Saturday, November 1, 2014

कसैले सहपाठी गुमाए, कसैले आफन्त

चितवन, कात्तिक १६ 

एमएस्सी पढ्ने सपना अधुरै
मकवानपुरको बसामाडी बस दुर्घटनामा घाइते भएका इलाम, बरबोटेका २१ वर्षीय विनोद रिजालले अस्पतालको बेडबाट दायाँबायाँ आँखा डुलाए, बसको सिटमा सँगै बसेका सहपाठी इलामकै मिलन अधिकारीलाई खोज्दै। कलेजको साथीलाई नदेखेपछि सोधखोज गर्दा थाहा लाग्यो, अधिकारी अब कहिल्यै नफर्किने यात्रामा हिँडिसकेछन्। तिल्केनी-६, इलामकी २० वर्षीया सुष्मा दाहाल दसैँ, तिहार र छठ सकेपछि एमबीएको ब्रिजकोर्स गर्न इलामबाट ठूलोबुबाका छोरा प्रिजज दाहालसँगै काठमाडौँ आउँदै थिइन्। 

साइड बीको तीन र चार नम्बर सीटमा बसेर यात्रारत दुबै जना घाइते भए। दुबैको टाउकोमा चोट लाग्यो, तर प्रिजजको टाउकोबाट रगत रोकिएन। प्रहरी घटनास्थल पुगेपछि उपचारका लागि पहिले हेटौँडा अस्पताल र पछि भरतपुरस्थित चितवन मेडिकल कलेज, शिक्षण अस्पताल पु:याइएका प्रिजनले अस्पतालकै बेडमा अन्तिम सास फेरे। उनी एमएस्सी प्रवेश परीक्षा दिन काठमाडौँ जाँदै गरेको सुष्माले बताईन्।

आजको अन्नपूर्णमा खबर छापिएको छ। 

काठमाडौँबाट विराटनगर गइरहेको शुभश्री यातायातका चालकले लापरवाहीपूर्ण तरिकाले तीब्र गतिमा बस चलाउँदा भएको दुर्घटनामा परेर इलामबाट काठमाडौँ आइरहेको बसका यात्रुले जीवन नै गुमाउनु प:यो। दस जनाको ज्यान लिएर तीस जनालाई घाइते बनाएको दुर्घटनाबाट कसैले सहपाठी गुमाए भने कसैले आफन्त। तीब्र गतिमा बस चलाएर अर्को बसलाई ठक्कर दिने शुभश्रीका चालक, सहचालक र गाडी मालिक तिनै जना फरार भए। दुबै बसका सबैजसो यात्रु निद्रामा झुलिरहेको बेला भएको दुर्घटनामा घाइते यात्रुले गाडी पल्टिएपछिमात्र घटनामा परेको थाहा पाए। 

घटनामा सहपाठी गुमाएका रिजालले बसमा अधिकांश विद्यार्थी भएको बताए। एम्बिसन कलेज काठमाडौँमा बीएस्सी सिएसआईटी चौथो सेमेस्टरमा अध्ययनरत उनले भने, ' इलामबाट हिँडेको हाम्रो गाडी हेटौँडामा आएपछि चालक फेरिए। दुबै चालकले राम्रैसँग गाडी चलाएका थिए। अर्को गाडीका चालकले गल्ती गर्दा मैले साथी गुमाउनु प:यो।' सोही बसमा काठमाडौँ जाँदै गरेका इलाम, गोधकका २० वर्षीय कर्म तामाङले आफू अगाडिको सिट बेस्सरी समातेर गाडीले दुई बल्ड्याङ खाँदा पनि खसेनन्। साउदी अरब जान स्वास्थ्य परीक्षण र भिसा प्रकृयाका लागि यात्रारत तामाङको छातीमा चोट लागेको छ। 

नाम शुभश्री भएर अशुभ घटनाको कारक बन्न पुगेको बसमा यात्रारत केराबारी-६, मोरङका ४७ कृष्णबहादुर घिमिरेले भने, म काठमाडाँैको गौशालाबाट साँझ साढे छ बजे बस चढेको थिएँ। साढे आठ बजे थानकोट काटेको गाडी साढे नौ बजे धार्केमा नास्ता खान रोकियो। त्यसपछि एकैपटक राति साढे एघार बजेतिर रामनगरमा खाना खान रोकियो। एक घण्टा अलमल गरेपछि अगाडि बढ्यो। खाना खाएपछि गाडीको स्पीड बढेको थियो।

No comments:

Post a Comment

मनमा लागेका कुरा लेख्नुहोस्,केहि सुझाब सल्लाहा समेत