Saturday, November 1, 2014

अफगानी मन्त्रालयको विवरण राख्दै नेपाली

अहिलेसम्म कागजी ढड्डा पल्टाएर राज्यको आर्थिक हिसाबकिताब र खर्च विवरण राख्दै आएको अफगान सरकारको अर्थ मन्त्रालयले नेपाली कम्प्युटर प्राविधिकको सहयोगमा अर्थ अभिलेख राख्ने भएको खबर आजको कान्तिपुरमा छापिएको छ।

अफगानिस्तानको विभिन्न सरकारी एवं निजी संस्थाहरुमा कम्प्युटर प्रविधि अभिलेखिकरणको काममा ७ वर्षयता समन्वय बन्दै आएका सुजित पौडेल र सहयोगी राकेश सिन्या अर्थ मन्त्रालयको आयव्यय विवरण ‘डेटा सेन्टर’ तयार गर्न व्यस्त छन्।

‘यहाँको ट्रिजरी डिपार्टमेन्टअन्तर्गत सबै आयव्यय विवरण ६ महिनाभित्र कम्प्युटर अभिलेखीकरण गर्ने जिम्मेवारी पाएका छौं’,कावुलस्थित अर्थ मन्त्रालयमा पौडेलले भने , बहुराष्ट्रिय कम्पनी थकराल ग्रुपअन्तर्गत कार्यरत पौडेलले अफगानिस्तानका काबुल बैंक, बैंक अफ मिलिको डेटा सेन्टर पनि सञ्चालनमा ल्याएका छन्।

थकराल ग्रुपको सूचना प्रविधि तथा व्यवस्थापनसम्बन्धी पद्धती नेपाल, भारत, अफगानिस्तानसहित विश्वका ३५ मुलुकमा सञ्चालित छ।



उनका अनुसार अफगानिस्तानका ३४ वटै प्रान्तअन्तर्गत ट्रिजरी डिपार्टमेन्टको पछिल्लो विवरण र तथ्यांकबारेका कागजात अहिले संकलन भइसकेको छ। प्रतिमिनेट ५ सय पेजसम्म स्क्यान गर्ने अत्याधुनिक मेसिन प्रविधिको सहयोगमा कम्प्युटर इन्ट्रिको काम सुरू भइसकेको छ।

No comments:

Post a Comment

मनमा लागेका कुरा लेख्नुहोस्,केहि सुझाब सल्लाहा समेत