिल्ली (एजेन्सी) – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र केन्द्र सरकारविरुद्द महामोर्चा बनाउन समाजवादी पार्टीका प्रमुख मुलायम सिंह यादबले नयाँदिल्लीस्थित निवासमा बिहीबार बृहत बैठक गरे । बैठकमा गैरभाजपा तथा गैरकांग्रेसी नेताको उपस्थिती थियो ।

मोदी र सरकारविरुद्द ठूलो आन्दोलन गर्ने र अभियान चलाउने उद्देश्यले मुलायम सिंह यादबको घरमा जनता दल युनाइटेडका शरद यादव,जनता दल सेक्युलरका नेता एचडी देवेगौडा,भारतीय राष्ट्रिय लोकदलका सांसद् दुष्ढन्त चौटाला पुगेका थिए ।

आजको नयाँ पत्रिका दैनिकमा प्रकाशित समाचार अनुसार त्यही बैठकले यी दल सम्मिलित मोर्चा बनाउने निर्णय गरेको छ । त्यसलाई बैठकले महामोर्चाको नाम दिएको छ । केन्द्र सरकारविरुद्द अभियान चलाउने उनीहरुको मूख्य उद्देश्य छ । बैठकपछि विहारका मूख्य मन्त्री तथा जनता दल युनाइटेडका नेता नितिश कुमारले यी दलबीच एक जुट हुने निर्णय भएको बताएका छन् ।

No comments:

Post a Comment

मनमा लागेका कुरा लेख्नुहोस्,केहि सुझाब सल्लाहा समेत